रविलाई गृहमन्त्री नदिने भनेपछि सरकारबाट बाहिरिँदै रास्वपा
नेपालबहस संवाददाता
माघ १७, २०७९ मंगलबार १८:९:५९
१७ माघ, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लाई गृह मन्त्रालय दिन नसकिने बताएपछि तत्काल सरकार छाड्ने चेतावनी दिँदै सो पार्टीका अध्यक्ष रवि लामिछाने बालुवाटारबाट बाहिरिएका छन् । उनी मंगलबार विहान गृहमन्त्रीबारे अन्तिम निर्णय दिनभन्दै प्रधानमन्त्री प्रचण्डलाई भेट्न बालुवाटार पुगेका थिए । गृह नपाउँदा सरकारमा नरहने निर्णय रास्वपाले गरिसकेको छ ।
बिहान प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री प्रचण्डसँगको भेटमा सो पार्टीका अध्यक्ष तथा निवर्तमान गृहमन्त्री रवि लामिछानेले रास्वपाले गृह मन्त्रालय नपाए सरकार छाड्नुपर्ने अवस्था आउने बताएका थिए । तर प्रधानमन्त्रीले प्रक्रियाभन्दा बाहिर गएर गृह मन्त्रालय नदिने अडान राखेपछि पार्टीले सरकारमा रहने नरहनेबारे चाँडै निर्णय दिने भन्दै बाहिरिएका थिए ।
प्रधानमन्त्री प्रचण्डसँग सभापति रवि लामिछानेले गरेका दुई भेटमा प्रगति नभएको भन्दै रास्वपाको बैठक राख्ने तयारी गरिएको छ । रास्वपाले गृहमन्त्री प्राप्त गर्ने निर्णय प्रधानमन्त्रीले गरे रवि नभए अर्को व्यक्ति पठाउनेबारे पार्टीमा छलफलको तयारीमा थियो । गृहमन्त्री रास्वपाले पाइसकेको विषय भएको भन्दै सांसद कि गैरसांसद कसलाई पठाउने पार्टीभित्र छलफल गर्ने तयारी भइरहेका बेला प्रधानमन्त्रीले अहिले छलफलकै क्रममा भएकाले तत्काल दिन नमिल्ने भने रास्वपाले सरकार छाड्ने मनस्थिति बनाएको हो ।
नागरिकता सम्बन्धी विवादका कारण रविले उपप्रधानमन्त्री तथा गृहमन्त्री पद गुमाएपछि नेकपा माओवादी केन्द्रले गृह मन्त्रालय आफैंसँग राख्न खोजेको छ । तर प्रधानमन्त्री प्रचण्डमाथि सत्ता साझेदार दल नेकपा एमाले र रास्वपाबाट गृह मन्त्रालय पुनः रास्वपालाई नै दिनुपर्ने दवाव छ । दवावकै बेला प्रधानमन्त्रीले गृह मन्त्रालय दिन नसकिने बताएका हुन् । सरकार गठनको बेला भएको निर्णयप्रति अहिले प्रधानमन्त्रीसमेत पछुताइरहेको माओवादीको ठहर छ ।
प्रधानमन्त्रीको सचिवालयले दिएको जानकारी अनुसार विहानको भेटमा प्रधानमन्त्री प्रचण्डसँग लामिछानेले गृहमन्त्री बनाउने विषयमा के–कति प्रगति भइरहेको छ भनेर जिज्ञासा राखेका थिए । जवाफमा प्रधानमन्त्रीले लामिछानेको मुद्दा किनारा लागिनसकेको र सर्वाेच्च अदालतले उनको नागरिकतालाई लिएर प्रतिनिधिसभा सदस्य खारेज हुने भनेर गरेको फैसलाको पूर्णपाठ नआउँदासम्म गृहमन्त्री बनाउने सम्भावना नरहेको बताएका थिए । प्रधानमन्त्री प्रचण्डले गृह आफैंले राखेर अरू मन्त्रालय दिन सकिने संकेत लामिछानेलाई दिएका थिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपयातायातमा नयाँ हाकिम: पुराना कर्मचारी फर्किएपछि नक्कली लाइसेन्स छानबिनको फाइल हरायो
माघ ११, २०८१ शुक्रबार
पूर्व उपराष्ट्रपतिलाई राजनीतिमा फर्काउन माओवादीभित्रै दुई धार, प्रचण्ड मौन !
माघ ११, २०८१ शुक्रबार
‘मास्टर साहेब सिकाइदेऊ पिरती’ भिडियो भाइरल, यस्तो रहेछ वास्तविकता !
नेपालबहस संवाददाता
माघ १०, २०८१ बिहिबार
अक्षय कुमारले बेचे मुम्बइको करोडौंको घर
नेपालबहस संवाददाता
माघ १२, २०८१ शनिबार
ट्रम्पको कडा अडानले विश्वभर कर युद्ध सुरु, भारतसँग विकल्पहरू के छन् ?
माघ १२, २०८१ शनिबार
अक्षय कुमारले बेचे मुम्बइको करोडौंको घर
माघ १२, २०८१ शनिबार
वैदेशिक रोजगारीमा रहेकालाई दूतावासको विशेष काउन्टर सेवा
माघ १२, २०८१ शनिबार
लहान नगरपालिकाविरुद्ध किसानहरुको विशाल जनप्रदर्शन, खुटी नहरमा गाडे झन्डा
माघ १२, २०८१ शनिबार
पोखरालाई खेलकुदको केन्द्र बनाउनुपर्छः सञ्चारमन्त्री गुरुङ
माघ १२, २०८१ शनिबार
काठमाडौंमा दक्षिण एसियाली कला प्रदर्शनी सुरु
माघ १२, २०८१ शनिबार