माेटरसाइकल र मोवाइल चोरीमा संलग्न रहेकाे आरोपमा ५ जना पक्राउ
नेपालबहस संवाददाता
माघ १७, २०७९ मंगलबार २२:२५:४८
१७ माघ, धनुषा । जिल्लाको विभिन्न स्थानबाट मोटरसाइकल, मोवाइल लगायत वस्तु चोरी गरेको आरोपमा प्रहरीले ५ जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा जनकपुरधाम उपमहानगरपालिका–१४ का रतिश गुप्ता, सर्लाहीको चक्रघट्टा गाउँपालिका–७ का २१ वर्षीय रवीन्द्रकुमार यादव, २२ वर्षीय चन्दनकुमार यादव, जनकपुरधामका सरोज कुमार महतो र श्यामसुन्दर महतो रहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।
गुप्ताविरुद्ध सोमबार बिहान जनकपुरधाम २ शिवचोकस्थित कपडा पसलबाट मोबाईल चोरी गरेको आरोप छ ।
यस्तै रबिन्द्र कुमार यादव र चन्दन कुमारलाई सोमबार राति ८ बजे ज ६ प ७७१४ नम्बरको १५० सीसीको कालो रङको पल्सर मोटरसाईकल चोरी गरेको आरोप छ । उनीहरुले मिथिला नगरपालिका १० लालगढ मोडेल अस्पतालको छेउमा पार्किङ गरी राखेकोमा चोरी गरेर भागेका थिए ।
यस्तै, सरोज कुमार महत्तो र श्याम सुन्दर महत्तोलाई जनकपुरधाम ४ बस्ने संजिव कुमार रायको घरबाट पानी तान्ने मोटर, पेन्ट, आइरन, लत्ता कपडाहरू चोरी गरेर फरार भएको आरोप छ ।
उनीहरुलाई प्रहरीले आजै सार्वजनिक गरेको छ । उनीहरुमाथि आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपआफूलाई अभियन्ता बताउने आशिका तामाङ पक्राउ
माघ २, २०८१ बुधबार
एक सय ११ किलोग्राम गाँजासहित एकजना पक्राउ
माघ २, २०८१ बुधबार
चेक अनादर आरोपमा एमाले नेता किशोरविक्रम पक्राउ
माघ १, २०८१ मंगलबार
यस्तो रहेछ कास्की अदालतबाट रवि धरौटीमा छुटनुको रहस्य
नेपालबहस संवाददाता
पुष २९, २०८१ सोमबार
प्रहरीका २५ एसपीको एसएसपीमा बढुवा सिफारिस
नेपालबहस संवाददाता
माघ १, २०८१ मंगलबार
हिउँदे अधिवेशनमा सरकारले नागरिकता र प्रहरीसहित ३ विधेयक पेश गर्ने
नेपालबहस संवाददाता
पुष २९, २०८१ सोमबार
यस वर्षको एसइई परीक्षा आगामी चैत ७ गतेदेखि सञ्चालन हुने
माघ २, २०८१ बुधबार
क्यान्सरविरुद्धको एचपिभी सबै खोप नेपाल ल्याइयो
माघ २, २०८१ बुधबार
हरिवन नगरपालिकामा खानेपानी अभावमा काकाकुल छन् ९ सय बढी घर परिवार
माघ २, २०८१ बुधबार
स्वास्थ्य मन्त्रालयले ‘ह्युमन मेटाप्न्यूमो भाइरस’बारे अध्ययन गरिने
माघ २, २०८१ बुधबार
पेट्रोल, डिजेल र मट्टितेलको मूल्य बढ्यो
माघ २, २०८१ बुधबार
सर्वाेच्चले रिट खारेज गरेसँगै अरुण चौधरीको सांसद पद जोगियो
माघ २, २०८१ बुधबार