सुन तोलाको १ लाख ६ हजार ३०० पुग्यो
नेपालबहस संवाददाता
माघ १०, २०७९ मंगलबार १७:२२:५४
१० माघ, काठमाडौं । नेपाली बजारमा मंगलबार सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ । सुनको मूल्य १ हजार रुपैयाँले बढेको छ । आज छापावाला सुन प्रतितोला १ लाख ६ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ । सोमबार छापावाला सुन प्रति तोला १ लाख ५ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो । यो हालसम्मकै उच्च मूल्यको नयाँ रेकर्ड पनि हो ।
यसअघि सुनको मूल्य २०७८ फागुन २५ गते अहिलेसम्मकै उच्च १ लाख ५ हजार ५०० रुपैयाँ कायम भएको थियो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार तेजावी सुनको मूल्य तोलाको १ लाख ५ हजार ८ सय रुपैयाँ निर्धारण भएको छ । यसअघि सोमबार तेजाबी सुन प्रतितोला १ लाख ४ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो ।
यता, चाँदीको मूल्य प्रति तोला १५ रुपैयाँले घटेको छ । चाँदीको मूल्य प्रति तोला १ हजार ३ सय ६५ रुपैयाँ कायम भएको छ । सोमबार चाँदीको मूल्य प्रति तोला १ हजार ३६५ रुपैयाँमा कारोबार भएको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपदुई दिन लगातार घटेको सुनको मूल्य बढ्यो
मंसिर १२, २०८१ बुधबार
चार महिनामा १ अर्ब ४३ करोड बराबरको सुन भित्रियो, मूल्य घटेपछि बजारमा बढ्यो चहलपहल
मंसिर ११, २०८१ मंगलबार
सुन तोलामा २६ सयले घटेर १ लाख ४९ हजार नजिक
मंसिर ११, २०८१ मंगलबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
जनताले विकल्प खोज्ने बेला आयो : अध्यक्ष लिङ्देन
मंसिर १२, २०८१ बुधबार
युवालाई विदेशिनबाट रोक्नका लागि साझा व्यवस्थापनको खाँचो छ: सभापति देउवा
मंसिर १२, २०८१ बुधबार
मन्त्रालयहरूको त्रैमासिक समीक्षा परिणाममूलक बनाउन प्रधानमन्त्रीको निर्देशन
मंसिर १२, २०८१ बुधबार
सुदूरपश्चिम रोयल्सको मेडिकल पार्टनरमा माया मेट्रो अस्पताल
मंसिर १२, २०८१ बुधबार
नेपाल स्वास्थ्य सम्मेलन आगामी पुसमा हुने
मंसिर १२, २०८१ बुधबार
अनलाइन जुवा र क्रिप्टोमा ५५ करोडको कारोबार गर्ने एकजना पक्राउ
मंसिर १२, २०८१ बुधबार