विराटनगर भन्सारमा एजेन्ट भन्दा प्रतिनिधिको जीवनस्तर विलासी: नियमन निकाय मौन
नेपालबहस संवाददाता
माघ १०, २०७९ बुधबार २:२८:४२
१० पुष, विराटनगर । विराटनगर भन्सारलाई आफनो कार्यक्षेत्र बनाएर भन्सार जाँचपासमा संलग्न विराटनगर भन्सारमा कार्यरत भन्सार एजेण्टका भन्सार प्रतिनिधिहरुको जीवनस्तर दैनिक रुपमा विलासी बन्दै गएको घट्ना सार्वजनिक भएको छ ।
नेपाल सरकारको अर्थमन्त्रालय अन्र्तगत रहेर अधिराज्यभरी रहेका भन्सार कार्यालयमा भन्सार जाँचपासको सहजीकरण गर्ने उद्देश्यले भन्सार विभागबाट भन्सार एजेन्टको इजाजत पाएका भन्सार एजेन्टले आफुसहित दुईजना भन्सार प्रतिनिधिका रुपमा काम गर्ने गरी प्रतिनिधि तोक्न सक्ने अधिकारको पछिल्लो समय व्यापक दुरुपयोग हुने गरेको भनाई विराटनगर भन्सारमा कार्यरत भन्सार एजेन्टहरुबाटै आउन थालेपछि त्यसको रहस्य खुुल्न थालेको छ । जसले गर्दा सरकारले भन्सारमार्फत संकलन गर्दै आएको राजश्वको ठुलो हिस्सा गुमाउनुपर्ने अवस्था दैनिक रुपमा बढ्दै गएको गुनासो पनि बढ्न पुगेको छ ।
स्रोतले दिएको जानकारी अनुसार हाल विराटनगर भन्सारमा प्रतिनिधिका रुपमा काम गर्ने भन्दै प्रतिनिधि नियुक्ति गरेको तथ्यांक हेर्दा पनि भन्सार कार्यालयको भन्सार जाँचपास सम्बन्धि काम कसरी अगाडी बढीरहेको छ भन्ने कुरा स्पष्टसँग देख्न सकिने दावी पनि भन्सार एजेन्ट स्रोतले गरेको छ । पछिल्लो समय भन्सार विभागबाट भन्सार एजेन्ट पास गरेर इजाजत पाएका भन्सार एजेन्टहरु कामविहीन भएको अवस्थामा पुराना भन्सार एजेन्टका प्रतिनिधिहरुको विलासी जीवनशैलीका कारण भन्सारको काम नै प्रभावित हुने गरेको कुरा बताइएको छ ।
भन्सार एजेन्ट भन्दा भन्सार प्रतिनिधि भएर भन्सार जाँचपासमा संलग्न हुँदा भन्सार एजेन्टको टाउकोमा दायित्व जाने भएकाले पनि भन्सार प्रतिनिधिहरुले भन्सार जाँचपासलाई नै राम्रो आम्दानीको स्रोत बनाउने अवसर पाएको कुरा बताउन थालिएको छ । विराटनगर भन्सारमा कार्यरत भन्सार प्रतिनिधिहरुले विगत दश पन्ध्र वर्षदेखि सामान्य जीवनयापन गर्दै आएकामा अहिले पछिल्लो समय विराटनगर भन्सारका भन्सार प्रतिनिधिको जीवनशैली भने अत्यन्त विलासी बन्दै गएको देखिन थालिएको छ ।
यसले भन्सार जाँचपासमा संलग्न भन्सार एजेन्टका प्रतिनिधिको जीवनस्तर अपेक्षा भन्दा पनि विलासी हुन थालेको छ भने भन्सार एजेन्ट भन्दा भन्सार प्रतिनिधिको काममा आकर्षण बढेको छ । विराटनगर भन्सारलाई आफनो मुख्य कार्यक्षेत्र बनाएका विराटनगर भन्सारमा हाल पनि कार्यरत भन्सार प्रतिनिधिको संख्या भन्सार एजेन्ट भन्दा दोब्बर नै भएको रहस्य पनि खुलेको छ ।
विराटनगर भन्सारमा भन्सार एजेन्टको प्रतिनिधिका रुपमा सक्रिय भएर लागेको दशदेखि पन्ध्र वर्षको अन्तरालमा नै केही भन्सार प्रतिनिधिको विलासी जीवनशैलीले गर्दा पछिल्लो समय विारटनगर भन्सारका भन्सार प्रतिनिधिहरुको आम्दानीको स्रोतलाई लिएर टिकाटिप्पणी पनि सुरु भएको छ । व्यक्तिगत पान नम्बरका भरमा करोडौंको कारोवार गर्ने भन्सार प्रतिनिधिलाई राज्यले करको दायरामा ल्याउने की नल्याउने भन्ने गम्भीर प्रश्न समेत अहिले उठ्न थालेको छ । यो छोटो अवधिमा भन्सार एजेन्टका प्रतिनिधिको जीवनस्तर एक्कासी बढ्दा पनि राज्यका कुनै निकायले पनि भन्सार एजेन्टका प्रतिनिधिलाई कानुनी दायरामा ल्याउन किन ढिला गरिएको भन्ने कुरा अहिलेसम्म पनि सार्वजनिक हुन सकेको छैन ।
विराटनगर भन्सारलाई आफनो कार्यक्षेत्र बनाएर भन्सार प्रतिनिकिा रुपमा कार्यरत भन्सार एजेन्टका प्रतिनिधि संजय दुगड, सुनिल पोद्दार, राजेश भट्टराई, राकेश ठाकुर, अरविन्द ठाकुर, सन्तोष खरेल, निरन्जन अग्रवाल, शरण खरेल, राजकुुमार रौनियार, ललित बोहोरा, अकबर अली, अनिल पोद्दारको विलासी जीवनशैलीलाई लिएर भन्सार भित्र अहिले व्यापक टिकाटिप्पणी समेत सुरु भएको छ । यी सबै भन्सार प्रतिनिधिहरु दश वर्ष अगाडी सम्म सामान्य जीवन विताउँदै आइरहेकोमा पछिल्लो समय ३० लाखदेखि १ करोडसम्मका सुविधा सम्पन्न विलासी गाडीको प्रयोग गर्न थालेसँगै विराटनगर भन्सारमा भन्सार प्रतिनिधिको आकर्षण बढेको हो ।
कतिपय भन्सार प्रतिनिधिका रुपमा विराटनगर भन्सारमा कार्यरत भन्सार प्रतिनिधिहरुले विराटनगरमा सार्वजनिक हुने डरले गर्दा भारतीय नम्बर प्लेटका भारतीय महंगा गाडी खरिद गरेर भारतमा नै भाडामा संचालन गर्दै आएको रहस्य पनि स्रोतले खोलिदिएको छ । तसर्थ जतिसक्दो चाडो राज्यका सरोकारवाला निकायहरुले अस्वभाविक जीवनशैली यापन गर्दै आएका भन्सार एजेन्टका भन्सार प्रतिनिधिहरुलाई राज्यको कानुनी दायरामा ल्याउन ढिला गर्न नहुने जनगुनासो पनि व्यापक रुपमा बढेर गएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकोशी प्रदेशमा जङ्गली हात्तीको उपद्रो बढ्दै, स्थानीय त्रासमा
पुष १७, २०८१ बुधबार
पच्चीस लाख खर्चेर सुन्दरहरैँचामा मौरीपालन
पुष १६, २०८१ मंगलबार
चिसो बढ्दै गएपछि सोलुखुम्बुमा आगो ताप्ने व्यवस्था
पुष १५, २०८१ सोमबार
सर्लाहीमा इँटा व्यवसायी प्रसाईंंको शव गाडेको अवस्थामा फेला
नेपालबहस संवाददाता
पुष २०, २०८१ शनिबार
आन्तरिक लोकतन्त्र चिरहरण भएकोमा एमाले नेतृत्वमाथि प्रश्न
नेपालबहस संवाददाता
पुष २२, २०८१ सोमबार
१० प्रतिशत निशुल्क सेवा दिन निजी अस्पताललाई स्वाथ्यमन्त्री पौडेलको आग्रह
पुष २२, २०८१ सोमबार
वन्यजन्तुको आक्रमणबाट ८३ जनाको मृत्यु, सर्पदंशबाट ज्यान गुमाउने ७० जना
पुष २२, २०८१ सोमबार
राहदानी विभागको टेण्डरमा आवेदक कम्पनीको प्रश्नै प्रश्न
पुष २२, २०८१ सोमबार
नेपाल टेलिकमलाई सर्वोच्चको आदेशः व्यक्तिको सूचनामा अनधिकृत पहुँच नदिनु
पुष २२, २०८१ सोमबार
जेल चलान भए विर्तामोडका पूर्वनगरप्रमुख शिवाकोटी
पुष २२, २०८१ सोमबार