प्रहरी हवल्दारलाई ठक्कर दिने गाडी चालकविरूद्ध ‘अभद्र व्यवहार’ मुद्दा चलाउने तयारी
नेपालबहस संवाददाता
माघ १६, २०७९ सोमबार २२:५०:२५
१६ माघ, पोखरा । मादक पदार्थ सेवन (मापसे) जाँच गर्न बसेका प्रहरीको टोलीलाई ठक्कर दिएका गाडी चालक सौरभ थापालाई हिरासतमा राखेर अनुसन्धान गर्न जिल्ला अदालतले ५ दिनको म्याद दिएको छ ।
रामबजारस्थित भारतीय पेन्सन क्याम्प अगाडि गत बिहीबार बिहान ३ बजे प्रहरी हवल्दार चित्रबहादुर वली सहित टोली चेकिङमा बसेको समयमा मापसे गरेर गाडी चलाएका चालक थापालाई रोक्न खोज्दा भागेका थिए । राेक्ने क्रममा गाडी हुइँक्याएर भाग्दा झ्यालले लागेर हवल्दार वलीको हात भाँचिएको थियो ।
थापालाई शुक्रबार नै प्रहरीले पक्राउ गरेर अदालतबाट ५ दिन म्याद लिई अनुसन्धान जारी राखेको छ । आरोपित अटो मोबाइल्स एसोसिएसन अफ नेपाल (नाडा)का अध्यक्ष ध्रुव थापाका छोरा रहेको खुलेको छ ।
थापालाई कास्की प्रहरीले भने अभद्र व्यवहारको मुद्दा चलाउने तयारी गरेको छ । थापाविरुद्ध ज्यान मार्ने उद्योग कसुरमा मुद्दा चलाउनुपर्ने माग गरिएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपआफूलाई अभियन्ता बताउने आशिका तामाङ पक्राउ
माघ २, २०८१ बुधबार
एक सय ११ किलोग्राम गाँजासहित एकजना पक्राउ
माघ २, २०८१ बुधबार
चेक अनादर आरोपमा एमाले नेता किशोरविक्रम पक्राउ
माघ १, २०८१ मंगलबार
यस्तो रहेछ कास्की अदालतबाट रवि धरौटीमा छुटनुको रहस्य
नेपालबहस संवाददाता
पुष २९, २०८१ सोमबार
प्रहरीका २५ एसपीको एसएसपीमा बढुवा सिफारिस
नेपालबहस संवाददाता
माघ १, २०८१ मंगलबार
हिउँदे अधिवेशनमा सरकारले नागरिकता र प्रहरीसहित ३ विधेयक पेश गर्ने
नेपालबहस संवाददाता
पुष २९, २०८१ सोमबार
यस वर्षको एसइई परीक्षा आगामी चैत ७ गतेदेखि सञ्चालन हुने
माघ २, २०८१ बुधबार
क्यान्सरविरुद्धको एचपिभी सबै खोप नेपाल ल्याइयो
माघ २, २०८१ बुधबार
हरिवन नगरपालिकामा खानेपानी अभावमा काकाकुल छन् ९ सय बढी घर परिवार
माघ २, २०८१ बुधबार
स्वास्थ्य मन्त्रालयले ‘ह्युमन मेटाप्न्यूमो भाइरस’बारे अध्ययन गरिने
माघ २, २०८१ बुधबार
पेट्रोल, डिजेल र मट्टितेलको मूल्य बढ्यो
माघ २, २०८१ बुधबार
सर्वाेच्चले रिट खारेज गरेसँगै अरुण चौधरीको सांसद पद जोगियो
माघ २, २०८१ बुधबार