लुम्बिनीमा शून्य प्लाष्टिक अभियान सुरु
नेपालबहस संवाददाता
माघ १५, २०७९ आइतबार २२:४५:३३
१५ माघ, देउखुरी । भगवान गौतम बुद्धको जन्मस्थल लुम्बिनीमा प्लाष्टिक शून्य अभियान थालिएको छ । प्लाष्टिकका कारण जताततै फोहर फैलिँदा यसबाट लुम्बिनी भ्रमण गर्न आउने पर्यटकमा नकारात्मक असर पार्ने तथा यहाँको वातावरणमा समेत नकारात्मक प्रभाव पर्ने भएकाले उक्त अभियान थालिएको हो ।
नगरलाई सफा र स्वच्छ बनाउन अभियान सुरु गरिएको लुम्बिनी सांस्कृतिक नगरपालिकाले जनाएको छ । नगरपालिकाको आर्थिक सहयोगमा ‘ग्रिनरी नेपाल’ नामक संस्थाले छ महिनासम्म यो अभियान सञ्चालन गर्ने छ । अभियानको आज सुरुआत गर्दै रुपन्देही क्षेत्र नं ५ का प्रतिनिधिसभा सदस्य वासुदेव घिमिरेले अन्तर्राष्ट्रिय पर्यटकीयस्थल भएकाले यस क्षेत्रमा सरसफाइ आवश्यक भएको बताए ।
उनले भने, “लुम्बिनीपछि यस क्षेत्रका अन्य स्थानीय तहलाई समेत शून्य प्लाष्टिक बनाउन पहल गर्नेर्छौं ।” जनसहभागिताले मात्र यस्ता अभियानले पूर्णता पाउने उनको भनाइ थियो ।
लुम्बिनी बौद्ध विश्वविद्यालयका उपकुलपति प्राध्यापक डा हृदयरत्न बज्राचार्यले प्लाष्टिकजन्य फोहरले पर्यावरण र जलवायु परिवर्तनमा समेत नकारात्मक असर परेकाले विद्यालयदेखि विश्वविद्यालय तहसम्म यसबारे चेतना फैलाउन आवश्यक रहेको बताए ।
लुम्बिनी प्रदेशसभा सदस्य चन्द्रकेश गुप्ताले पर्यटकलाई आकर्षित गर्न र उनीहरुको बसार्इं लम्ब्याउन लुम्बिनी सफा र स्वच्छ हुनु पहिलो शर्त भएको बताए । लुम्बिनी सांस्कृतिक नगरपालिकाकी उपप्रमुख कल्पना हरिजनले अभियानमा जनप्रतिनिधि, सामाजिक तथा व्यावसायिक सङ्घसंस्थाको सहभागितामा छ महिनासम्म सरसफाइ अभियान सञ्चालन गरिने बताए ।
ग्रिनरी नेपालका अध्यक्ष निपेश ढाकाले अभियानमा संस्थाका २२ स्वयंसेवक चेतना अभिवृद्धिका साथै फोहर सङ्कलन, फोहर वर्गीकरण र फोहर विसर्जनमा खटिने उल्लेख गर्दै उक्त अभियानमा सबैको सहयोग आवश्यक रहेको बताए ।
कार्यक्रममा लुम्बिनी क्षेत्रसँग जोडिएका गैडहवा गाउँपालिकाका अध्यक्ष सुरेन्द्र पौडेल र शुद्धोधन गाउँपालिकाका अध्यक्ष विष्णुप्रसाद बस्यालले बुद्ध जन्मस्थल लुम्बिनीलाई प्लाष्टिक शून्य बनाउने अभियानमा सबैको साथ रहने विश्वास व्यक्त गरे ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपलुम्बिनीको समग्र विकासका लागि आयोजना बैंक स्थापना हुँदै
मंसिर ११, २०८१ मंगलबार
स्थानीयस्तरमै स्वास्थ्य शिविर पाएपछि नागरिक उत्साहित
मंसिर २, २०८१ आइतबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
ओलीले बोलाएको बैठकमा देउवा र बाबुराम भट्टराई अनुपस्थित
मंसिर १०, २०८१ सोमबार
कोशीका पूर्वमन्त्री अधिकारीमाथि मानव बेचबिखनको कारवाही नहुने, ११ जनाविरूद्ध मुद्दा दर्ता
मंसिर १०, २०८१ सोमबार
न्यायाधीश नियुक्तिबारे न्याय परिषद्मा छलफल सुरु
मंसिर ११, २०८१ मंगलबार
खेतमा भेटिएको नवजात शिशुको जिम्मा सहनी परिवारलाई
मंसिर ११, २०८१ मंगलबार
विद्यार्थी घटेपछि बागलुङका दश विद्यालय बन्द
मंसिर ११, २०८१ मंगलबार
सन् २०२३ मा ८५ हजार महिला तथा बालिकाको हत्या : राष्ट्रसंघ
मंसिर ११, २०८१ मंगलबार
लुम्बिनीको समग्र विकासका लागि आयोजना बैंक स्थापना हुँदै
मंसिर ११, २०८१ मंगलबार