गृहराज्यमन्त्री दिएपनि कांग्रेस सरकारमा आउन तयार छः ओली
नेपालबहस संवाददाता
माघ १९, २०७९ बिहिबार १८:२५:५५
१९ माघ, विराटनगर । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले सत्ता मोहले नेपाली कांग्रेस संस्कारविहीन भएर सरकारमा सहभागि हुन लालायीत भइरहेको ओरोप लगाएका छन् । ओलीले कांग्रेसलाई गृहराज्यमन्त्री दिएपनि सरकारमा सहभागि हुने बताएका छन् । वर्तमान सरकारको समीकरणमा विवाद आउनुको मूख्य कारण कांग्रेस भएकोप्रति लक्षित गर्दै आफ्नो हैसियत विर्सिएर राज्यमन्त्री माग्ने अवस्थामा कांग्रेस आइपुगेको ओलीको टिप्पणी छ ।
विराटनगर विमानस्थलमा बिहीबार पत्रकारसँग कुराकानी गर्दै ओलीले कांग्रेसमा राजनीतिक संस्कार नभएको आरोप लगाउँदै अहिले गृह राज्यमन्त्री दिँदा पनि कांग्रेस सरकार आउन तयार रहेको बताएका हुन् । उनले अहिले देखिएका विवादकै कारण वर्तमान सरकार संकटमा नपर्ने बताए । केहीले सरकार तत्काल संकटमा जाओस भन्ने चाहिको भएपनि आफूलाई संकटमा जाला जस्तो नलागेको उनको भनाइ छ । राष्ट्रपति निर्वाचन र गृहमन्त्री चयनको विषयले सत्ता साझेदार दलहरुबीच खटपट परिरहेका बेला ओलीले यस्तो बताएका हुन् ।
उनले नेपालको शासन प्रणालीमै अस्थिरता रहेका कारण प्रजातन्त्र प्राप्तिपछिका सरकार पूर्ण कार्यकाल नचलेको बताए । राष्ट्रपति निर्वाचनको सन्दर्भमा माओवादी कांग्रेसतिर ढल्किएको भनेर राखिएको जिज्ञासामा ओलीले माओवादीका केही नेताहरुले त्यसरी बोले पनि आफूलाई त्यस्तो नलागेको बताए । ओलीले कांग्रेसले राष्ट्रपतिको उम्मेदवार हुन्छु भन्नु अनौठो कुरा नभएको तर उसले राजनीतिक संस्कार र इस्तर नराखेको टिप्पणी गरे । उनले कांग्रेससँग माग्नेमात्र हैसियत रहेको दावी गरे ।
अध्यक्ष ओलीले गृहमन्त्री नियुक्तिको विषयमा सर्वोच्च अदालतको मानहानी हुने गरी आफ्नो भनाई पनि राखेका छन् । उनले सर्वोच्च अदालतको पूर्णपाठ कुरेर पुर्वसहमति अनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लाई प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गृह मन्त्रालय दिन आनाकानी गर्नु गलत भएको बताए । ओलील अदालतका जुनसुकै निर्णय कुर्न आवश्यक नभएको बताए ।
उनले भने, ‘अदालतको पूर्णपाठ कण्ड गर्न आवश्यक छैन् । हामीले गृह मन्त्रालय रास्वपालाई दिएको हो । अदालतको पूर्णपाठ किन चाहियो ? कण्ठ गर्नलाई हो ? । पूर्वसहमति अनुसार गृहमन्त्री राष्ट्रिय स्वतन्त्र पार्टीबाटै हुने उनले बताए । उनले पूर्वसहमति अनुसार रास्वपालाई गृहमन्त्री नदिएर सरकारमा विवाद आउनु स्वभाविक भएको बताए ।
अध्यक्ष ओलीले रास्वपाले कसलाई गृहमन्त्रीमा पठाउँछ त्यो त्यही पार्टीको काम भएको र रवि लामिछानेलाई नै गृहमन्त्रीमा पठाउँछ भने अरूले टाउको दुखाइरहन आवश्यक नभएको भन्दै प्रधानमन्त्रीलाई बानिपरेकाले अदालतको पूर्णपाठ चाहिएको हुनसक्ने बताए । पूर्वसहमति अनुसार नै राष्ट्रपतिको उम्मेदवार सत्तापक्षको एमालेबाटै हुने उनको दावी छ । उनले कांग्रेसमा राजनीतिक संस्कार नभएको आरोप लगाउँदै अहिले गृह राज्यमन्त्री दिँदा पनि कांग्रेस सरकार आउने तयार रहेको बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकोशी प्रदेशसभाको हिउँदे अधिवेशन माघ ७ गते आह्वान हुने
पुष २८, २०८१ आइतबार
आगामी वैशाखमा लगानी सम्मेलन गर्दै कोशी प्रदेश
पुष २५, २०८१ बिहिबार
कोशी प्रदेशमा जङ्गली हात्तीको उपद्रो बढ्दै, स्थानीय त्रासमा
पुष १७, २०८१ बुधबार
यस्तो रहेछ कास्की अदालतबाट रवि धरौटीमा छुटनुको रहस्य
नेपालबहस संवाददाता
पुष २९, २०८१ सोमबार
प्रहरीका २५ एसपीको एसएसपीमा बढुवा सिफारिस
नेपालबहस संवाददाता
माघ १, २०८१ मंगलबार
हिउँदे अधिवेशनमा सरकारले नागरिकता र प्रहरीसहित ३ विधेयक पेश गर्ने
नेपालबहस संवाददाता
पुष २९, २०८१ सोमबार
यस वर्षको एसइई परीक्षा आगामी चैत ७ गतेदेखि सञ्चालन हुने
माघ २, २०८१ बुधबार
क्यान्सरविरुद्धको एचपिभी सबै खोप नेपाल ल्याइयो
माघ २, २०८१ बुधबार
हरिवन नगरपालिकामा खानेपानी अभावमा काकाकुल छन् ९ सय बढी घर परिवार
माघ २, २०८१ बुधबार
स्वास्थ्य मन्त्रालयले ‘ह्युमन मेटाप्न्यूमो भाइरस’बारे अध्ययन गरिने
माघ २, २०८१ बुधबार
पेट्रोल, डिजेल र मट्टितेलको मूल्य बढ्यो
माघ २, २०८१ बुधबार
सर्वाेच्चले रिट खारेज गरेसँगै अरुण चौधरीको सांसद पद जोगियो
माघ २, २०८१ बुधबार