न्याय माग्दै सडक प्रदर्शनमा उत्रिएका ७ जना प्रहरीको नियन्त्रणमा
नेपालबहस संवाददाता
माघ ९, २०७९ सोमबार २१:२९:४६
९ माघ, काठमाडौं । बाँकेकी निर्मला कुर्मीको शंकास्पद मृत्युको छानबिन गरी दोषीलाई कारबाहीको माग राख्दै प्रदर्शनमा उत्रिएका रुबी खानसहितका अधिकारकर्मीलाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला अदालत काठमाडौं अगाडिबाट नागरिक आन्दोलनकर्मी रुबी खानसहितका केही पक्राउ परेका छन् ।
जिल्ला अदालत काठमाडौं अगाडिबाट आन्दोलनकर्मी र प्रहरीबीच झडप भएको थियो । झडपसँगै कुर्मीलाई बेपत्ता परिएको घटनाको निष्पक्ष अनुसन्धानको माग गर्दै प्रदर्शनमा उत्रिएकालाई पक्राउ गरिएको हो । ७ जना पक्राउ परेको बताइएको छ । २०७६ चैत १४ मा भारतमा निर्मलाको शंकास्पद मृत्यु भएपछि उनीहरू निरन्तर आन्दोलनमा छन् ।
यसबीच सरकारी छानबिन समिति बन्यो, जिल्ला प्रहरी र केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले अनुसन्धान पनि गरे, तथापि पीडित पक्ष न्याय पाउनेमा आश्वस्त हुन सकेकै छैन । मुद्दा अदालतसम्म जान सकेकै छैन । उल्टो, मुख्य आरोपित रहेका कांग्रेस नेता बादशाह कुर्मी हालै बाँके–३ (२) बाट प्रदेशसभा सदस्य निर्वाचित भएका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनवीनतम् र रचनात्मक कार्य गर्न प्रहरी महानिरीक्षकको निर्देशन
मंसिर १०, २०८१ सोमबार
नेपाल प्रहरीका ८ जना डीआईजीमा बढुवाका लागि सिफारिस
मंसिर १०, २०८१ सोमबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
ओलीले बोलाएको बैठकमा देउवा र बाबुराम भट्टराई अनुपस्थित
नेपालबहस संवाददाता
मंसिर १०, २०८१ सोमबार
अमेरिकामा ‘पुष्पा–२’ काे बम्पर ओपनिङ, हालसम्मकाे सबै रेकर्ड ताेडिने
मंसिर १२, २०८१ बुधबार
हिजबुल्लाहसँग युद्बबिरामबारे निर्णय लिन इजरायली मन्त्रिपरिषद बैठक सुरू
मंसिर ११, २०८१ मंगलबार
‘सिविन –नेपाल राष्ट्रिय बालअधिकार सम्मान’द्वारा चन्द्रागिरि नगरपालिका सम्मानित
मंसिर १२, २०८१ बुधबार
विवाह पञ्चमीलाई व्यवस्थित बनाउन दुई हजारबढी सुरक्षाकर्मी परिचालन
मंसिर १२, २०८१ बुधबार
प्रधानमन्त्री ओलीसँग राष्ट्रिय फोटो पत्रकार समूहको भेट
मंसिर १२, २०८१ बुधबार
रास्वपाका नेताहरुले गरेको भाषण उतारेर क्लिपसहित अदालतमा पेश गर्न सर्वोच्चको आदेश
मंसिर १२, २०८१ बुधबार
रोयल इन्फिल्डको क्लासिक ३५० सिग्नल्स एडिसनको मूल्य ५ लाख ५५ हजार: फोटोफिचर
मंसिर १२, २०८१ बुधबार