राष्ट्रपतिको भूमिकाबारे पूर्वप्रधान्यायाधीशको यस्तो टिप्पणी !
नेपालबहस संवाददाता
माघ १२, २०७९ बिहिबार २२:५३:४५
१२ माघ, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीको भूमिका र उनको सवारीबाट सर्वसाधारणमा परेको असरबारे पूर्वप्रधानन्यायाधीश शुशिला कार्कीले आक्रोशपूर्ण टिप्पणी गरेकी छन् । वसन्त श्रवणका लागि बिहीबार भएको सवारीमा कार्की परेपछि उनले कार्यकारी राजाभन्दा जनताको राष्ट्रपतिको शान र रवाफ ठूलो भएको बताएकी छन् । उनले जनताको छोराछोरी भएर पनि राष्ट्रपतिले राजाको भन्दा चर्को सम्मान खाजेको बताएकी छन् ।
बिहीबार काठमाडौंमा आयोजित आम निर्वाचन २०२२ को मिडिया अनुगमन प्रतिवेदनसम्बन्धी राष्ट्रिय कार्यशाला गोष्ठीमा भाग लिन निस्किएकी कार्की राष्ट्रपतिको सवारी जाममा परेपछि निर्धारित समयभन्दा ढिला उपस्थित भएकी थिएन । उनले राष्ट्रपतिको सवारीले गर्दा आफुले बाटोसम्म नपाएको गुनासो गरिन् । उनले राष्ट्रपति भण्डारी राजा जस्तै भएको टिप्पणी गर्दै उनको सवारीका कारण आफूले पाएको दुःख व्यक्तिगत नभएको बताइन् ।
पूर्वप्रधानन्यायाधीशको हैसियतमा रहेकाहरुलाई त यस्तो समस्या पर्छ भने अरु सर्वसाधारणको मनस्थितिमा राष्ट्रपतिको कार्यप्रति कस्तो प्रभाव पर्ला भन्ने आशय उनको थियो । उनले यस्ता सवारीलाई व्यवस्थित बनाउन सकिने धेरै उपाए भएपनि त्यसो नगरिएको भन्दै कार्यक्रममा आफू लामो बाटो र घुमेर आउनुपरेको बताइन् । उनले राजाले ठिक गरेनन् भनेर आउने मान्छेहरु पनि राजा जस्तै भएको टिप्पणी गरिन् ।
पूर्वप्रधानन्यायाधीश कार्कीले पुराना प्रतिनिधिहरुको मानसिक विकास हुन नसकेको भन्दै गत निर्वाचनबाट युवाहरु आउनु सकारात्मक भएको बताइन् । राम्रो व्यक्तिहरुलाई प्रतिनिधि बनाउन सकिएमा मुलुकले राम्रो बाटो पाउने उनले बताइन् । उनले भनिन्,‘यस वर्षको निर्वाचनबाट के देखिएको छ भने हाम्रो नातिनी उमेरकाहरु अहिले देखा परे । थोरै रुपमा मुठीभरमा थोरै युवा र युवतीहरु देखा परेका छन् अहिले । त्यो प्रयास भएको छ ।’
कार्कीले पुराना प्रतिनिधिहरुको मानसिक विकास हुन नसकेकोका कारण राष्ट्रपतिबाट आफुले पनि दुःख पाएको बताउँदै भनिन्,‘त्यहीँको यहीँ आउनुछ । बाटो छैन । कताबाट जान पाइने हो त्यो पनि भनिदैन । कहाँबाट म आउनुपर्ने, सर्टकट नजिकमा आउनुपर्ने धेरै घुमेर आएको हुँ म । राजाले ठिक गरेनन् भनेर नयाँ व्यवस्थाका लागि लडियो तर, आउने मान्छेहरु राजैजस्तो भए । यो मानसिकता भएकालाई हटाउन भनेको चुनावले हो, अब अति भयो ।’
उनले गत निर्वाचन शान्तिपूर्णरुपमा भएको भन्दै निर्वाचनबाट पुरानो मानसिकताहरु फिल्टर हुँदै गएको र नयाँ सोचाइ भएका कर्मठ युवा, युवतीहरु आगामी दिनमा अझ आउनुपर्ने बताइन् । आउने निर्वाचनमा पुरानो मानसिकता बोकेकाहरुलाई तलैबाट पराजित गर्नुपर्ने उनको भनाइ छ । लोकतन्त्रमा निर्वाचन नै सबैभन्दा उत्तम विकल्प भएको काकीको भनाइ छ । कार्यक्रम प्रेस काउन्सिल नेपाल, कानुन समाज लगायतका संस्थाहरुले आयोजना गरेका थिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
मंसिर ११, २०८१ मंगलबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
जनताले विकल्प खोज्ने बेला आयो : अध्यक्ष लिङ्देन
मंसिर १२, २०८१ बुधबार
युवालाई विदेशिनबाट रोक्नका लागि साझा व्यवस्थापनको खाँचो छ: सभापति देउवा
मंसिर १२, २०८१ बुधबार
मन्त्रालयहरूको त्रैमासिक समीक्षा परिणाममूलक बनाउन प्रधानमन्त्रीको निर्देशन
मंसिर १२, २०८१ बुधबार
सुदूरपश्चिम रोयल्सको मेडिकल पार्टनरमा माया मेट्रो अस्पताल
मंसिर १२, २०८१ बुधबार
नेपाल स्वास्थ्य सम्मेलन आगामी पुसमा हुने
मंसिर १२, २०८१ बुधबार
अनलाइन जुवा र क्रिप्टोमा ५५ करोडको कारोबार गर्ने एकजना पक्राउ
मंसिर १२, २०८१ बुधबार