किन भारत लगिँदै थियो १०१ राहदानी र ७९ थान प्रहरी चारित्रिक प्रमाणपत्र ?
नेपालबहस संवाददाता
माघ १३, २०७९ शुक्रबार १८:४:५१
१३ माघ, काठमाडौं । नेपाल प्रहरीले अवैध रूपमा बाह्य मुलुकतर्फ लैजान लागेको एक सय एक थान राहदानी र ७९ थान प्रहरी चारित्रिक प्रमाणपत्र बरामद गरी अनुसन्धान थालेको छ ।
उक्त राहदानी र प्रहरी चारित्रिक प्रमाणपत्र लैजान लागेको आरोपमा विमानस्थल सुरक्षा कार्यालयले दुई जनालाई पक्राउसमेत गरेको छ ।
उक्त राहदानी लिएर जान लागेका बेला पक्राउ पर्नेमा ललितपुर महानगरपालिका–३ का ३८ वर्षीय अमित बोगटी र नवलपरासी (पूर्व) विनयी त्रिवेणी गाउँपालिका–७ की ३८ वर्षीया सोनीकुमारी गुरुङ रहेकी छिन् ।
पक्राउपछि उनीहरुलाई थप अनुसन्धानका लागि कार्यालयले गए राति केन्द्रीय अनुसन्धान ब्यूरोमा ल्याएको ब्यूरोका प्रवक्ता प्रहरी उपरीक्षक सञ्जयसिंह थापाले जानकारी दिए । उनीहरुमाथि वैदेशिक रोजगारसम्बन्धी थप अनुसन्धान आवश्यक पर्ने भएकाले आजै वैदेशिक रोजगार विभागमा पठाइएको पनि थापाले बताए ।
नेपाल एयरलाइन्सको उडानद्वारा काठमाडौँबाट दिल्ली जान लागेका उनीहरूको लगेज जाँचका क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अन्तर्राष्ट्रिय उडानतर्फको प्रस्थान विन्दुस्थित एक्स-रे गर्ने क्रममा लगेजमा शंकास्पद वस्तु देखिएको थियो ।
जाँच गर्दा भारत लान लागिएको अवस्थामा झोलामा उक्त राहदानी र प्रहरी चारित्रिक प्रमाणपत्र फेला परेको थियो । उनीहरुमाथिको सोधपुछका क्रममा उक्त राहदानी रोमानियामा भिसा स्ट्याम्पिङ गर्नका लागि लान लागेको भनी वैदेशिक रोजगार विभागबाट जारी भएको भिसा स्ट्याम्पिङ निर्णय फाराम पेस गरेका थिए ।
सो सम्बन्धमा अनुसन्धान गर्दा उक्त फारममा उल्लिखित विवरण भएको राहदानीहरु र उनीहरुका साथबाट बरामद भएको राहदानीहरुको विवरण फरक पर्न आएको पाइएको प्रहरीले जानकारी दिएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपआफूलाई अभियन्ता बताउने आशिका तामाङ पक्राउ
माघ २, २०८१ बुधबार
एक सय ११ किलोग्राम गाँजासहित एकजना पक्राउ
माघ २, २०८१ बुधबार
चेक अनादर आरोपमा एमाले नेता किशोरविक्रम पक्राउ
माघ १, २०८१ मंगलबार
यस्तो रहेछ कास्की अदालतबाट रवि धरौटीमा छुटनुको रहस्य
नेपालबहस संवाददाता
पुष २९, २०८१ सोमबार
प्रहरीका २५ एसपीको एसएसपीमा बढुवा सिफारिस
नेपालबहस संवाददाता
माघ १, २०८१ मंगलबार
सुशासन र विकासका लागि जरुरी भएकाले अध्यादेश ल्याइएको हो : प्रधानमन्त्री
माघ २, २०८१ बुधबार
राष्ट्रपतिले जारी गरे रोकि राखेको भूमिसम्बन्धी अध्यादेश
माघ २, २०८१ बुधबार
चन्द्रगढीमा भूकम्प सुरक्षा दिवस मनाइयो
माघ २, २०८१ बुधबार