भारतीय कम्पनी सेभेन थ्रीले बक्यौता नबुझाए कानूनी प्रक्रियामा जाने क्रिकेट संघकाे तयारी
नेपालबहस संवाददाता
माघ १८, २०७९ बुधबार १८:३०:५८
१८ माघ, काठमाडौं । नेपाल टी–२० लिगका लागि व्यापारिक र रणनीतिक साझेदारी सम्झौता एकतर्फी रद्द गर्ने भारतीय कम्पनी सेभेन थ्री स्पोर्टसविरुद्ध नेपाल क्रिकेट संघ (क्यान)ले कानूनी प्रक्रिया सुरु गर्ने तयारी गरेको छ ।
सेभेन थ्रीले मंगलबार क्यान र राष्ट्रिय खेलकुद परिषद (राखेप)लाई चिठ्ठी पठाएर सम्झौता रद्द गरेको जनाएको थियो । क्यानलाई बाँकी रकम नदिनका लागि सेभेन थ्रीले मुद्दा हाल्ने धम्कीपूर्ण नौटंकी गरेको क्यानको भनाइ छ ।
गत फागुनमा क्यानले सेभेन थ्रीसँग नेपाल टी–२० को ८ संस्करणका लागि सम्झौता गरेको थियो । सम्झौता रद्दपछि सेभेन थ्रीसँग क्यानले ३३ करोड रुपैयाँ लिनुपर्नेछ । पहिलो संस्करणबापतको ३ करोड ९० लाखमध्ये अहिलेसम्म २ करोड २० लाख रुपैयाँ जम्मा गरेको क्यानले जनाएको छ ।
सम्झौता अनुासार प्रतियोगिताको कुल पुरस्कार राशी १ करोड २५ लाख रुपैयाँ हो । प्लेयर अफ द म्याचसहित प्रतियोगिताको पुरस्कार रकम पनि सेभेन थ्रीले नै दिनुपर्ने सम्झौता छ ।
मंगलबार सेभेन थ्री स्पोर्टसका मालिक जतिन अहुवालियाले टेलिफोन सम्पर्क गरी छलफल गर्न समय मागेको क्यानले जनाएको छ । क्यानले पाउनुपर्ने सबै रकम पाएपछि मात्र कुराकानी गर्ने जवाफ दिएको क्यान स्रोतले बतायो ।
सेभे थ्रीले रद्द गरेको सम्झौताबारे निर्णय क्यानको आगामी फागुनमा बस्ने साधारणसभाले लिने निर्णय मंगलबार पोखरामा सम्पन्न बोर्ड बैठकले गरेको छ ।
क्यान लिग प्रतियोगिताको मुख्य साझेदार कम्पनी सेभेन थ्री नै लाइभ बेटिङ र स्पट फिक्सिङमा संग्लग्न रहेको प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीले सार्वजनिक गरिसकेको छ । सेभेन थ्रीका मालिक जतिन र सीईओ अभिशेक सक्लानी प्रहरीको फरार सूचीमा छन् । सोही आरोपमा नेपाली क्रिकेटर मेहबुब आलम र मोहम्मद आदिल अन्सारीलाई सीआईबीले पक्राउ गरी अनुसन्धान गरिरहेको छ ।
फिक्सिङमा क्यानका पदाधिकारीहरुको निर्णय मुख्य जिम्मेवार रहेको भन्दै अध्यक्ष चतुरबहादुर चन्द लगायत कार्यसम्पादन समितिका पाँचै जनाले राजीनामा दिनुपने माग पोखराको बैठकमा उठेका थिए । त्यसमा सचिव विक्रम मल्लले मात्र राजीनामा दिएका छन् । उनको जिम्मेवारी दुर्गा पाठकलाई दिइएको छ ।
सेभेन थ्रीलाइ लिगकाे ठेक्का सम्झाैता गरेदेखि नै विवाद सुरू भएकाे थियाे ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपदोस्रो अभ्यास खेल: नेपाल अमेरिकासँग ५ विकेटले पराजित
माघ २, २०८१ बुधबार
यु–१९ महिला विश्वकप : अभ्यास खेलमा नेपाल ९ रनले पराजित
पुष २९, २०८१ सोमबार
जय ट्रफीः मधेसलाई हराउँदै आर्मी ८ विकेटले विजयी
पुष २८, २०८१ आइतबार
यस्तो रहेछ कास्की अदालतबाट रवि धरौटीमा छुटनुको रहस्य
नेपालबहस संवाददाता
पुष २९, २०८१ सोमबार
प्रहरीका २५ एसपीको एसएसपीमा बढुवा सिफारिस
नेपालबहस संवाददाता
माघ १, २०८१ मंगलबार
हिउँदे अधिवेशनमा सरकारले नागरिकता र प्रहरीसहित ३ विधेयक पेश गर्ने
नेपालबहस संवाददाता
पुष २९, २०८१ सोमबार
यस वर्षको एसइई परीक्षा आगामी चैत ७ गतेदेखि सञ्चालन हुने
माघ २, २०८१ बुधबार
क्यान्सरविरुद्धको एचपिभी सबै खोप नेपाल ल्याइयो
माघ २, २०८१ बुधबार
हरिवन नगरपालिकामा खानेपानी अभावमा काकाकुल छन् ९ सय बढी घर परिवार
माघ २, २०८१ बुधबार
स्वास्थ्य मन्त्रालयले ‘ह्युमन मेटाप्न्यूमो भाइरस’बारे अध्ययन गरिने
माघ २, २०८१ बुधबार
पेट्रोल, डिजेल र मट्टितेलको मूल्य बढ्यो
माघ २, २०८१ बुधबार
सर्वाेच्चले रिट खारेज गरेसँगै अरुण चौधरीको सांसद पद जोगियो
माघ २, २०८१ बुधबार