बाबुले पेट्रोल छर्केर आगो लगाउँदा २ वर्षे छोराको मृत्यु
नेपालबहस संवाददाता
माघ १६, २०७९ सोमबार १७:४:१२
१६ माघ, नेपालगन्ज । बाँकेको कोहलपुर नगरपालिका–२ शक्तिनगरमा बाबुले पेट्रोल छर्केर लगाएको आगोमा जलेर २ वर्षे छोराको मृत्यु भएको छ । बालकका आमा गम्भीर घाइते भएकी छन् ।
प्रहरीका अनुसार स्थानीय ३० वर्षीय भानुभक्त विकले आइतबार अपराह्न पाँच बजेतिर श्रीमती गंगा र छोरा प्रिन्सलाई पेट्रोल छर्किएर आगो लगाएका थिए ।
आगोमा परी छोरा प्रिन्सको ज्यान गएको छ भने श्रीमती गगां विक घाइते भएकी छन् । कम्मरभन्दा माथिको भाग जलेको बालकको उपचारका क्रममा भेरी अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ ।
घटनापछि भारततर्फ भागेका उनलाई प्रहरीले गएराति साढे १ बजेतिर भारतीय क्षेत्र नानापाराबाट पक्राउ गरी अनुसन्धान अगाडि बढाएको छ ।
श्रीमती गंगाको पनि घाँटी, हात, कान लगायतका शरीरको करिब २० प्रतिशत भाग जलेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपअपहरण गरी २ लाख फिरौती मागेको आरोपमा बीरगञ्जमा दुई जना पक्राउ
मंसिर १०, २०८१ सोमबार
कोशीका पूर्वमन्त्री अधिकारीमाथि मानव बेचबिखनको कारवाही नहुने, ११ जनाविरूद्ध मुद्दा दर्ता
मंसिर १०, २०८१ सोमबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
ओलीले बोलाएको बैठकमा देउवा र बाबुराम भट्टराई अनुपस्थित
मंसिर १०, २०८१ सोमबार
कोशीका पूर्वमन्त्री अधिकारीमाथि मानव बेचबिखनको कारवाही नहुने, ११ जनाविरूद्ध मुद्दा दर्ता
मंसिर १०, २०८१ सोमबार
बालकृष्णको ‘चपुर घुम्न जाउँ...’ गीत सार्वजनिक
मंसिर ११, २०८१ मंगलबार
न्यायाधीश नियुक्तिबारे न्याय परिषदमा छलफल सुरु
मंसिर ११, २०८१ मंगलबार
खेतमा भेटिएको नवजात शिशुको जिम्मा सहनी परिवारलाई
मंसिर ११, २०८१ मंगलबार
विद्यार्थी घटेपछि बागलुङका दश विद्यालय बन्द
मंसिर ११, २०८१ मंगलबार
सन् २०२३ मा ८५ हजार महिला तथा बालिकाको हत्या : राष्ट्रसंघ
मंसिर ११, २०८१ मंगलबार