बुद्ध एयरद्वारा २५ वर्ष पुरानो जहाज बिक्री
नेपालबहस संवाददाता
माघ ९, २०७९ सोमबार १७:१५:२
९ माघ, काठमाडौं । आन्तरिक उडानमा अब्बल मानिने एयरले पहिलो व्यावसायिक उडान गरेको बिचक्राफ्ट जहाज क्यानेडियन कम्पनीलाई बिक्री गरेको छ ।
अढाई दशकअघि बुद्धले १९ सिट क्षमताका बिचक्राफ्ट जहाजबाट व्यावसायिक उडान थालनी गरेको थियो । अहिले बुद्धले दुईवटै ‘बी १९००डी’ जहाज क्यानेडियन कम्पनीलाई बिक्री गरेको हो । पुरानो जहाजको नियमित मर्मत–सम्भार खर्च बढ्दै गएपछि जहाज बिक्री गर्ने निष्कर्षमा बुद्ध एयर पुगेको हो ।
अहिले बुद्धसँग तीनवटा ‘एटिआर४२–३२०’ र ११ वटा ‘एटिआर७२–५००’ जहाज रहेका छन् । एटिआर विमानबाट मात्रै उडान गर्ने निर्णयपछि उडानयोग्य अवस्थामै रहेको बिचक्राफ्ट जहाज बिक्री गरेको बुद्ध एयरका प्राविधिक निर्देशक मंगेश थापाले बताए ।
९एन–एइई कलसाइनको ‘बि१९०० डी’ जहाजले पहिलो उडान ११ अक्टोबर १९९७ मा गरेको थियो । २५ वर्षअघि ४.५ मिलियन डलरमा खरिद गरेका जहाज क्यानेडियन कम्पनीलाई राम्रै मूल्यमा बिक्री गरेको कम्पनीको भनाइ छ ।
बुद्धका बिचक्राफ्ट ९एन–एइई जहाज १५ सेप्टेम्बर १९९७ र ९एन–एइडब्लू १८ सेप्टेम्बर १९९८ मा उत्पादन भएका हुन् । करिब ७५ हजार साइकल पूरा गरेका दुईवटै जहाज क्यानेडियन कम्पनीले खरिद गरेको हो । एक ठाउँबाट उडेर अर्को ठाउँमा अवतरण गरेपछि जहाजको एक साइकल पूरा हुन्छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपआठ करोडको लगानीमा पर्वतमा चुत्रो प्रशोधन उद्योग सञ्चालन
पुष २८, २०८१ आइतबार
यस्तो रहेछ कास्की अदालतबाट रवि धरौटीमा छुटनुको रहस्य
नेपालबहस संवाददाता
पुष २९, २०८१ सोमबार
प्रहरीका २५ एसपीको एसएसपीमा बढुवा सिफारिस
नेपालबहस संवाददाता
माघ १, २०८१ मंगलबार
बाढी, अग्नि पीडितको सहयोगार्थ एक करोड ४१ लाख सहयोग
माघ २, २०८१ बुधबार
सुशासन र विकासका लागि जरुरी भएकाले अध्यादेश ल्याइएको हो : प्रधानमन्त्री
माघ २, २०८१ बुधबार
राष्ट्रपतिले जारी गरे रोकि राखेको भूमिसम्बन्धी अध्यादेश
माघ २, २०८१ बुधबार