प्रचण्ड भेट्न किन बालुवाटार धाइरहन्छन अध्यक्ष ओली ?
नेपालबहस संवाददाता
माघ १२, २०७९ बिहिबार २१:५:०
१२ माघ, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पछिल्लो समय दिन बिराएर प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार धाइरहेका छन् । नेपाली कांग्रेको हातबाट सहजै सत्ता फुत्काउन सफल भएका ओली पुष १० यता बाह्य रुपमा नदेखिए पनि कामकाजका हिसाबले भित्री रुपमा सक्रिय नै छन् । झण्डै झण्डै लाभका सबै पदविमूख हुनुपर्ने अवस्थामा रहेका ओलीलाई कांग्रेसले चिठ्ठा पारिदिएको विश्लेषण पनि कतिपयले गर्छन् । कारण जे भएपनि सत्ता राजनीतिको खेलमा ओली नै अहिलेका सिंह हुन् ।
नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाललाई प्रधानमन्त्री बनाउन सहयोग गर्दा उनले सब थोक पाएका छन् । सरकारमा एमालेको राम्रो उपस्थिति छ । प्रदेशमा मुख्यमन्त्री उनैका बढी छन् । प्रतिनिधिसभाको सभामुख पनि उनकै छ । सम्भवत भावी प्रधानन्यायाधीश पनि उनकै पहलमा अनुकुलको व्यक्ति सर्वोच्चमा पुग्ने निश्चित जस्तै छ । उनले भनेका कुरा प्रधानमन्त्रीले नाइ भनेका पनि छैनन् । यद्यपि ओलीलाई प्रधानमन्त्रीप्रति अझै संशय छ । यसको मुख्य कारण हो राष्ट्रपति पद ।
प्रक्रियागत र संवैधानिक हिसाबले हेर्दा राष्ट्रपति पद कार्यकारी हैन, सरकराले गरेअराएका काम गर्ने हो । सरकार अप्ठ्यारोमा परेका बेला बाधा अड्काउन फुकाइ दिने हो । यद्यपि प्रधानमन्त्रीमा भन्दा राष्ट्रपतिमा ओलीको रस बसेको छ । राष्ट्रपति एमालेको भागमा पार्नसके ओली लामो समय नेपालको राजनीतिमा सर्वाधिक शक्तिशाली नेता बन्न सक्छन् । यता, अब राष्ट्रपति पनि एमालेले लग्यो भने फेरी नेपालमा ओलीवाद लागु हुने डर अरु दलमा छ । प्रधानमन्त्री प्रचण्डलाई पनि यसैको डर छ भने विपक्षी दल कांग्रेसलाई पनि यसैको । यसै कारण प्रधानमन्त्रीले पुष १० मा भएको सहमति सकियो अब नयाँ राष्ट्रिय सहमतिकासाथ जान्छु भन्दा ओली तर्सिएका छन् ।
राष्ट्रपतिमा प्रधानमन्त्री प्रचण्डले धोका दिनसक्ने शंका मेटाउने प्रयासमा ओलीको बालुवाटार मोह बढेको छ अरु खास कारण देखिदैनन् । नेताद्वयबीच बालुवाटारको भेटवार्ताबारे अरु नयाँ समाचार पनि आएका छैनन् । समसामयिक विषयमा छलफल भइरहेको बताइएपनि प्रचण्ड प्रधानमन्त्री भएपश्चात् उत्पन्न विभिन्न आशंका मेटाउन र मन माझामाझका लागि भेटवार्ताले तीव्रता पाएको नेताहरू बताउँछन् । प्रधानमन्त्री प्रचण्डले काँग्रेससँग पनि विश्वासको मत लिएपछि ओली थप सशंकित देखिन्छन् । प्रधानमन्त्री प्रचण्डले राष्ट्रपति, उपराष्ट्रपतिका लागि कसैसँग सहमति भएको छैन भन्नु र एमालेले राष्ट्रपति र उपराष्ट्रपतिमा सहमति भइसकेको छ भन्नुले एक अर्कामाथि अविश्वास बढाएको देखाउँछ ।
यस बीचमा एमालेले खेलिरहेको छ । एमालेले एमाले र माओवादीबीच भएको सहमतिका आधारमा नै सरकारका सबै कामकारवाही अगाडि बढेको दावी गरिरहेको छ । एमालेका अध्यक्ष ओली र माओवादीका अध्यक्ष प्रचण्डबीच राष्ट्रपति र उपराष्ट्रपतिमा मौखिक सहमति भएको उसको भनाइ छ । आलंकारिक भनिए पनि खास अवस्थामा राष्ट्रपतिले कार्यकारी भूमिका निर्वाह गरेका अनुभवले ओलीलाई मात्र हैन यस पदप्रति सबै प्रमुख दलको मोह बढेको छ ।
राष्ट्रपतिका उम्मेदवारका रूपमा धेरैको नाम चर्चामा रहे पनि मुख्यतः तीन विकल्पबाट राष्ट्रपति निर्वाचित हुने देखिएको छ । सरकारको नेतृत्व गरेको माओवादीले पूर्ण समर्थन गरेमा एमालेले चाहेको व्यक्ति सहजै राष्ट्रपति हुन सक्ने पहिलो विकल्प छ । दोस्रो कांग्रेस माओवादी र तेस्रो एमालेइतरका सबै दल मिलेर । प्रक्रिया जुन भएपनि अहिले राष्ट्रपति कांग्रेसले लाने हो कि भन्ने सबैभन्दा ठूलो चिन्ता अध्यक्ष ओलीलाई छ । ओलीले सार्वजनिक मन्तव्यहरुमा पनि यो कुरा प्रष्टैसँग खुलाउँदै आएका छन् ।
पुस १० मा बालकोटमा भएको सहमतिअनुसार एमाले उम्मेदवार राष्ट्रपति हुने अपेक्षा ओलीको छ र यसैमा शंका गरिहेका पनि छन् । सरकार गठन भएदेखि नै प्रधानमन्त्री प्रचण्ड अध्यक्ष ओलीबीचको सम्बन्ध अविश्वासमै रुमलिएको छ । सत्ता समीकरणका रूपमा उनीहरू नजिकिए पनि एकअर्काको प्रस्तुतिबाट असहज छन् । त्यही अवसर सदुपयोग गर्न कांग्रेसले दाहाल सरकारलाई विश्वासको मत दिएको ओलीको बुझाइ छ । किनभने एमाले अध्यक्ष ओलीले छानेका उम्मेदवारलाई माओवादीले जस्ताको त्यस्तै समर्थन गर्ने सम्भावना अब कम छ ।
पुस १० र पुस २६ को स्थिति फरक हो, त्यसैले अब राष्ट्रिय सहमतिका आधारमा अघि बढ्नुपर्ने आवश्यकता भन्दै स्वयम् प्रधानमन्त्री प्रचण्डले ५ माघमा आह्वान गरेको सर्वदलीय बैठकमा ओलीकै अगाडि भनिसकेका छन्, जसलाई ओलीले तत्कालै प्रतिवाद पनि गरेका थिए । एमालेले उम्मेदवार अघि सार्छ, त्यसैमा राष्ट्रिय सहमति हुनुपर्छ भनेर । ओलीको भनाई थियो, ‘त्यही सहमतिअनुसार प्रचण्ड प्रधानमन्त्री हुनुभयो, एमालेबाट देवराज घिमिरे सभामुख बन्नुभयो, प्रधानमन्त्री र सभामुखमा पालोपालो रहने सहमति भएको छ, त्यसपछि राष्ट्रपति एमालेले लिने र उपराष्ट्रपति माओवादीले लिने सहमति भएको छ त्यही सहमति अनुसार सबै हुन्छ’ ।
त्यसअघि प्रधानमन्त्री प्रचण्डले सम्पादकहरुसँगको छलफलमा कांग्रेसले विश्वासको मत दिइसकेकाले उसलाई पनि विश्वासमा लिनु जिम्मेवारी भएको र कांग्रेसले कल्पना नै नगरेको काम गरेर देखाउनुपर्ने जिम्मेवारी आफुमा आएको बताएका थिए । यसपछि ओली प्रधानमन्त्रीप्रति सशंकित बन्दै आएका छन् । राष्ट्रपतिको निर्वाचन फागुनभित्र गरिसक्नुपर्छ । त्यसअघि सर्वोच्च अदालतमा प्रधानन्यायाधीश नियुक्त हुनुपर्छ प्रधानन्यायाधीशमा पनि एमालेनिकट प्रतिनिधि नै जाने पक्कापक्की जस्तै छ ।
यसरी राष्ट्रपति, सभामुख र प्रधानन्यायाधीश आफु अनुकुल भएपछि ओलीले अहिले राष्ट्रपति रहेकी विद्यादेवी भण्डारीलाई पार्टी नेतृत्वमा ल्याउन खोजीरहेका छन् । प्रधानमन्त्रीको पालो आउनु अगाडी महासचिव शंकर पोखरेललाई उपचुनावमार्फत प्रतिनिधिसभामा जिताएर दोस्रो चरणको प्रधानमन्त्री बनाउने उनको योजना छ । यति भएपछि देशलाई जता चाह्यो उतै लानसकिने मनस्थितिमा ओली रहेका छन् । यही कुरा बुझेर प्रधानमन्त्रीले कांग्रेसको साथ मागेको बताइसकेका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
मंसिर ११, २०८१ मंगलबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
ओलीले बोलाएको बैठकमा देउवा र बाबुराम भट्टराई अनुपस्थित
नेपालबहस संवाददाता
मंसिर १०, २०८१ सोमबार
अमेरिकामा ‘पुष्पा–२’ काे बम्पर ओपनिङ, हालसम्मकाे सबै रेकर्ड ताेडिने
मंसिर १२, २०८१ बुधबार
हिजबुल्लाहसँग युद्बबिरामबारे निर्णय लिन इजरायली मन्त्रिपरिषद बैठक सुरू
मंसिर ११, २०८१ मंगलबार
रास्वपाका नेताहरुले गरेको भाषण उतारेर क्लिपसहित अदालतमा पेश गर्न सर्वोच्चको आदेश
मंसिर १२, २०८१ बुधबार
रोयल इन्फिल्डको क्लासिक ३५० सिग्नल्स एडिसनको मूल्य ५ लाख ५५ हजार: फोटोफिचर
मंसिर १२, २०८१ बुधबार
अब अस्पतालहरू सेवाका आधारमा वर्गीकरण हुन्छन्ः मन्त्री पौडेल
मंसिर १२, २०८१ बुधबार
इजरायल र हिजबुल्लाहले अमेरिकी प्रस्ताव स्वीकार गर्दा बाइडेन खुसी
मंसिर १२, २०८१ बुधबार
सुनसरीका किसानलाई मकै र गहुँ छर्न भ्याइनभ्याइ
मंसिर १२, २०८१ बुधबार