गृहमन्त्री नेपाली नागरिक भएन-नभएको रिटमा आज सुनुवाई
नेपालबहस संवाददाता
माघ ११, २०७९ बुधबार १६:१:३४
११ माघ, काठमाडौं । नेपालको गृह प्रशासनलाई चुनौति दिँदै दुई देशको नागरिकको हैसियतमा नेपालमा लामो समय बिताउन सफल भएको भनिएका उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको नागरिकतासम्बन्धी परेको रिटमाथि आज सर्वोच्च अदालतमा सुनुवाइ हुँदैछ । गृह मन्त्रालयलाई झुक्याएर नेपाली र विदेशी नागरिकता सँगै राखेर नेपालमा लामो समय काम गरेका लामिछाने अहिले नेपाल सरकारका गृहमन्त्री छन् ।
उनको नागरिकताको विषयमा परेको रिटमाथि आजबाट अन्तिम सुनुवाइ हुँदैछ । सर्वोच्च अदालतको संवैधानिक इजलाशमा रहेको लामिछानविरुद्धको रिट खारेज गर्न संसद सचिवलय र गृह प्रशासन लगायतकाले निवेदन नै दिएका छन् । यस्तो अवस्थामा सर्वोच्चको फैसला निकै महत्वपूर्ण हुने अनुमान गरिएको छ ।
अहिले गृहमन्त्री रहेका रवि लामिछानेको कथा उनी अमेरिका जानु र फर्किएकाबीच लामो छ । उपप्रधान तथा गृहमन्त्री आफै नेपाल प्रहरीको अनुसन्धानमा छन् । उनले एकै पटक अमेरिकी र नेपाली दुवै नागरिकका हैसियतमा नेपालमा बसेको पनि पुष्टि भएको छ । अमेरिकी पासपोर्ट बोकेर सन् २०१५ मा नेपाल आएको १६औं दिनमा उनले नेपालको पनि पासपोर्ट लिएका थिए । तर अमेरिकी पासपोर्ट भने उनले सन् २०१८ मा मात्र त्यागेको तथ्य प्रहरीले फेला पारेको छ ।
५१२९६६९८१ नम्बरको अमेरिकी पासपोर्टमा गैरपर्यटक (नाता) भिसा लगाएर उनी ११ मे २०१५ मा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिएका थिए । २७ मे २०१५ मा उनले ०८८३४८३८ नम्बरको नेपाली पासपोर्ट लिएका थिए । यो पासपोर्ट लिन उनले २०५० फागुन १० मा जारी भएको १८२२२ नम्बरको नेपाली नागरिकता बुझाएका थिए । जबकि उनको समेत भनाईमा अमेरिकी नागरिकता लिएपछि नेपाली नागरिकता कायम थिएन ।
पर्यटक भिसामा काम गर्ने अनुमतिलगायतका विषयमा विवाद भएसँगै लामिछानेले सन् २०१८ मा अमेरिकाको नागरिकता र पासपोर्ट त्यागको प्रक्रिया थालेका थिए । उनले २०७५ जेठ ५ मा नेपालस्थित अमेरिकी दूतावासमा निवेदन दिई नागरिकता त्याग्न लाग्ने दस्तुर बुझाएर प्रक्रिया अगाडि बढाएका थिए । उनले अमेरिकी नागरिकता परित्याग र पासपोर्ट ‘सरेन्डर’ गरेको स्वीकृतिपत्र २०७५ असार १४ मा प्राप्त गरेका थिए ।
उनले सन् २०१५ मै लिएको नेपालको पासपोर्ट प्रयोगमा ल्याएका थिए । सन् २०१८ सेप्टेम्बर २० मा जापान र कोरिया भ्रमण जाने क्रममा उनले उक्त पासपोर्ट प्रयोग गरेका थिए । लामिछानेले अमेरिकाको नागरिकता प्राप्त गरेपछि नेपालको नागरिकता स्वतः खारेज भएको र पुनः नेपालको नागरिकता प्राप्त गर्न नागरिकता सम्बन्धी ऐन, २०६३ बमोजिमको प्रक्रिया पूरा नगरेको जिकिर रिट निवेदकको छ ।
पुनः प्राप्तिको प्रक्रिया नै पूरा नगरेका लामिछाने नेपाली नागरिक नरहेको र सांसद बन्न अयोग्य रहेको निवेदकको जिकिर छ ।लामिछानेतर्फका कानुन व्यवसायीले भने लामिछानेले अमेरिकाको नागरिकता प्राप्त गरेपछि नेपालको नागरिकता कायम नरहेको तर खारेज भने नभएको तर्क गर्दै आएका छन् । उनका कानुन व्यवसायीहरूले नागरिकता ‘कायम नरहेको’ र ‘त्याग गरेको’ विषय छुट्टाछुट्टै रहेको दाबी गरेका छन् । सोही दाबी अनुसार लामिछानको नेपाली नागरिकता कायम नरहेको अवस्थामा अमेरिकाको नागरिकता त्याग गर्नासाथ नेपाली नागरिकता आफैं सक्रिय हुने दाबी गरेका छन् ।
यसअघिको बहसमा लामिछानेको तर्फबाट प्रस्तुत वरिष्ठ अधिवक्ता सुशील पन्तले लामिछाने निवेदकले लिएको तर्क अनुसार अमेरिकन नागरिक पनि नहुने, नेपाली नागरिक पनि नहुने भए कहाँको नागरिकता हुने हो भन्ने प्रश्न गरेका थिए । लामिछानेको नागरिकता मात्र नभएर नेपाली राहदानीसमेतमा निवेदकतर्फबाट प्रश्न उठाइएको छ । लामिछानेले अमेरिकाको नागरिकता त्याग नगर्दै नेपाली राहदानी प्राप्त गरेको उनी माथि आरोप छ ।
रिटमा हुने फैसलाले पार्ने असर सांसद पदको योग्यतासँग जोडिएर आएको नागरिकता तथा राहदानी सम्बन्धी विवादले भावी दिनमा नागरिकता तथा राहदानी कसुरहरूमा नजिरको रुपमा स्थापित हुनेछ । माहन्यायाधिवक्ताको तथ्यांकअनुसार आर्थिक वर्ष २०७७ । ७८ मा करिब २०० मुद्दा नागरिकता कसुर तथा राहदानी सम्बन्धी कसुरहरू छन् । स्रोतका अनुसार कतिपय मुद्दा दोहोरो नागरिकता सम्बन्धी रहेका छन् भने कतिपय मुद्दा विदेशको नागरिकता रहँदा रहँदै पनि नेपालको नागरिकता प्रयोग गरिरहेको विषयका छन् । यी सबै कसुरमा रविको सांसद पद सम्बन्धी रिटको फैसलाले असर पार्नेछ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
मंसिर ११, २०८१ मंगलबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
जनताले विकल्प खोज्ने बेला आयो : अध्यक्ष लिङ्देन
मंसिर १२, २०८१ बुधबार
युवालाई विदेशिनबाट रोक्नका लागि साझा व्यवस्थापनको खाँचो छ: सभापति देउवा
मंसिर १२, २०८१ बुधबार
मन्त्रालयहरूको त्रैमासिक समीक्षा परिणाममूलक बनाउन प्रधानमन्त्रीको निर्देशन
मंसिर १२, २०८१ बुधबार
सुदूरपश्चिम रोयल्सको मेडिकल पार्टनरमा माया मेट्रो अस्पताल
मंसिर १२, २०८१ बुधबार
नेपाल स्वास्थ्य सम्मेलन आगामी पुसमा हुने
मंसिर १२, २०८१ बुधबार
अनलाइन जुवा र क्रिप्टोमा ५५ करोडको कारोबार गर्ने एकजना पक्राउ
मंसिर १२, २०८१ बुधबार