बीमा दाबी भुक्तानी प्रक्रियालाई सरलीकरण गर्न आग्रह
नेपालबहस संवाददाता
माघ १६, २०७९ सोमबार १९:१८:५५
१६ माघ, काठमाडौं । नेपाल बीमा प्राधिकरणको आयोजनामा जीवन तथा निर्जीवन बीमा कम्पनीका नुवाकोटस्थित शाखा कार्यालयका प्रमुहरूसँग बीमा सम्बन्धी समसामयिक विषयमा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेकाे छ ।
कार्यक्रममा बीमा क्षेत्रमा देखिएका समस्याहरू र समाधानका उपायका बारेमा छलफल भएको थियो । कार्यक्रममा बीमा कम्पनीका शाखा कार्यालयका प्रमुखहरूले केही हदसम्म बीमा दाबी भुक्तानी शाखा कार्यालयबाट नै दिनसक्ने व्यवस्था हुनुपर्ने, कर्मचारीहरूको क्षमता अभिवृद्धिका लागि तालिम दिनुपर्ने र बीमा सम्बन्धी जनचेतनामूलक कार्यक्रमहरू निरन्तररूपमा आयोजना गर्नुपर्ने विचार व्यक्त गरेका छन । साथै, उनीहरूले बीमा व्यवसायमा देखिएका अस्वस्थ प्रतिस्पर्धा नियन्त्रणका लागि प्राधिकरणले निरीक्षण एवम् नियमनमा जोड दिनुपर्ने र बीमा अभिकर्ताका लागि समेत तालिमको व्यवस्था गर्नुपर्ने धारणा राखेका छन ।
कार्यक्रममा नेपाल बीमा प्राधिकरणका उपनिर्देशक कुन्दन सापकोटाले बीमा व्यवसायमा अस्वस्थ प्रतिस्पर्धा नगर्न, शाखा कार्यालयहरूलाई सुविधा सम्पन्न बनाउन र बीमा दाबी भुक्तानी पनि शाखा कार्यालयहरूबाट नै दिने व्यवस्था गर्न बीमा कम्पनीहरूलाई प्राधिकरणबाट निर्देशन दिइएको जानकारी दिए । यसैगरी, यही माघ १३ गते शुक्रबार नै नुवाकोटको सातविसेस्थित सुन्दरा माध्यमिक विद्यालयमा बीमा सम्बन्धी सचेतनामूलक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
विद्यार्थीहरूलाई बीमा सम्बन्धी विषयमा जानकारी दिने उद्देश्यले आयोजित कार्यक्रममा शिक्षकहरू तथा कक्षा १०, ११ र १२ का विद्यार्थीहरूको सहभागिता रहेको थियो ।
यस्तै, नुवाकोटकै पञ्चकन्या गाउँपालिकामा यही माघ १२ गते विहिबार आयोजना गरिएको बीमा सम्बन्धी जानकारीमूलक अन्तरक्रिया कार्यक्रममा गाउँपालिकाका जननिर्वाचित प्रतिनिधि तथा कर्मचारी, शिक्षक, बीमा अभिकर्ता, कृषकहरू लगायतको सहभागिता रहेको थियो ।
नेपाल बीमा प्राधिकरणको आयोजनामा भएको कार्यक्रममा प्रमुख अतिथि पञ्चकन्या गाउँपालिकाका अध्यक्ष तेज बहादुर तामाङले गाउँपालिकाको आगामी नीति तथा कार्यक्रममा बीमालाई पनि समेट्ने र कृषि बीमाशूल्कमा गाउँपालिकाका तर्फबाट समेत अनुदानको व्यवस्था गर्ने प्रतिवद्धता व्यक्त गरे ।
साथै, उनले बीमा दाबीका लागि कागजात जुटाउन समस्या पर्ने गरेको र दाबी भुक्तानीमा पनि ढिलाई हुने गरेको उल्लेख गर्दै बीमा दाबी भुक्तानी प्रक्रियालाई सरलीकरण गर्न आग्रह गरे । कार्यक्रममा नेपाल बीमा प्राधिकरणका उपनिर्देशक कुन्दन सापकोटाले बीमा सम्बन्धी प्रस्तुती रेका थिए, भने सहायक निर्देशक गीता नेपाल आचार्यले स्वागत र सहायक प्रथम शिव प्रसाद खनालले कार्यक्रम संचालन गरेका थिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थप२०७१ देखि लेखापरीक्षण गर्न नसकेको राष्ट्रिय जीवन बीमा कम्पनीमाथि अर्थले उठायो प्रश्न
मंसिर १९, २०८१ बुधबार
सूर्यज्योति लाइफले २७ हजार कित्ता संस्थापक शेयर बिक्री गर्दै
मंसिर ५, २०८१ बुधबार
मकवानपुरका ४५ हजार जना स्वास्थ्य बिमामा आबद्ध
मंसिर १, २०८१ शनिबार
काठेखोलामा पाँच करोड ४० लाखको सुन्तला उत्पादन
पुष २५, २०८१ बिहिबार
बागमती खेलकुद परिषदमा थप ६ जना नियुक्त
पुष २५, २०८१ बिहिबार
जय ट्रफीः आर्मी र पुलिस बलियो अवस्थामा
पुष २५, २०८१ बिहिबार
क्यानडाकी भावी प्रधानमन्त्रीमा भारतीय मुलकी अनिताको सम्भावना बलियो
पुष २५, २०८१ बिहिबार
'डार्क सर्कल'बाट पीडित हुनुहुन्छ ? उसो भए यो उपाय अपनाउनुहोस्
पुष २५, २०८१ बिहिबार
संसदका दुई समितिको बैठक बस्दै
पुष २५, २०८१ बिहिबार