नेताहरूको कार्यविभाजनले माओवादीमा तनाव, सर्यो स्थायी कमिटी बैठक
नेपालबहस संवाददाता
माघ १६, २०७९ सोमबार २१:३१:४६
१६ माघ, काठमाडौं । सत्ता नेतृत्व गरिरहेको नेकपा माओवादी केन्द्र नेताहरुको पद विभाजन चुनौतिपूण बन्दै गएको छ । पद विभाजन नमिलेका कारण स्थगित भएको स्थायी कमिटी बैठक पनि तीनदिन पर सारिएको छ । यसअघि नेताहरूको कार्यविभाजन मिलाउन भन्दै स्थायी कमिटी बैठक भोलीसम्म सारिएको थियो । सोमबार बसेको पदाधिकारी बंठकले उक्त बैठक १८ गतेसम्म सारेको छ ।
माओवादीको पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा सोमबार बोलाइएको पदाधिकारी बैठकमा नेताहरुको कार्य विभाजनको विषयमा कुरा नमिलेपछि माघ १७ गतेका लागि सारिएको स्थायी कमिटी बैठक फेरी १८ गतेका लागि बोलाउने निर्णय गरिएको उपाध्यक्ष कृष्णबहादुर महराले नेपालबहसलाई बताए ।
पार्टीको संगठनसम्बन्धी होमवर्क नसकिएकाले भोलि पनि पदाधिकारी बैठक बसेर आवश्यक निर्णय गरी स्थायी समिति बैठक पर्सिका लागि सार्ने निर्णय गरिएको उनको भनाइ छ । आज र भोलि होमवर्क गर्ने पर्सि स्थायी कमिटी बैठक बस्ने निर्णय भएको उनले बताए । उनले पदाधिकारी बैठक त्यही होमवर्ककै विषयमा केन्द्रित भएपनि सहमति जुटन नसकेको बताए ।
आज संगठनसम्बन्धी विषयमा मात्रै छलफल भएको थियो । माओवादी केन्द्रको स्थायी कमिटी बैठकमा पेस गर्ने नेताहरुको कार्य विभाजनसम्बन्धी प्रस्ताव तयार पार्न महासचिव देवप्रसाद गुरुङ नेतृत्वको कार्यदल बनाएको थियो । त्यसमा सहमति जुटाउन आज पदाधिकारी बैठक बोलाइएको थियो । तर, सहमति जुटेन् ।
पदाधिकारी बैठकले सो विषयमा टुंगो लगाउन नसक्ने भएपछि भोलि बोलाइएको स्थायी समिति बैठक पर्सिसम्मका लागि स्थगित गरिएको हो । बैठकमा गृहमन्त्री कसलाई बनाउने भन्ने विषयमा समान्यमात्र छलफल भएको थियो । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गृहमन्त्रीकाबारे खासै चर्चा नगरेको बताइएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपप्रधानमन्त्री ओलीसँग राष्ट्रिय फोटो पत्रकार समूहको भेट
मंसिर १२, २०८१ बुधबार
चीन भ्रमणमा जान लागेका प्रधानमन्त्रीलाई कांग्रेसको सुझावः बीआरआईमा ऋण नलिनु, अनुदान लिनु
मंसिर १२, २०८१ बुधबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
ओलीले बोलाएको बैठकमा देउवा र बाबुराम भट्टराई अनुपस्थित
नेपालबहस संवाददाता
मंसिर १०, २०८१ सोमबार
‘सिविन –नेपाल राष्ट्रिय बालअधिकार सम्मान’द्वारा चन्द्रागिरि नगरपालिका सम्मानित
मंसिर १२, २०८१ बुधबार
विवाह पञ्चमीलाई व्यवस्थित बनाउन दुई हजारबढी सुरक्षाकर्मी परिचालन
मंसिर १२, २०८१ बुधबार
प्रधानमन्त्री ओलीसँग राष्ट्रिय फोटो पत्रकार समूहको भेट
मंसिर १२, २०८१ बुधबार
रास्वपाका नेताहरुले गरेको भाषण उतारेर क्लिपसहित अदालतमा पेश गर्न सर्वोच्चको आदेश
मंसिर १२, २०८१ बुधबार
रोयल इन्फिल्डको क्लासिक ३५० सिग्नल्स एडिसनको मूल्य ५ लाख ५५ हजार: फोटोफिचर
मंसिर १२, २०८१ बुधबार