लागुऔषध कारोबारको मुद्धामा संघाई ग्रुपलाई ‘क्लिन चिट’ दिने विभागको तयारी
नेपालबहस संवाददाता
माघ १६, २०७९ मंगलबार ३:२७:४९
१६ माघ, काठमाडौं । नेपालको व्यापारिक घराना संघाई ग्रुपमाथि लागेको सिउडो एफेडिन (लागुऔषध) तस्करीको मुद्धामा अझै औषधी व्यवस्था विभागले ‘क्लिन चिट’ दिन लागेको छ । सो सम्बन्धी मुद्धा चलिरहेको बेला व्यापारिक घराना संघाई ग्रुपलाई विभागले क्लिन चिट दिन लागेको स्रोतले जनाएको छ । संघाई ग्रुपले लामो समयदेखि सफाई माग्दै आएको थियो तर विभागले सफाइ दिन आनाकानी गरेको भएपछि अहिले भने गुपचुपमै सफाई दिन लागेको विभाग स्रोतले जनाएको छ ।
२०७३ सालमा ललितपुरमा रहेको प्लाष्टिक उद्योगको गोदामबाट सयौं किलोग्राम लागुऔषध बनाउन प्रयोग हुने कच्चा पर्दाथ फेला परेपछि रतन संघाई लगायतका व्यक्तिहरु पक्राउ परेका थिए । प्रहरीले विशेष सूचनाका आधारमा लुकाएर राखेको अवस्थामा चारसय ७१ किलोग्राम लागुऔषध बरामद गरेपछि संघाई ग्रुपका रतन संघाई पक्राउ परेका थिए ।
लागूऔषध नियन्त्रण ब्युरोको टोलीले पाटन औद्योगिक क्षेत्रमा रहेको संघई प्लाष्टिक इन्डष्ट्रिज प्रालिको गोदाममा एकै प्रकारका ९ सय ५२ डिब्बामा लुकाई राखेको अवस्थामा लागुऔषध बनाउन प्रयोग हुने कच्चा पर्दाथ बरामद गरेको थियो । सो घटनामा काठमाडौं कमलपोखरीमा रहेको आर्य फार्मा ल्याब प्रालिमा कामगर्ने भारतीय नागरिक दिलिप पण्डित पक्राउ परेका थिए । सो प्रकरणमा सांघाई समूहका मुख्य व्यक्तिका रुपमा पवन सांघाईको नाम अग्रपंक्तिमा थियो । ग्यास उद्योगदेखि बैंक तथा औषधि उत्पादन कम्पनीसम्म लगानी गरेका उनीमाथि लागूऔषध कारोबारीको आरोप लागेपछि त्यसबाट अहिलेसम्म उन्मुक्ति पाउन सकेका छैनन ।
लागूऔषध कारोबारीमा मुछिएका पवन पहिले व्यापारी होइनन् । पछि उनी एकाएक ठूला व्यापारी बनेर उदाएका थिए । उनी मात्र होइन त्यतिबेला व्यापारीक घरानाका अन्य व्यक्ति पनि लागूऔषध कारोबारीमा मुछिएका थिए । पाँचतारे होटल एभरेष्टका मालिक मशकुर अहमद लारी पनि लागूऔषध कारोबारीमा संलग्न भएको आरोप थियो ।
०५५ सालमा नेपालबाट जर्मन जाने लुफ्थान्सा एयरबाट चरेस कारोबार गरेको आरोप लारी माथि लागेको छ । लुफ्थान्सा एयरका लागि खाना सप्लाइ गर्ने नाममा लारीले २ सय ५० किलो चरेस विदेश पठाएको भेटिएको थियो । जर्मनको फ्रांकर्फट विमानलस्थलमा चरेस भेटिएपछि जर्मनले नेपाल प्रहरीलाई खबर गरेको थियो । उक्त चरेस लारीको भएको खुले पनि अहिलेसम्म सो मुद्दा टुंगिएको छैन ।
पवन र लारीको घटनाले नेपालका व्यापारिक घरानियाँहरुको लागुऔषध माफियाँको कनेक्सन स्पष्ट पार्छ । लागुऔषत्र व्यूरोले आर्य फर्मा र त्यसबाट औषधि बनाउने रसायन तस्करीमा संलग्नहरुको एउटा सूची तयार पारेपछि रतनलाई पक्राउ गरेको थियो । ब्यूरोले सिउडो खरिदको लागि भन्दै एउटा नक्कली ग्राहकमार्फत आर्य फर्माका मालिक भनिएका शंकर हलानसँग मोलमोलाई गरिरहेको बेला संघाई ग्रुपसम्म पुगेको थियो । लामो समयको बागेर्निङपछि २२ किलो सिउडो २५ लाखमा किनबेच गर्ने डिल भएकाले शंकर हलानले पैसा बोकेर आउनेलाई सिउडो दिएर पठाउने जिम्मा छोरा मोहित हलानलाई लगाएपछि प्रहरीले पक्राउ गरेको तत्कालिन प्रहरी अधिकारीहरुको दावी छ ।
आर्य फर्माको लागि भन्दै औषधि बनाउन ल्याउने रसायन सिउडो एफेडिन चीन, भारत, बर्मा लगाएतका देशका लागुऔषध कारोवारीलाई बिक्री गरेको भेटिएपछि व्यवसायी पवन सांघाई मुछिएका थिए ।
सिउडो एफेडिन औषधि बनाउन प्रयोग हुने एक प्रकारको रसायन हो । यो रसायन ल्याउन औषधि उत्पादक कम्पनिले औषधि व्यवस्था विभागमा निवेदन दिनुपर्छ । विभागले उक्त निवेदन अनुमतिका लागि गृहमन्त्रालय पठाउँछ । कति ल्याउने, कुन देशबाट ल्याउने भन्ने स्पष्ट भएपछि गृहले स्वीकृति दिन्छ । सिउडो ल्याउने स्वीकृति पाएपछि कम्पनिले एलसी खोलेर मात्रै सिउडो खरिद गर्न पाउँछ । त्यसरी ल्याइएको रसायनबाट कति ट्याब्लेट औषधि उत्पादन भयो र उक्त औषधि कुन–कुन पसलमा बिक्री भयो भन्ने विवरण तयार पारेर सरकारलाई बुझाउनु पर्छ ।
नेपालमा कुन कम्पनिले कति सिउडो एफेडिन ल्यायो भन्ने तथ्यांक अन्तराष्ट्रिय लागूऔषध नियन्त्रण ब्यूरोमा समेत पुगेको हुन्छ । तर संघाई ग्रुपले मन्त्रालय र विभागलाई छलेर तेस्रो मुलुक सप्लाई गर्ने गरेका थिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपयातायातमा नयाँ हाकिम: पुराना कर्मचारी फर्किएपछि नक्कली लाइसेन्स छानबिनको फाइल हरायो
माघ ११, २०८१ शुक्रबार
पूर्व उपराष्ट्रपतिलाई राजनीतिमा फर्काउन माओवादीभित्रै दुई धार, प्रचण्ड मौन !
माघ ११, २०८१ शुक्रबार
‘मास्टर साहेब सिकाइदेऊ पिरती’ भिडियो भाइरल, यस्तो रहेछ वास्तविकता !
नेपालबहस संवाददाता
माघ १०, २०८१ बिहिबार
अक्षय कुमारले बेचे मुम्बइको करोडौंको घर
नेपालबहस संवाददाता
माघ १२, २०८१ शनिबार
ट्रम्पको कडा अडानले विश्वभर कर युद्ध सुरु, भारतसँग विकल्पहरू के छन् ?
माघ १२, २०८१ शनिबार
अक्षय कुमारले बेचे मुम्बइको करोडौंको घर
माघ १२, २०८१ शनिबार
वैदेशिक रोजगारीमा रहेकालाई दूतावासको विशेष काउन्टर सेवा
माघ १२, २०८१ शनिबार
लहान नगरपालिकाविरुद्ध किसानहरुको विशाल जनप्रदर्शन, खुटी नहरमा गाडे झन्डा
माघ १२, २०८१ शनिबार
पोखरालाई खेलकुदको केन्द्र बनाउनुपर्छः सञ्चारमन्त्री गुरुङ
माघ १२, २०८१ शनिबार
काठमाडौंमा दक्षिण एसियाली कला प्रदर्शनी सुरु
माघ १२, २०८१ शनिबार