बाँदर आतंक नियन्त्रणबारे संसदमा सरकारकाे ध्यानाकर्षण
नेपालबहस संवाददाता
माघ १८, २०७९ बुधबार १९:३१:१५
१८ माघ, काठमाडौं । प्रतिनिधिसभाको आजको बैठकमा बाँदर आतंकको विषयले स्थान पाएको छ । शून्य समयमा बोल्दैन सांसद ईश्वरबहादुर रिजालले दोलखामा बढेको बाँदर आतंक नियन्त्रण गरेर खाद्य सुरक्षा गर्न माग गरेका छन् ।
बुधबार बसेको प्रतिनिधिसभाको बैठकमा उनले दोलखामा बाँदर आतंक बढ्दा बसाईंसराइको घटना बढेको भन्दै सरकारको ध्यानाकर्षण गराए ।
बादर आतंक नियन्त्रण गरेर संविधानप्रदत्त खाद्य सुरक्षाको सुनिश्चित गर्न माग गरेका उनले बाली बिमाको कार्यक्रम पनि लागु गर्न सरकारसँग माग गरे । बाँदरका कारण देशैभरका किसान बाली जोगाउन नसक्दा खेतीबाट हात झिक्ने अवस्थामा पुगेको भन्दै सरोकारवालाहरुले समेत बारम्बार सरकारको ध्यानाकर्षण गराउँदै आएका छन् । तर सरकारले नसुनेझैं गर्दै आइरहेको छ ।
हामी कृषिमा आत्मनिर्भरको कुरा गरिरहेका छौं, तर बाँदरको साम्राज्य बढेको छ, बाँदरले मानिसको उठिबास लगाएको छ’ सांसद रिजालले भने, ‘बाँदर नियन्त्रणका लागि एक अध्ययन टोली बनाइयो, नागरिकको खाद्य अधिकारको सुरक्षा गरियोस् ।’
पछिल्लो चरणमा बाँदरले प्याज, लसुन, फर्सी र खुर्सानीमा समेत क्षति पुर्याउन थालेका छन् । स्थानीय तहले वितरण अनुदानमा वितरण गरेको ‘बाँँदरे बन्दुक’लाई समेत बाँदरले अटेर गर्ने गरेको किसानको गुनासो छ ।
जारी बैठकमा सांसदहरुले समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराइरहेका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थप‘पुरातात्विक स्थलको संरक्षण राज्यको दायित्व’
पुष २९, २०८१ सोमबार
काठमाडौं महानगरपालिकाले ७२० जना शिक्षकलाई तालिम दिने
पुष २६, २०८१ शुक्रबार
निकञ्जमा घाँसेमैदान व्यवथापनको काम काम सुरु
पुष २५, २०८१ बिहिबार
यस्तो रहेछ कास्की अदालतबाट रवि धरौटीमा छुटनुको रहस्य
नेपालबहस संवाददाता
पुष २९, २०८१ सोमबार
प्रहरीका २५ एसपीको एसएसपीमा बढुवा सिफारिस
नेपालबहस संवाददाता
माघ १, २०८१ मंगलबार
हिउँदे अधिवेशनमा सरकारले नागरिकता र प्रहरीसहित ३ विधेयक पेश गर्ने
नेपालबहस संवाददाता
पुष २९, २०८१ सोमबार
यस वर्षको एसइई परीक्षा आगामी चैत ७ गतेदेखि सञ्चालन हुने
माघ २, २०८१ बुधबार
क्यान्सरविरुद्धको एचपिभी सबै खोप नेपाल ल्याइयो
माघ २, २०८१ बुधबार
हरिवन नगरपालिकामा खानेपानी अभावमा काकाकुल छन् ९ सय बढी घर परिवार
माघ २, २०८१ बुधबार
स्वास्थ्य मन्त्रालयले ‘ह्युमन मेटाप्न्यूमो भाइरस’बारे अध्ययन गरिने
माघ २, २०८१ बुधबार
पेट्रोल, डिजेल र मट्टितेलको मूल्य बढ्यो
माघ २, २०८१ बुधबार
सर्वाेच्चले रिट खारेज गरेसँगै अरुण चौधरीको सांसद पद जोगियो
माघ २, २०८१ बुधबार