४७ दलले बुझाए निर्वाचन खर्च विवरण, धेरै खर्च गर्नेमा नेकपा एस र राप्रपा
नेपालबहस संवाददाता
माघ १०, २०७९ मंगलबार १९:३१:१०
१० माघ, काठमाडौं । गत मंसिर ४ मा सम्पन्न भएको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि बन्दसूची बुझाएका ४७ दलले निर्वाचन आयोगमा निर्वाचन खर्च विवरण बुझाएका छन् । राजनीतिक दलहरूले समानुपातिक निर्वाचन प्रणालीतर्फ भएको प्रचारप्रसारको खर्च विवरण आयोगमा बुझाएका हुन् । निर्वाचन आयोगले दलहरूले गर्न पाउने खर्चको सीमा तोकेर विवरण बुझाउन भनेको थियो ।
आयोगमा बुझाइएको विवरणानुसार नेकपा एकीकृत समाजवादी राष्ट्रिय प्रजातन्त्र पार्टीले सबैभन्दा बढी खर्च गरेका छन् । धरै खर्च गरेपनि एकीकृत समाजवादी समानुपातिकतर्फ चोरै मतले राष्ट्रिय दल बन्न सकेन । उनले पाँच हजारभन्दा बढी मत ल्याउन सकेको भए राष्ट्रिय दल बनेर कम्तिमा पाँच सांसद लिने थियो । एकीकृत समाजवादीले एक करोड ९० लाख ८९ हजार ५०० रुपैयाँ खर्च भएको विवरण आयोगमा बुझाएको छ ।
ओयोगका अनुसार राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बढी खर्च गर्ने दोस्रो दलमा परेको छ उसले एक करोड ८९ लाख खर्च भएको विवरण आयोगलाई दिएको छ । निर्वाचनमा सबैभन्दा ठूलो दल बनेको नेपाली कांग्रेसले एक करोड ५५ लाख ३२ हजार ५७८ खर्च भएको विवरण आयोगमा पेस गरेको छ भने नेकपा एमालेले एक करोड ३३ लाख २६ हजार ६९३ खर्च गरिएको विवरण बुझाएको छ । एमाले धेरै गर्चगर्ने दलको चौथो नम्बरमा परेको छ ।
नेकपा माओवादी केन्द्रले एक करोड चार लाख ३४६ रुपैयाँ खर्च भएको विवरण पेस गरेको छ । माओवादी र डा. बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी (नेसपा) एकल चुनाव चिह्न लिएर निर्वाचनमा होमिएका थिए । निर्वाचनमा पहिलोपटक प्रतिस्पर्धा गरेको राष्ट्रिय स्वतन्त्र पार्टीले ३६ लाख ८६ हजार २२५ रुपैयाँ खर्च गरेको जनाएको छ ।
आयोगमा बुझाइएको विवरणानुसार जनता समाजवादी पार्टी (जसपा) ले ३५ लाख खर्च गरेको छ । जनमत पार्टीले तीन लाख ८८ हजार खर्च गरेको छ । बहुजन शक्ति पार्टीले समानुपातिक निर्वाचनको प्रचारप्रसारका लागि खर्च नै नभएको जनाएको छ । उक्त निर्वाचनबाट सात पार्टी राष्ट्रिय दल बनेका थिए भने १२ दल संसदमा रहेका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपप्रधानमन्त्री ओलीसँग राष्ट्रिय फोटो पत्रकार समूहको भेट
मंसिर १२, २०८१ बुधबार
चीन भ्रमणमा जान लागेका प्रधानमन्त्रीलाई कांग्रेसको सुझावः बीआरआईमा ऋण नलिनु, अनुदान लिनु
मंसिर १२, २०८१ बुधबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
ओलीले बोलाएको बैठकमा देउवा र बाबुराम भट्टराई अनुपस्थित
नेपालबहस संवाददाता
मंसिर १०, २०८१ सोमबार
‘सिविन –नेपाल राष्ट्रिय बालअधिकार सम्मान’द्वारा चन्द्रागिरि नगरपालिका सम्मानित
मंसिर १२, २०८१ बुधबार
विवाह पञ्चमीलाई व्यवस्थित बनाउन दुई हजारबढी सुरक्षाकर्मी परिचालन
मंसिर १२, २०८१ बुधबार
प्रधानमन्त्री ओलीसँग राष्ट्रिय फोटो पत्रकार समूहको भेट
मंसिर १२, २०८१ बुधबार
रास्वपाका नेताहरुले गरेको भाषण उतारेर क्लिपसहित अदालतमा पेश गर्न सर्वोच्चको आदेश
मंसिर १२, २०८१ बुधबार
रोयल इन्फिल्डको क्लासिक ३५० सिग्नल्स एडिसनको मूल्य ५ लाख ५५ हजार: फोटोफिचर
मंसिर १२, २०८१ बुधबार