राष्ट्रपतिको निर्वाचनमा गडबड भए देशमा अनिष्ट हुन्छः डा. शेखर
नेपालबहस संवाददाता
माघ १४, २०७९ शनिबार १९:३३:१७
१४ माघ, विराटनगर । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले राष्ट्रपतिको निर्वाचनमा तलमाथि भए देशले ठूलो अनिष्ट व्यहाेर्नुपर्ने बताएका छन् । विराटनगरमा शनिबार नेपाल प्रेस युनियन प्रदेश–१ को पहिलो अधिवेशन उद्घाटन गर्दै कोइरालाले राष्ट्रपतिमा एमालेले दाबी गरिरहनुका पछाडि धेरै कारण रहेकोप्रति संकेत गर्दै राष्ट्रपतिको निर्वाचन सार्न नमिल्ने र फागुन २८ अगाडि नै हुनुपर्ने बताए ।
गएको पाँच वर्षमा राष्ट्रपतिले संविधान भन्दामाथि रहेको अनुभूति गराएको भन्दै कोइरालाले राष्ट्रपति कांग्रेसको हुनुपर्नेमा जोड दिए । उनले भने,‘ हामीले पाँचवर्ष हेरिसक्यौँ अब कांग्रेसको राष्ट्रपति हुनुपर्छ । विगतमा संविधानभन्दा विपरित राष्ट्रपतिले काम गर्न बजेट संसदमा पेस भएन । नागरिकता विधेयक रोकियो । संविधानभन्दा राष्ट्रपति माथि हुँदैन । तर, जसलाई जे मन लाग्यो त्यो गरेको देखिन्छ । यो सब रोक्न पनि कांग्रेसले राष्ट्रपति पाउनुपर्छ ।’
नेता डा. कोइरालाले कार्यकर्तालाई निरास नहुन भन्दै ठूलो पार्टी भएकाले कुनै पनि दिन कांग्रेस सत्तामा आउन सक्ने बताए । नेकपा एमालेका कारण माओवादी केन्द्रले सत्ता नेतृत्व गर्ने अवसर पाएको भन्दै कोइरालाले पछिल्लो घटनाले भने कांग्रेस वृतमा निरासा छाएपनि यो लामो नरहने बताए । वर्तमान सत्ता गठबन्धन लामो समय नजाने कोइरालाको संकेत थियो । उनले देशको राजनीतिक अवस्थासँग कांग्रेसको राजनीति पनि कठिन अवस्थामा रहेको बताए । कांग्रेस ठूलो पार्टी बनेर पनि सरकार बनाउने अवसर गुम्यो । यसले सबैको चित्त दुखेको छ तर, धैर्य गर्नुपर्छ समय आउँछ, उनले भने ।
सरकारलाई समर्थन गर्ने विषयमा आफूले तटस्थ बस्न आग्रह गरेको बताउँदै कोइरालाले गृहमन्त्रीले राजीनामा दिनु पर्ने अवस्थाले भोलिको राजनीति कसरी बढ्छ यसै भन्न नसकिने अवस्था रहेको र हिजोको घटनाले देशमा कानुनी राज्य छ भन्ने पुष्टि भएको बताए । न्यायपालिका सबल भएको देखिन्छ यसले न्यायालयप्रति जनविश्वास बढाउने काम गरेको कोइरालाको दावी छ ।
देशको आर्थिक अवस्था जर्जर भएको भन्दै उनले राजश्वबाट तलब दिन सक्ने अवस्था नभएको बताए । मन्त्रालय घटाउने प्रदेश सरकारको निर्णय स्वागतयोग्य भएको बताए । विराटनगरमा उधोग बन्द हुने क्रम बढेको भन्दै उनले चिन्ता व्यक्त गरे । सबैतिरको वातावरण सकारात्मक नभएको भन्दै राजनीतिक रुपमा यसको समाधान खोजिनुपर्नेमा जोड दिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपयातायातमा नयाँ हाकिम: पुराना कर्मचारी फर्किएपछि नक्कली लाइसेन्स छानबिनको फाइल हरायो
माघ ११, २०८१ शुक्रबार
पूर्व उपराष्ट्रपतिलाई राजनीतिमा फर्काउन माओवादीभित्रै दुई धार, प्रचण्ड मौन !
माघ ११, २०८१ शुक्रबार
‘मास्टर साहेब सिकाइदेऊ पिरती’ भिडियो भाइरल, यस्तो रहेछ वास्तविकता !
नेपालबहस संवाददाता
माघ १०, २०८१ बिहिबार
अक्षय कुमारले बेचे मुम्बइको करोडौंको घर
नेपालबहस संवाददाता
माघ १२, २०८१ शनिबार
ट्रम्पको कडा अडानले विश्वभर कर युद्ध सुरु, भारतसँग विकल्पहरू के छन् ?
माघ १२, २०८१ शनिबार
अक्षय कुमारले बेचे मुम्बइको करोडौंको घर
माघ १२, २०८१ शनिबार
वैदेशिक रोजगारीमा रहेकालाई दूतावासको विशेष काउन्टर सेवा
माघ १२, २०८१ शनिबार
लहान नगरपालिकाविरुद्ध किसानहरुको विशाल जनप्रदर्शन, खुटी नहरमा गाडे झन्डा
माघ १२, २०८१ शनिबार
पोखरालाई खेलकुदको केन्द्र बनाउनुपर्छः सञ्चारमन्त्री गुरुङ
माघ १२, २०८१ शनिबार
काठमाडौंमा दक्षिण एसियाली कला प्रदर्शनी सुरु
माघ १२, २०८१ शनिबार