कांग्रेसको १५ औँ महाधिवेशनको सभापतिमा शेखर
नेपालबहस संवाददाता
माघ ८, २०७९ आइतबार २०:२३:४
८ माघ, काठमाडौं । नेपाली कांग्रेसको संस्थापन इतरसमूहले पार्टीको आगामी सभापतिमा नेता शेखर कोइरालालाई अघि सार्ने निर्णय गरेको छ । आइबार बसेको उक्त समूहको बैठकमा उपसभापति धनराज गुरुङले आगामी सभापतिका लागि गरेको प्रस्तावमा महामन्त्री गगन थापाले समर्थन जनाएका थिए । संसदीय दलको निर्वाचन र सरकारलाई दिएको विश्वासको मतको समीक्षा गर्दै आगामी माघ १५ देखि सुरु हुने केन्द्रीय समितिको बैठकमा प्रस्तुत गर्ने एजेण्डाबारे मंगलबार पुनः छलफल गर्ने गरी आजको छलफल सकिएको नेता अर्जुननरसिंह केसीले जानकारी दिए ।
उनका अनुसार आइतबार बसेको बैठकमा देशको समसामयिक राजनीतिक अवस्थाका विषयमा छलफल भएको छ । प्रधानमन्त्रीलाई कांग्रेसले दिएको विश्वासको मत, पार्टी नेतृत्वको कार्यशैली, आगामी माघ १५ गते बस्ने केन्द्रीय समिति बैठकलगायतका विषयमा नेताहरुले आ–आफ्नो धारणा राखेका थिए । बैठकमा बोल्ने अधिकांश नेताहरुले प्रचण्डलाई विश्वासको दिनु गलत भएको बताएका थिए । नेता कोइरालाले सुरुमै विश्वासको मत दिनु गतल भएको बताएपछि बैठकमा सभापति शेरबहादुर देउवाको आलोचनासमेत भएको थियो ।
संसदीय दलको निर्वाचनमा आफ्नै समूहबाट धोका भएको विषयमा समेत छलफल भएको थियो । संसदीय दलको निर्वाचनमा महामन्त्री गगन थापाले आफ्नै समूहबाट पनि मत नपाएको कतिपयले प्रश्न उठाएका थिए । अब पार्टीलाई सही ढंगले अघि बढाउन प्रभावकारी योजनाका साथ अघि बढेर सोही अनुसार नेतृत्वलाई दवाव दिनुपर्नेमा पनि नेताहरुले निष्कर्ष निकालेको केसीले बताए । केसीका अनुसार उपसभापति धनराज गुरुङले नेता डा. शेखर कोइरालालाई १५औँ महाधिवेशनमा सभापतिको उमेदवार बनाउने प्रस्ताव गरेका थिए ।
उनले गरेको प्रस्तावमा महामन्त्री गगन थापासहितका नेताहरुले स्वीकृति जनाउँदै उमेदवार प्रस्तावमा सहमति जनाएका थिए । अहिलेदेखि नै सभापतिको तयारीमा लाग्ने सहमति पनि भएको छ । यसबारे नेता कोइरालाले भने कुनै प्रतिक्रिया दिएका छैनन् । एक वर्षअघि सम्पन्न कांग्रेसको १४औँ महाधिवेशनमा कोइरालाले देउवासँग प्रतिस्पर्धा गरेका थिए । त्यति बेला सभापतिको आकांक्षी देखिएका नेता रामचन्द्र पौडेल लगायतले कोइरालाबिरुद्ध मत दिएका थिए ।
कोइरालालाई प्रकाशमान सिंह, कृष्णप्रसाद सिटौला र कोइराला परिवारले नै असहयोग गरेका थिए । सिंह पनि सभापतिका आकांक्षी दिए । उनले दोस्रो चरणमा देउवालाई खुलेरै समर्थन गरेका थिए । तत्कालीन महामन्त्री डा. शशांक कोइराला पनि शेखरको विरुद्धमा उत्रिएका थिए भने सुजता कोइरालाले पनि देउवालाई सघाएकी थिइन् । आजको छलफलले कोइरालाई सभापतिमा जिताउन अहिले देखिनै पहल थाल्ने सहमति गरेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
मंसिर ११, २०८१ मंगलबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
प्रधानमन्त्री ओलीसँग फिनल्याण्डका मन्त्री ताभियोको शिष्टाचार भेट
मंसिर १२, २०८१ बुधबार
कांग्रेस एकताबद्ध भएर जनतामाझ जानुपर्छ : प्रवक्ता डा महत
मंसिर १२, २०८१ बुधबार
सत्ता सम्हाले लगत्तै ट्रम्पले समलिङ्गी सैनिकलाइ हटाउने दावी
मंसिर १२, २०८१ बुधबार
अब मोवाइल टावरहरू नचाहिने हो त ? मस्कको स्टारलिंकले गर्दैछ चमत्कार
मंसिर १२, २०८१ बुधबार
‘आवश्यकता र हित हेरेर मात्रै बिआरआइ कार्यान्वयन गर्नुपर्छ’
मंसिर १२, २०८१ बुधबार