राष्ट्रिय सहमतिको कुरा कांग्रेसले कुनै स्वार्थ राखेर गरेको होइनः पौडेल
नेपालबहस संवाददाता
माघ १०, २०७९ मंगलबार २०:१९:१४
१० माघ, काठमाडौं । नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले कांग्रेसले स्वार्थका लागि राष्ट्रिय सहमतिको कुरा नउठाएको बताएका छन् । उनले कांग्रेसमा पनि आफुले नै राष्ट्रिय सहमति कायम गरेर अहिलेको अवस्थामा जानुपर्छ भनेर प्रस्ताव गरेको तर, यसमा कुनै स्वार्थ नरहेको बताएबा छन् । प्रतिनिधिसभाको मंगलबारको बैठकमा बौल्दै पौडेलले अहिले मूलतः तीन कारणले राष्ट्रिय सहमतिको खाँचो रहेको बताए ।
उनले अहिले मुलुकको कमसल अर्थतन्त्र, भूराजनीतिक दवाव र शान्ति प्रक्रियाका कामको पूर्णताका लागि राष्ट्रिय सहमति जरुरी रहेको बताए । उनले भने, ‘मैले अहिले मात्रै होइन, पहिलेदेखि नै राष्ट्रिय सहमतिको कुरा गर्दै आएँ । तर कतिपयलाई आफ्नो स्वार्थका लागि राष्ट्रिय सहमति खोज्यो भन्ने हुनसक्छ, तर त्यो होइन । म पहिलेदेखि नै राष्ट्रिय सहमतिको पक्षमा उभिएर आएको हुँ । देशलाई संकटबाट मुक्त गर्नु हामी सबैको कर्तव्य हुन जान्छ । हाम्रो देशको अर्थतन्त्र अहिले कमसल बनेको छ । देशको आर्थिक समृद्धिका लागि दलहरू मिल्नु आवश्यक छ । अर्को हामीमाथि नयाँ भूराजनीतिक दवाव छ, हाम्रो आकाशमाथि शीतयुद्ध मडारिरहेको छ ।’
नेता पौडेलले शान्ति प्रक्रियाका बाँकी कामहरूलाई यथाशीघ्र पूर्णता दिनुपर्ने र त्यसकालागि भए पनि दलहरूबीच राष्ट्रिय सहमति आवश्यक रहेको बताए । ‘हाम्रो शान्ति प्रक्रिया अझै टुंगिएको छैन । यसलाई टुंगोमा पु¥याउनु हाम्रो कर्तव्य हो । शान्ति प्रक्रियाका जति पनि बाँकी काम छन्, द्वन्द्वका घाउहरू छन्, त्यहाँ हामीले मलम लगाउन सक्नुपर्छ,’ उनले भने । पौडेलले देशमा संघीयतासँगै कुशासन मौलाएको र भ्रष्टाचारीहरूले दलीय संरक्षणमा मनमौजी गरिरहेको आरोप लगाए ।
नेता पौडेलले मुलुकमा नेतृत्वको अभाव भएजस्तो महसुस भइरहेको बताए । ‘नेतृत्वको अभाव जस्तो महसुस हुँदैछ । राष्ट्रिय नेतृत्व र आत्मविश्वासको अभाव देखिरहेको छु । सत्ताको राजनीतिको दबदबा बनेको अवस्था छ,’ पौडेलले प्रश्न गर्दै भने, ‘निष्ठाको राजनीति किनारा लाग्दा निराशाका घण्टीहरू बजिरहेका छन् । नकारात्मक प्रवृत्तिले प्रोत्साहन पाइरहेको छ । असन्तुष्टिको घण्टी त बजिसक्यो, अब त्यसलाई सम्बोधन गर्न दलहरू एकतावद्ध हुने कि नहुने ?’
नागरिकले सुशासन चाहेको तर, सुशासनको अवस्था दयनीय बन्दा देशभर कुशासन मौलाएको भन्दै शासकीय विकेन्द्रीकरणसँगै भ्रष्टाचारको पनि विकेन्द्रीकरण भएको बताए । एउटा भ्रष्टाचारीलाई कारबाही गर्न नसकिरहेको भन्दै दलहरूले अपराधीलाई संरक्षण दिने र प्रोत्साहन दिने प्रवृत्तिलाई सधैंका लागि अन्त्य गर्नुपर्ने उनको भनाइ छ । उनले मुलुकको राजनीति चुनौतीपूर्ण परिस्थितिबाट अघि बढिरहेकाले यसबाट बाहिर निकाल्नका लागि पनि राष्ट्रिय सहमति आवश्यक हुने बताए ।
उनले नेतृत्वले आत्मविश्वास गुमाएका कारण अहिलेको संकट पैदा भइरहेको बताए । उनले संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षाका लागि समेत सबै राजनीतिक दलहरू एक ठाउँमा उभिन सक्नुपर्ने बताए । ‘हाम्रो संविधान संकटमा परिरहेको महसुस हुन्छ । लोकतन्त्र जकडिएको अवस्थामा छ, अति दलबन्दीबाट लोकतन्त्र जकडिएको छ । पुर्वाग्रहहरूबाट लोकतन्त्र जकडिएको छ । विभाजित मानसिकताबाट ग्रसित बनेको छ,’ उनले भने, ‘त्यसैले लोकतन्त्र सत्ताको खेलमा जकडिएको छ । यस्तो खेलबाट लोकतन्त्रको संमृद्ध हुन सक्दैन ।’
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपजनताले विकल्प खोज्ने बेला आयो : अध्यक्ष लिङ्देन
मंसिर १२, २०८१ बुधबार
युवालाई विदेशिनबाट रोक्नका लागि साझा व्यवस्थापनको खाँचो छ: सभापति देउवा
मंसिर १२, २०८१ बुधबार
मन्त्रालयहरूको त्रैमासिक समीक्षा परिणाममूलक बनाउन प्रधानमन्त्रीको निर्देशन
मंसिर १२, २०८१ बुधबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
जनताले विकल्प खोज्ने बेला आयो : अध्यक्ष लिङ्देन
मंसिर १२, २०८१ बुधबार
युवालाई विदेशिनबाट रोक्नका लागि साझा व्यवस्थापनको खाँचो छ: सभापति देउवा
मंसिर १२, २०८१ बुधबार
मन्त्रालयहरूको त्रैमासिक समीक्षा परिणाममूलक बनाउन प्रधानमन्त्रीको निर्देशन
मंसिर १२, २०८१ बुधबार
सुदूरपश्चिम रोयल्सको मेडिकल पार्टनरमा माया मेट्रो अस्पताल
मंसिर १२, २०८१ बुधबार
नेपाल स्वास्थ्य सम्मेलन आगामी पुसमा हुने
मंसिर १२, २०८१ बुधबार
अनलाइन जुवा र क्रिप्टोमा ५५ करोडको कारोबार गर्ने एकजना पक्राउ
मंसिर १२, २०८१ बुधबार