भारतीय कम्पनी सेभेन थ्री स्पोर्ट्सद्वारा नेपाल टी २० लिगको सम्झौता रद्द
नेपालबहस संवाददाता
माघ १७, २०७९ मंगलबार २३:३:२८
१७ माघ, काठमाडौं । ‘स्पट फिक्सि’मा मुछिएको भारतीय कम्पनी सेभेन थ्री स्पोर्ट्सले नेपाल टी-२० लिगको सम्झौता रद्द गरेको छ ।
नेपाल टी-२० लिगको रणनीतिक तथा व्यावसायिक साझेदार भारतीय कम्पनीले सम्झौता रद्द गरेको पत्र नेपाल क्रिकेट संघ (क्यान)लाई पठाएको सेभेन थ्रीका मालिक जतिन अहलुवालियाले क्यानलाई मंगलबार पत्र पठाएको पुष्टी गरेका छन् ।
९–२७ पुसमा काठमाडौंको कीर्तिपुर मैदानमा आयोजना भएको नेपाल टी–२० लिगमा भएको ‘स्पट फिक्सिङ’ सेभेन थ्री स्पोर्टसकै प्रत्यक्ष संग्लग्नता रहेको नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीले सार्वजनिक गरिसकेको उसले सम्झौता रद्द गरेको पत्र पठाएको हो ।
यता क्यानको केन्द्रीय कार्यसमितिको बैठक पोखरामा आजबाट सुरु भएको छ । बैठकमा ‘स्पट फिक्सिङ’को विषयलाई लिएर आजको बैठकमा केन्द्रीय सदस्यहरुले क्यानका अध्यक्ष चतुरबहादुर चन्दको राजीनामा माग गरेका छन् । क्यान र सेभेन थ्रीबीच गत वर्ष मात्र ८ वर्षका लागि सम्झौता गरेको थियो ।
स्पट फिक्सिङमा संलग्न रहेको आरोपमा सीआईबीले नेपाली क्रिकेट खेलाडी मेहबुब आलम र मोहम्मद आदिल अन्सारीलाई पक्राउ गरी अनुसन्धान गरिरहेको छ । पक्राउ पर्ने भएपछि भेन थ्रीका मालिक जतिन अहलुवालिया लिग चलिरहेकै बेला नेपाल छाडेका थिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपदोस्रो अभ्यास खेल: नेपाल अमेरिकासँग ५ विकेटले पराजित
माघ २, २०८१ बुधबार
यु–१९ महिला विश्वकप : अभ्यास खेलमा नेपाल ९ रनले पराजित
पुष २९, २०८१ सोमबार
जय ट्रफीः मधेसलाई हराउँदै आर्मी ८ विकेटले विजयी
पुष २८, २०८१ आइतबार
यस्तो रहेछ कास्की अदालतबाट रवि धरौटीमा छुटनुको रहस्य
नेपालबहस संवाददाता
पुष २९, २०८१ सोमबार
प्रहरीका २५ एसपीको एसएसपीमा बढुवा सिफारिस
नेपालबहस संवाददाता
माघ १, २०८१ मंगलबार
हिउँदे अधिवेशनमा सरकारले नागरिकता र प्रहरीसहित ३ विधेयक पेश गर्ने
नेपालबहस संवाददाता
पुष २९, २०८१ सोमबार
यस वर्षको एसइई परीक्षा आगामी चैत ७ गतेदेखि सञ्चालन हुने
माघ २, २०८१ बुधबार
क्यान्सरविरुद्धको एचपिभी सबै खोप नेपाल ल्याइयो
माघ २, २०८१ बुधबार
हरिवन नगरपालिकामा खानेपानी अभावमा काकाकुल छन् ९ सय बढी घर परिवार
माघ २, २०८१ बुधबार
स्वास्थ्य मन्त्रालयले ‘ह्युमन मेटाप्न्यूमो भाइरस’बारे अध्ययन गरिने
माघ २, २०८१ बुधबार
पेट्रोल, डिजेल र मट्टितेलको मूल्य बढ्यो
माघ २, २०८१ बुधबार
सर्वाेच्चले रिट खारेज गरेसँगै अरुण चौधरीको सांसद पद जोगियो
माघ २, २०८१ बुधबार