मेयर बालेनविरूद्ध काठमाडौंमा चर्काे नारा लगाउँदै प्रदर्शन
नेपालबहस संवाददाता
माघ १५, २०७९ आइतबार २१:४४:३२
१५ माघ, काठमाडौं । उपत्यका व्यापी सडक विस्तार पीडित संघर्ष समितिलगायत विभिन्न संगठनहरुले काठमाडौंमा प्रदर्शन गरेका छन् । आइतबार माइतीघर मण्डलामा जम्मा भएर महानगरपालिकाले सडक विस्तारका नाममा गैरकानुनी ज्यादति गरेको भन्दै उनीहरूले मेयर बालेन साहविरूद्ध चर्का नारा लगाउँदै प्रदर्शन गरेका हुन् ।
कुनै समय मेयर साहका सहयात्री रहेका सुमन सायमीले महानगरले सडक विस्तारका नाममा बिना अध्ययन, अनुसन्धान डोजर चलाएको लगाए । महानगरका मेयर बालेन शाहले जवाफदेहिता बिना काम गरेको उनको भनाइ छ ।
महानगरभित्र फुटपाथ, साइकल व्यवसायीमाथि महानगरका प्रहरीले गुण्डगर्दी शैलीमा नागरिकमाथि दमन चलाएको र व्यवसायीहरुको सामान कब्जा गरेर नष्ट बनाएको भन्दै उनले आक्रोश पोखे । बालेन शासकभन्दा निरंकुश बन्ने बाटाेमा लागेकाे उनकाे भनाइ थियाे ।
प्रदर्शनमा सहभागीहरूले डोजर आतङ्क बन्द गर्न, सडक विस्तारको नाममा उठिबास नगर्न, आदिवासीको भूमिको अधिकार सुनिश्चित गर्न माग गरेका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपतीनै तहका सरकारको समन्वयमा पुनः निर्माण : मुख्यमन्त्री लामा
मंसिर १, २०८१ शनिबार
बागमतीका मुख्यमन्त्री लामालाई माओवादीको ध्यानाकर्षणपत्र
कात्तिक २८, २०८१ बुधबार
बागमती प्रदेशमा भागबण्डा मिलाउन फुटाइयो मन्त्रालय
कात्तिक २७, २०८१ मंगलबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
ओलीले बोलाएको बैठकमा देउवा र बाबुराम भट्टराई अनुपस्थित
नेपालबहस संवाददाता
मंसिर १०, २०८१ सोमबार
‘सिविन –नेपाल राष्ट्रिय बालअधिकार सम्मान’द्वारा चन्द्रागिरि नगरपालिका सम्मानित
मंसिर १२, २०८१ बुधबार
विवाह पञ्चमीलाई व्यवस्थित बनाउन दुई हजारबढी सुरक्षाकर्मी परिचालन
मंसिर १२, २०८१ बुधबार
प्रधानमन्त्री ओलीसँग राष्ट्रिय फोटो पत्रकार समूहको भेट
मंसिर १२, २०८१ बुधबार
रास्वपाका नेताहरुले गरेको भाषण उतारेर क्लिपसहित अदालतमा पेश गर्न सर्वोच्चको आदेश
मंसिर १२, २०८१ बुधबार
रोयल इन्फिल्डको क्लासिक ३५० सिग्नल्स एडिसनको मूल्य ५ लाख ५५ हजार: फोटोफिचर
मंसिर १२, २०८१ बुधबार