गृह मन्त्रालय आफैसँग राख्ने प्रधानमन्त्रीको तयारी, मन्त्रिपरिषदमा हेरफेर हुँदै
नेपालबहस संवाददाता
माघ १४, २०७९ शनिबार १७:२३:२१
१४ माघ, काठमाडौँ । रवि लामिछाने पदमुक्त भएपछि रिक्त रहेको गृह मन्त्रालयलाई लिएर सत्ता गठबन्धनमा रस्साकस्सी सुरु भएको छ । प्रधानमन्त्री भएपनि महत्वपूर्ण मन्त्रालय नपाएको भन्दै गृहमन्त्रालयमा माओवादीले दावी गरेको छ । यसबारे प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी ओलीबीच छलफल हुँदैछ । दुई नेतामा सहमति भएपछि सत्ता गठबन्धनमा मन्त्रिपरिषदमा जिम्मेवारी हेरफेर गर्ने वा माओवादीलाई सो मन्त्रालय दिने भन्ने निर्णय हुनेछ ।
माओवादीका एक नेताले नेपालबहससँग भने, ‘प्रधानमन्त्री जुन दलको हो उसले पहिले नै गृह र अर्थमन्त्रालय राख्नुपर्ने थियो । तर, हतारमा गठबन्धन बनाउँदा अध्यक्षले प्रधानमन्त्री लिएर सहमतिका लागि अरु महत्वपूण मन्त्रालय छाड्नुभयो । पहिले भएको गल्तीलाई अब सुधार गर्ने समय आएको छ । गृहमन्त्रालय माओवादीले राख्छ , छोड्नै पर्ने अवस्था आए हामी अर्को मन्त्रालय छोड्छौँ ।’
अहिले प्रधानमन्त्री प्रचण्डले गृह मन्त्रालय आफैंसँग राखेका छन् । सर्वोच्च अदालतले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको सांसद पद खारेज गरेपछि उनी पदमुक्त भएपछि अर्को निर्णय नभएसम्म उक्त मन्त्रालयको जिम्मेवारी आफैले लिएका हुन् । ती नेताले भने ‘प्रधानमन्त्रीसँग गृह मन्त्रालय राख्दा सजिलो हुन्छ भन्ने सुझाव आएको छ । यसबारे प्रधानमन्त्री र अध्यक्ष ओलीबीच शनिबार छलफल हुनेछ ।’
प्रधानमन्त्री नियुक्त भएपछि दाहालले गृह मन्त्रालय आफैंसँग राख्ने चाहना हुँदाहुँदै गठबन्धन दलबीच भागबन्डा मिलाउन लामिछानेलाई गृहमन्त्री नियुक्त गरेका थिए । शक्तिशाली मन्त्रालय नराखेकामा माओवादीभित्र प्रचण्डको आलोचना भएको थियो । सुरुमै उपप्रधानसहित नारायणकाजी श्रेष्ठले गृहमन्त्रालयमा जान चाहेका थिए । तर, पनि उनले पाएनन् । अहिले पनि उनी भरसक गृहमा जान चाहिरहेका छन् । गृह लिने भएपछि माओवादी भित्र पनि उक्त मन्त्रामलयमा जान रस्साकस्सी सुरु भएको छ ।
अहिले माओवादीबाट प्रधानमन्त्रीसहित पाँच मन्त्री र एक राज्यमन्त्री छन् । राष्ट्रिय स्वतन्त्र पार्टीलाई दिनैपर्ने भए अरु मन्त्रालय दिने नत्र माओवादीबाट नै मन्त्री थप्ने तयारी छ । नागरिकता प्राप्त गरेपनि वा अर्को व्यक्तिलाई प्रस्ताव गरेपनि अब रास्वपालाई गृह नदिने रणनीतिमा माओवादी पुगेको छ । अरू नभए पनि अब गृह मन्त्रालय प्रधानमन्त्रीले राख्नुपर्छ भन्ने मत माओवादीमा छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपचीन भ्रमणमा जान लागेका प्रधानमन्त्रीलाई कांग्रेसको सुझावः बीआरआईमा ऋण नलिनु, अनुदान लिनु
मंसिर १२, २०८१ बुधबार
प्रधानमन्त्रीले बोलाए मन्त्री र सचिवहरुको संयुक्त बैठक
मंसिर १२, २०८१ बुधबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
ओलीले बोलाएको बैठकमा देउवा र बाबुराम भट्टराई अनुपस्थित
नेपालबहस संवाददाता
मंसिर १०, २०८१ सोमबार
अमेरिकामा ‘पुष्पा–२’ काे बम्पर ओपनिङ, हालसम्मकाे सबै रेकर्ड ताेडिने
मंसिर १२, २०८१ बुधबार
हिजबुल्लाहसँग युद्बबिरामबारे निर्णय लिन इजरायली मन्त्रिपरिषद बैठक सुरू
मंसिर ११, २०८१ मंगलबार
रास्वपाका नेताहरुले गरेको भाषण उतारेर क्लिपसहित अदालतमा पेश गर्न सर्वोच्चको आदेश
मंसिर १२, २०८१ बुधबार
रोयल इन्फिल्डको क्लासिक ३५० सिग्नल्स एडिसनको मूल्य ५ लाख ५५ हजार: फोटोफिचर
मंसिर १२, २०८१ बुधबार
अब अस्पतालहरू सेवाका आधारमा वर्गीकरण हुन्छन्ः मन्त्री पौडेल
मंसिर १२, २०८१ बुधबार
इजरायल र हिजबुल्लाहले अमेरिकी प्रस्ताव स्वीकार गर्दा बाइडेन खुसी
मंसिर १२, २०८१ बुधबार
सुनसरीका किसानलाई मकै र गहुँ छर्न भ्याइनभ्याइ
मंसिर १२, २०८१ बुधबार