माओवादी केन्द्रमा नेताहरुको कार्यविभाजन टुंग्याउने जिम्मा अध्यक्ष र उपाध्यक्षलाई दिइयाे
नेपालबहस संवाददाता
माघ १७, २०७९ मंगलबार २२:११:४८
१७ माघ, काठमाडौं । नेकपा (माओवादी केन्द्र) का नेताहरुको सांगठनिक कार्य विभाजनबारे ठोस निर्णय लिने जिम्मा अध्यक्ष र उपाध्यक्षहरुलाई दिइएको छ ।
मंगलबारको पदाधिकारी बैठकबाट कार्यदलले तयार पारेको प्रतिवदेनका आधारमा ठोस कार्य विभानजनबारे यस्तो निर्णय लिइएको हो । पार्टी अध्यक्षमा पुष्पकमल दाहाल प्रचण्ड, वरिष्ठ उपाध्यक्षमा नारायणकाजी श्रेष्ठ र उपाध्यक्ष कृष्णबहादुर महरा छन् ।
१२ माघमा सुरु भएको स्थायी समितिको बैठकबाट महासचिव देव गुरुङको नेतृत्वमा उपमहासचिवहरु रहेको कार्यदललाई कार्य विभाजनबारे प्रस्ताव ल्याउने जिम्मेवारी दिइएको थियो ।
उक्त कार्यदलले नीतिगत विषय मात्रै राखेर प्रतिवदेन तयार पारेपछि कार्य विभाजनको ठोस निर्णय लिने अधिकार अध्यक्ष र उपाध्यक्षलाई दिएको नेता पेशल खतिवडाले जानकारी दिए । उनले आजको बैठकले प्रतिवेदनमा केही परिमार्जन गरेको र अन्तिम निर्णय लिने जिम्मा बैठकबाट हुन नसकेको बताए ।
पदाधिकारी बैठक भोलि बुधबार १२ बजे बस्ने तय भएको छ । पदाधिकारीबाट कार्यविभाजन ठोस भएपछि त्यसलाई अनुमोदनका लागि स्थायी समितिको बैठक बस्नेछ । अनुमोदन भएपछि संगठन विभागले कार्यन्वयनमा लैजाने प्रावधान छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसहकारी ठगी प्रकरण: ६० लाख धरौटी बुझाएर रिहा भए रवि लामिछाने
माघ २, २०८१ बुधबार
सबै प्रदेशमा आपत्कालीन गोदामघर हस्तान्तणको तयारी छ : गृहमन्त्री लेखक
माघ २, २०८१ बुधबार
यस्तो रहेछ कास्की अदालतबाट रवि धरौटीमा छुटनुको रहस्य
नेपालबहस संवाददाता
पुष २९, २०८१ सोमबार
प्रहरीका २५ एसपीको एसएसपीमा बढुवा सिफारिस
नेपालबहस संवाददाता
माघ १, २०८१ मंगलबार
हिउँदे अधिवेशनमा सरकारले नागरिकता र प्रहरीसहित ३ विधेयक पेश गर्ने
नेपालबहस संवाददाता
पुष २९, २०८१ सोमबार
यस वर्षको एसइई परीक्षा आगामी चैत ७ गतेदेखि सञ्चालन हुने
माघ २, २०८१ बुधबार
क्यान्सरविरुद्धको एचपिभी सबै खोप नेपाल ल्याइयो
माघ २, २०८१ बुधबार
हरिवन नगरपालिकामा खानेपानी अभावमा काकाकुल छन् ९ सय बढी घर परिवार
माघ २, २०८१ बुधबार
स्वास्थ्य मन्त्रालयले ‘ह्युमन मेटाप्न्यूमो भाइरस’बारे अध्ययन गरिने
माघ २, २०८१ बुधबार
पेट्रोल, डिजेल र मट्टितेलको मूल्य बढ्यो
माघ २, २०८१ बुधबार
सर्वाेच्चले रिट खारेज गरेसँगै अरुण चौधरीको सांसद पद जोगियो
माघ २, २०८१ बुधबार