आजको बैठकमा अनिवार्य उपस्थित हुन मन्त्रीहरुलाई रास्वपाको निर्देशन
नेपालबहस संवाददाता
माघ १९, २०७९ बिहिबार २०:३५:४५
१९ माघ, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीको बैठक आज बस्ने बैठकमा अनिवार्य उपस्थित हुन आफ्ना मन्त्रीहरुलाई निर्देशन दिएको छ । आज अपरान्ह साढे ४ बजे पाटीर्को केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठक पार्टी कार्यालयमा बस्दैछ ।
उक्त बैठकमा मन्त्रीहरुलाई अनिवार्य उपस्थित हुन पार्टी सभापतिबाट निर्देशन भएको सदस्य दीपक बोहराले बताए । बैठकमा पार्टी सरकारमा बस्ने या बाहिरिने भन्ने विषयमा निर्णय हुने स्रोतले बतायो । सर्वोच्च अदालतको ओदशले सभापति रबि लामिछाने सांसद पद गृहमन्त्रीबाट च्युत भएपछि रास्वपाले गृह मन्त्रालय गुमाएको छ ।
सर्वोच्चकै आदेशमा लामिछानेले नेपाली नागरिकता लिइसकेका छन् । तर प्रधामन्त्रीले प्रचण्डले गृह आफैंसँग राखेका छन् । रास्वपाले भने गृह मन्त्रालय आफूले पाउनुपर्ने अडान छाडेको छैन ।
रास्वपाबाट हाल श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्याल, शिक्षामन्त्री शिशिर खनाल र स्वास्थ्य राज्यमन्त्री डा. तोसिमा कार्की छन् । गृह पाउन लामिछाने पछिल्लो चरणमा निकै दौडधुप गरिरहेका छन् । तैपनि गृहबारे प्रधानमन्त्रीले निर्णय लिइसकेका छैनन् । गृह नपाए सरकार छाड्ने अभिव्यक्ति सभापति लामिछानेले दिँदै आएका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसहकारी ठगी प्रकरण: ६० लाख धरौटी बुझाएर रिहा भए रवि लामिछाने
माघ २, २०८१ बुधबार
सबै प्रदेशमा आपत्कालीन गोदामघर हस्तान्तणको तयारी छ : गृहमन्त्री लेखक
माघ २, २०८१ बुधबार
यस्तो रहेछ कास्की अदालतबाट रवि धरौटीमा छुटनुको रहस्य
नेपालबहस संवाददाता
पुष २९, २०८१ सोमबार
प्रहरीका २५ एसपीको एसएसपीमा बढुवा सिफारिस
नेपालबहस संवाददाता
माघ १, २०८१ मंगलबार
हिउँदे अधिवेशनमा सरकारले नागरिकता र प्रहरीसहित ३ विधेयक पेश गर्ने
नेपालबहस संवाददाता
पुष २९, २०८१ सोमबार
यस वर्षको एसइई परीक्षा आगामी चैत ७ गतेदेखि सञ्चालन हुने
माघ २, २०८१ बुधबार
क्यान्सरविरुद्धको एचपिभी सबै खोप नेपाल ल्याइयो
माघ २, २०८१ बुधबार
हरिवन नगरपालिकामा खानेपानी अभावमा काकाकुल छन् ९ सय बढी घर परिवार
माघ २, २०८१ बुधबार
स्वास्थ्य मन्त्रालयले ‘ह्युमन मेटाप्न्यूमो भाइरस’बारे अध्ययन गरिने
माघ २, २०८१ बुधबार
पेट्रोल, डिजेल र मट्टितेलको मूल्य बढ्यो
माघ २, २०८१ बुधबार
सर्वाेच्चले रिट खारेज गरेसँगै अरुण चौधरीको सांसद पद जोगियो
माघ २, २०८१ बुधबार