बागलुङमा एक व्यवसायीले गरे शरीरमा पेट्रोल छर्केर आत्मदाहको प्रयास
नेपालबहस संवाददाता
माघ १८, २०७९ बुधबार २२:५६:३५
१८ माघ, पोखरा । बागलुङमा एक जना पुरुषले घरभित्रै आत्मदाहको प्रयास गरेका छन् । बागलुङ नगरपालिक–८ सिगानाका ५३ वर्षीय शेरबहादुर जिसीले बुधबार आफ्नै शरीरमा पेट्रोल छर्केर आत्मदाहको प्रयास गरेको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ ।
आगोमा जलेर गम्भीर घाइते जिसीलाई थप उपचारका लागि पोखरा पठाइएको बाग्लुङ प्रहरीले जनाएको छ । घाइते उनलाई सुरुमा धौलागिरी अस्पतालमा उपचारपछि गरिएको थियो ।
व्यवसाय गर्दै आइरहेका जिसीले घरमा कोही नभएको अवस्थामा जिसीले आफ्नो शरीरमा पेट्रोल छर्केर शरीरमा आगो लगाएका थिए । आत्मदाहको कारण नखुलेको तथा घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
यसअघि याही माघ १० गते नयाँ बानेश्वरस्थित संसद भवनअगाडि व्यवसायी प्रेमप्रसाद आचार्यले आफ्नै शरीरमा पेट्रोल छर्केर आगो लगाएका थिए । उपचारका क्रममा उनको मृत्यु भएको थियो । उनको मृत्युबारे बुधबार संसद बैठकमा सांसदहरुले घटनाको छानबिन गरी कारण पत्ता लगाउन न्यायिक आयोग गठन गर्न सरकारसँग माग गरेका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपआफूलाई अभियन्ता बताउने आशिका तामाङ पक्राउ
माघ २, २०८१ बुधबार
एक सय ११ किलोग्राम गाँजासहित एकजना पक्राउ
माघ २, २०८१ बुधबार
चेक अनादर आरोपमा एमाले नेता किशोरविक्रम पक्राउ
माघ १, २०८१ मंगलबार
यस्तो रहेछ कास्की अदालतबाट रवि धरौटीमा छुटनुको रहस्य
नेपालबहस संवाददाता
पुष २९, २०८१ सोमबार
प्रहरीका २५ एसपीको एसएसपीमा बढुवा सिफारिस
नेपालबहस संवाददाता
माघ १, २०८१ मंगलबार
हिउँदे अधिवेशनमा सरकारले नागरिकता र प्रहरीसहित ३ विधेयक पेश गर्ने
नेपालबहस संवाददाता
पुष २९, २०८१ सोमबार
यस वर्षको एसइई परीक्षा आगामी चैत ७ गतेदेखि सञ्चालन हुने
माघ २, २०८१ बुधबार
क्यान्सरविरुद्धको एचपिभी सबै खोप नेपाल ल्याइयो
माघ २, २०८१ बुधबार
हरिवन नगरपालिकामा खानेपानी अभावमा काकाकुल छन् ९ सय बढी घर परिवार
माघ २, २०८१ बुधबार
स्वास्थ्य मन्त्रालयले ‘ह्युमन मेटाप्न्यूमो भाइरस’बारे अध्ययन गरिने
माघ २, २०८१ बुधबार
पेट्रोल, डिजेल र मट्टितेलको मूल्य बढ्यो
माघ २, २०८१ बुधबार
सर्वाेच्चले रिट खारेज गरेसँगै अरुण चौधरीको सांसद पद जोगियो
माघ २, २०८१ बुधबार