माओवादी स्थायी कमिटीको मुल एजेण्डा कांग्रेस कि एमाले ?
नेपालबहस संवाददाता
माघ १३, २०७९ शुक्रबार १५:५०:२७
१३ माघ, काठमाडौं । बिहीबारदेखि सुरु भएको नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठकमा माओवादीको आन्तरिक संगठन विस्तारभन्दा बाहिरका एजेण्डालाई प्राथमिकतामा राखेर छलफल सुरु भएको छ । बिहीबार प्रधानमन्त्रीसमेत रहेका पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीले छलफलपछि लिनुपर्ने निर्णयबारे मौखिक र लिखित प्रतिवेदन बैठकमा पेस गरेका छन् । उनले मौखिक र लिखित दुवै रुपमा कांग्रेस र एमालेको उपयोग र उपयोगिताका विषयलाई प्राथमिकता दिएका छन् ।
आजबाट स्थायी कमिटीमा प्रचण्डले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनमाथि छलफल सुरु हुँदैछ । बैठक बिहान ११ बजेबाट सुरु हुनेछ । प्रचण्डको प्रतिवेदनमा नेपाली कांग्रेससँग गठबन्धन तोडनुपर्नाको कारण, एमालेसँग गठबन्धन गरेपछिको स्थिति, एमाले गठबन्धनबाट सरकारको नेतृत्व गर्दा माओवादीको अवस्था र अब माओवादीले लिनुपर्ने रणनीति मुख्य विषय छन् । यसमा राष्ट्रपतिलाई केन्द्रमा राखेर सत्ता समीकरणबारे बैठकले ठोस निर्णय दिनुपर्ने अध्यक्ष प्रचण्डको भनाइ छ ।
प्रचण्डको राजनीतिक प्रतिवेदनमा राष्ट्रपतिसहित एमालेलाई दिएपछि आउने परिस्थितिको सेरोफेराेमा केन्द्रित छ । उनले प्रतिवेदनमा राष्ट्रिय सहमतिका आधारमा राष्ट्रपति चयनको प्रस्ताव निरन्तर दोहोर्याएका छन् । एमाले र अध्यक्ष केपी शर्मा ओलीप्रतिको शंका पनि व्याप्त छ । प्रचण्डले भनेका छन्, ‘राष्ट्रपति सुरक्षित गर्न मात्रै एमालेले अहिलेकै गठबन्धन बचाइराख्ने र माओवादीलाई नबिच्काउने रणनीति एमालेको छ । उसले सत्ता साझेदार दलका शीर्ष नेतालाई आफ्नो खेमामा राख्ने रणनीति बनाएको छ । यसबारे सोचेर बैठकले समीक्षा गरोस भन्ने म चाहान्छु ।’
बैठकमा सर्वस्वीकार्य व्यक्ति राष्ट्रपति हुँदा राम्रो हुने ब्रिफिङ गर्दै सदस्यहरूको राय मागेका प्रचण्डले कांग्रेसले आफ्नो नेतृत्वको सरकारलाई विश्वासको मत दिएपछि झस्किएको एमाले राष्ट्रपति आफ्नो पोल्टामा पार्ने कसरतमा भएको र राष्ट्रपतिमा माओवादीको भूमिका निर्णायक रहेकाले एमाले वा कांग्रेसले राष्ट्रपतिमा दिने उम्मेदवारी भन्नेमा पनि बैठकबाट निर्णय हुनुपर्ने बताएका छन् ।
प्रचण्डले संवैधानिक पदहरूमा राष्ट्रिय सहमति जुटाउन सके एमालेको दवावबिनै सरकार चलाउन सहज हुने प्रतिवेदनमा उठाएका छन् । संवैधानिक पदहरूको रणनीतिक महत्व, शान्तिप्रक्रिया र अन्तर्राष्ट्रिय चासोहरूलाई समेत ध्यान दिएर सहमतिको प्रस्तावबारे माओवादीको निर्णय अपरिहार्य हुने उल्लेख गरेका छन् । कांग्रेसलाई पनि शक्ति बाँडफाँटमा जोड्न सके संक्रमणकालीन न्याय टुंग्याउन सकिने उनको बुझाइ छ । तत्काल एमालेलाई बिच्क्याउँदा सरकार समस्यामा जाने र र मुख्य संवैधानिक पद एमालेलाई दिँदा विगतका घटना दोहोरिन मात्र नभए माओवादीकोअस्तित्वमा पनि संकट आउने प्रतिवेदनको आशय छ ।
प्रचण्डले राजनीतिक प्रतिवेदनमा माओवादी र नेपाल समाजवादी पार्टी तथा एकीकृत समाजवादी र जसपाबीच एकताको गृहकार्य भइरहेको र यसले पनि राष्ट्रपति निर्वाचनमा प्रभाव पार्न सक्ने उल्लेख गरेका छन् । संविधानअनुसार संघीय र प्रदेशसभातर्फका तत्काल कायम रहेका कुल सदस्य संख्याको बहुमत अर्थात् ५० प्रतिशत मत ल्याउने व्यक्ति राष्ट्रपतिमा निर्वाचित हुन्छ । राष्ट्रपति पदमा एमालेले अडान लिइराख्दा गठबन्धन भत्कनेतर्फ पनि संकेत गरिएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
मंसिर ११, २०८१ मंगलबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
ओलीले बोलाएको बैठकमा देउवा र बाबुराम भट्टराई अनुपस्थित
नेपालबहस संवाददाता
मंसिर १०, २०८१ सोमबार
अमेरिकामा ‘पुष्पा–२’ काे बम्पर ओपनिङ, हालसम्मकाे सबै रेकर्ड ताेडिने
मंसिर १२, २०८१ बुधबार
हिजबुल्लाहसँग युद्बबिरामबारे निर्णय लिन इजरायली मन्त्रिपरिषद बैठक सुरू
मंसिर ११, २०८१ मंगलबार
रोयल इन्फिल्डको क्लासिक ३५० सिग्नल्स एडिसनको मूल्य ५ लाख ५५ हजार: फोटोफिचर
मंसिर १२, २०८१ बुधबार
अब अस्पतालहरू सेवाका आधारमा वर्गीकरण हुन्छन्ः मन्त्री पौडेल
मंसिर १२, २०८१ बुधबार
इजरायल र हिजबुल्लाहले अमेरिकी प्रस्ताव स्वीकार गर्दा बाइडेन खुसी
मंसिर १२, २०८१ बुधबार
सुनसरीका किसानलाई मकै र गहुँ छर्न भ्याइनभ्याइ
मंसिर १२, २०८१ बुधबार
३९ अंकले बढेर २७५६ मा उक्लियो नेप्से, ९ अर्ब ३१ करोडका शेयर खरिदबिक्री
मंसिर १२, २०८१ बुधबार