स्प्राइटको ‘पिरोको झट्का स्प्राइटले मेटा’ नामक नयाँ क्याम्पेन सुरु
नेपालबहस संवाददाता
माघ १८, २०७९ बुधबार २१:६:३७
१८ माघ, काठमाडौं । नेपालको लोकप्रिय लेमन–लाइम पेय पदार्थ स्प्राइटले ‘पिरोको झट्का स्प्राइटले मेटा’ नामक नयाँ क्याम्पेन सुरु गरेको छ । पिरो खानेकुरा खाएपछि पिरो मेटाउन र खानेकुराहरुको स्वाद अझै लिनका लागि स्प्राइट सबैभन्दा उपयुक्त पेय पदार्थ हो भन्ने सन्देश दिनका लागि यो नयाँँ क्याम्पेन सुरू गरिएको कम्पनीले जनाएको छ ।
यो क्याम्पेनको एउटा भागको रुपमा टेलिभिजन कमर्सियल पनि बनाइएको छ । जसमा जसिता गुरुङ, नाजिर हुसेन र कविता नेपालीले अभिनय गरेका छन । यसको छायांकन जनकपुरमा गरिएको कम्पनीको भनाइ छ ।
कम्पनीका अनुसार यो पहिलो क्याम्पेन हो जसमा स्प्राइटले नेपालमा खानासँग आफ्नो सम्बन्धलाई देखाउने प्रयास गरेको छ । यो भन्दा अगाडिको क्याम्पेनहरुमा भने स्प्राइटले गर्मीमा युवाहरुलाई रिफ्रेस बनाउने पेय पदार्थको रुपमा आफूलाई प्रस्तुत गर्ने गर्थ्यो ।
यो स्प्राइट नेपालको सामाजिक सञ्जालहरुमा पनि रमाइला जिफहरु र स्पाइसी फुड मोमेन्टका भिडियोहरुको साथ पिरोको झट्का स्प्राइटले मेटा क्याम्पेन सञ्चालन गरिएको छ । त्यस्तै विभिन्न सोसल मिडिया इन्फ्लुएन्सरहरुसँग पनि सर्प्राइज कोल्याबोरसन गरिएको छ जुन स्प्राइट नेपालको सामाजिक सञ्जालहरुमार्फत चाँडै नै सार्वजनिक गरिने पनि कम्पनीले जनाएको छ ।
नेपाली युवाहरु पिरो चाउचाउ, पिरो चट्पटे जस्ता पिरो खानेकुरा अत्यन्तै रुचाउने भएकोले त्यस्ता पिरो खानेकुराहरुका लागि स्प्राइट नै सबैभन्दा राम्रो साथी भएको सन्देश दिन यो योजना ल्याइएको कोका–कोला नेपालका कन्ट्री डाइरेक्टर आदर्श अवस्थीले जानकारी दिए । यो योजनाले ग्राहकहरुको मन जित्नेमा आफूहरु आशावादी रहेको उनले बताए ।
गत वर्ष स्प्राइटले अझ रिफ्रेसिङ लेमनको स्वादमा स्प्राइट नेपाली बजारमा ल्याएको थियो । अहिले बजारमा १७५ मिलि र २५० मिलिको आरजीबी बोतल ‘रिटर्नेबल ग्लास बोतल’ तथा २५० मिलि, ५०० मिलि, १ लिटर र १।५ लिटर २।२५ लिटरको पेट बोतलमा बजारमा उपलब्ध रहेको कम्पनीले बताएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबहुप्रतिक्षित स्मार्टफोन ओप्पो फाइन्ड एक्स -८ सिरिज सार्वजनिक
मंसिर ६, २०८१ बिहिबार
हुन्डाई आयोनिक ५ ईभी अब १०० किलोवाटमा पनि उपलब्ध हुने
कात्तिक २३, २०८१ शुक्रबार
सयपत्री फूलको बिक्रीबाट पाँच लाख आम्दानी
कात्तिक २२, २०८१ बिहिबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
प्रशासन कार्यालयमै थन्किए २७ हजार राष्ट्रिय परिचयपत्र
मंसिर १२, २०८१ बुधबार
जनसङ्ख्या र विकासका विषयमा छलफल गर्न ३० देशका प्रतिनिधि काठमाडौंमा
मंसिर १२, २०८१ बुधबार
प्रधानमन्त्री ओलीसँग फिनल्याण्डका मन्त्री ताभियोको शिष्टाचार भेट
मंसिर १२, २०८१ बुधबार
कांग्रेस एकताबद्ध भएर जनतामाझ जानुपर्छ : प्रवक्ता डा महत
मंसिर १२, २०८१ बुधबार
सत्ता सम्हाले लगत्तै ट्रम्पले समलिङ्गी सैनिकलाइ हटाउने दावी
मंसिर १२, २०८१ बुधबार