जग्गाको विवाद मिलाइदिन सीडीओले गरे ७० लाखको ‘बार्गेनिङ’ !
नेपालबहस संवाददाता
माघ २०, २०७९ शुक्रबार १६:३६:४९
मुकेश कुमार यादव
२० माघ, सिराहा । सिराहाबाट गोरखाका लागी सरुवा भएका प्रमुख जिल्ला अधिकारी लालबाबु कवारीले जग्गाको विवाद मिलाइदिन ठूलो रकमको ‘वार्गेनिङ’ गरेको भन्दै सीआईबीले अनुसन्धान सुरु गरेको छ ।
सिरहाका तत्कालीन सीडीओ कवारीको यही विवादले सरुवा समेत रोक्का गरी सेवाग्राहीसँग जग्गा विवाद मिलाउन लाखौं रकम डिल गरेको अडियो फेला परेपछि सीआईबीले उनीमाथि अनुसन्धान सुरु गरेको हो।
जग्गाको विवाद मिलाउन सीडीओसँग पहिलो चरणमा कुरा गर्दा एक करोड रुपैयाँबाट ‘बार्गेनिङ’ सुरु भएको स्रोतले बताएको छ। सोही जग्गामा सेवाग्राहीको भाइको छोराले यसमा मेरो पनि अंश रहेको र मेरो काकाले यो जग्गा एकलै हडप्न खोजको भन्दै उनले जिल्ला प्रशासन कार्यालय सिराहामा निवेदन दिएको थियो । सोही निवेदनको आधारमा सीडीओले जग्गाधनीलाई विभिन्न किसिमको धाकधम्की देखाएर अन्त्यमा आर्थिक बार्गेनिङ सुरु गरेको स्रोतले जनाएका छन् ।
डिल अगाडी नबढेपछि सीडीओले नै फर्जी अख्तियारको अधिकारी पुस्पेन्द्र नामका व्यक्ति खडा गरी नयाँ डिल सुरु गरेको थियो। उनी सप्तरी राजविराजका निर्माण व्यवसायी हाल लाहानस्थित कोठामा भाडामा बस्दै आइरहेको स्रोतले बताएको छ। उनले सेवाग्राहीसँग आफू अख्तियारको ठुलो हाकिम रहेको भन्दै सेवाग्राहीसँग पैसाको वार्गेनिङ सुरु गरेको स्रोतले बताएकाे छ।
सेवाग्राहीसँगको पटकपटकको छलफल पछि ७० लाखमा ‘डिल’ भएको थियो। सेवाग्राहीले एकैपटक तिर्न नसक्ने भनेपछि एक महिनामा ५ किस्ता बनाएर बुझाउने सेवाग्राही र विचौलियाबीच वार्तालाप भएको थियो।
यस्ताे छ जमिनको मुद्दा मिलाउन सेवाग्राही र सीडीओसँग भएको वार्तालापः-
सेवाग्राही– अहाँ जरे भेट करैला आवके छलै सर। ‘तपाईसँग भेट्न आउँ भनेको सर’।
सीडीओ कवाडी– आई फूर्सद नै है, काईल अपने आईल जाउ। ‘आज फूर्सद छैन तपाई भोली बिहान भेट्न आउनुस्’ । सर हम पुस्पेन्द्र जौडे ‘सीडीओले खडा गरेको विचौलिया’बात करलियै। सर मैले पुस्पेन्द्र सँग कुरा गरें।
सीडीओ– उ के आद्मी है हमरा कोनो सम्मझे मे नई आरहल है। सायद उपर से आईल है, आन्दाज। यी आदमी हमरा ज्यादे प्रेसर करहल है। गृह सः,आ टङ्गालो स खवर आईव रहल है। ‘किन कार्वाही भईरहेछैन, के हेरेर बसिरहेछ’ भन्दै गृहस सेहो प्रेसर आईवरहल है। हम कहली ‘कार्वही भईरहेछ, प्रक्रियामा छस कहली हम।
‘उ को मान्छे हो मैले पनि चिन्न सकेको छैन। सायद माथिबाट आएको हो। यो मान्छेले मलाई साह्रै प्रेसर गरिरहेको छ। गृहबाट र टंगालबाट पनि फोन आईरहेको छ। ‘किन कार्वाही भईरहेछैन, के हेरेर बसिरहेछ’ भन्दै गृहबाट पनि प्रेसर आईरहेको छ। मैले ‘कार्वाही भईरहेछ, प्रक्रियामा छ भनेको छु।’
सेवाग्राही– हमरा उनका ‘पुस्पेन्द्र’ पर विश्वास नै भरहल है। अहिजोरे वार्गेनिङ्ग कैरती।
‘मलाई उनी ‘पुस्पेन्द्र’सँग विशवास भईरहेको छैन। तपाई सँगै बार्गेनिङ्ग गर्न पाए हुन्थ्यो।’
सीडीओ–ऐहन बात फोन पर नै करु, काईल आउँ भेटेके बात करैछी। यना फोनमे बात कके नै फसाउ।
ईबात फोनपर नै करु। काईल आउ, सात बजे बैसक बात करैछि।
‘यस्तो कुरो फोनमा नगरौं, भोली आउनु भेटेरै कुरो गरौं। इस्तो कुरो फोनमा गरेर फसाउने काम नगरौं। भोली बिहानै आउनु बसेरै कुरा गरौंला।’
पुस्पेन्द्र र सेवाग्राहीबीच भएको कुराकानी
पुस्पेन्द्र–म काठमाडौं मै छु। जिल्लाले सीआईबीमा मेल पठाई दिएको छ। मेल हेरेर सलट्याएर आउँछु। तपाइँहरु पनि सम्पर्कमा आउनु भएन। मेल आएको छ।
सेवाग्राही : हामीलाई पैसा संकलन गर्न टाईम लाग्यो।
पुस्पेन्द्रः म मेल हेरेर भन्छु। यति दिनसम्म पर्खिनु भयो, अझै एकदिन पर्खिनुस्। मैले अनुसन्धानको सचिवसँग कुरा गरेको छु। जिल्लाबाट केही हुँदैन। म विभिन्न कामले व्यस्त रहेँ। म जुनसुकै ठाउँमा पनि भेटौला। तपाइँकै घरमा पनि भेटौंला।
सेवाग्राही स्मलाई वुवाले जम्मा ७० लाखमा ‘डिल’ भएको कुरा सुनाउनु भएछ वास्तविक के हो ? पुस्पेन्द ६७ लाख जिल्ला र माथिसम्मलाई भो,।
सेवाग्राही : अनि तपाईलाई व्यतिगत ३ लाख दिनुपर्ने भनिएको छ। पाँच किस्तामा तिर्ने सहमति पनि भएको थाहा पाए। ‘सीडीओले तपाईंको नम्वर दिनुभयो। हामीले तपाईं भनेको पनि सीडीओ नै हो भन्ने बुझ्छौं।
पुस्पेन्द्र : तपाईंहरुले जिल्लामै मिलाउन पर्थ्यो। तपाईंहरु जिल्ला छोडेर माथि जानु भयो। अहिले फेरी जिल्ला मै फर्काउने भएपछि तपाईंहरुलाई महंगो पर्यो। फर्काउँदा पनि विभिन्न खर्चहरु भएको छ।
सेवाग्राहीः पहिलो किस्तामा कति दिने भन्ने ‘कनफ्यूजन’ भयो कति दिने भन्ने हो।
पुस्पेन्द्रः हामीले किस्ता भनेपनि एक महिनामा तपाईहरुले जति जति सकिन्छ, दिंदै जानु होला। तर पहिलो किस्तामा १६ लाखभन्दा माथि दिनुहोला।
सेवाग्राहीः हामी १० लाखसम्म दिने भनिरहेको थिएँ। तर १४ लाख लिएर भोली आउँछु।
घटना यस्तो होस्
करिब २०५९ सालमै माओवादी द्धन्दकालकै बेला जिल्लाको मिर्चैया नगरपालिका ६ का राजेश्वर साह र तत्कालिन माओवादी नेता स्व. रामप्रताप साहबीचको जग्गा विवाद मिलाउन त्यतिबेला माओवादीमै रहेका जनतान्त्रिक तराई मुक्ति मोर्चा (ज्वाला सिंह) का अध्यक्ष समेत रहेका सिरहा नगरपालिका ७ का नागेन्द्रकुमार पासवान (ज्वाला सिंह) र माओवादीकै केही नेताहरुले उनीहरुसँग ९५ हजारको कपाली र २४ कठ्ठा जग्गा समेत नागेन्द्रको नाममा पास गरिएको स्रोतले जनाएको छ । २० वर्षपछि राजेश्वरले माओवादी नेताहरुलाई गुहार गरे पश्चात नागेन्द्र कुमार पासवान (ज्वाला सिंह) सँग व्यापक छलफल र पहल गरेपछि पटक–पटकगरी जम्मा ७ कठ्ठा जग्गा फिर्ता गरेपनि १७ कठ्ठा जग्गा भन्ने अझै उसकै नाममा रहेको स्रोतले बताए ।
पासवानले १४ जेठ २०७६ मा सिरहाको साविक रामनगर गाविस ६ (क) को कित्ता नं. १४७६ (हाल मिर्चैया नगरपालिका ६ को तीनकठ्ठा आठ धुर जग्गा २० लाख रुपैयाँ र ८ भदौ २०७५ मा कित्ता नं. १२५२ को चार कठ्ठा तीन धुर जग्गा २० लाख गरी ४० लाख रुपैयाँ थैली राखी रामनगर ६ का राजेश्वर प्रसाद साहलाई बिक्री (‘उनकै जग्गा फिर्ता गरेको ’)गरेको मालपोतको श्रेस्तामा उल्लेख छ ।
तत्कालीन भूमिगत पार्टी नेकपा माओवादीमा रहेकै बेला जयकृष्ण गोइतले माओवादीमा तराईको बारेमा विमति राख्दै २०६१ सालमा जनतान्त्रिक तराई मुक्ति मोर्चा गठन गरेपछि गोइतसँगै पासवान पनि भुमिगत समुहमा लागेका थिए । त्यही जमिनको विषयमा गोइतसँग पनि पार्टीमा विवाद र दवाव बढेपछि पासवान जयकृण गोइतसँग छुटिएको माओवादी नेताहरु बताउँछन् ।
‘दाजुभाईको विवादमा रहेको जग्गा तत्कालिन माओवादीले झगडा मिलाउने नाममा नागेन्द्र पासवानको नाममा राखेको माओवादीका नेताहरु बताउँछन् । जमिन महगो हुँदै गएपछि पासवानमा कुनियत देखिदै गएपछि पार्टीनै छोडेर हिडेको माओवादी नेताहरुको भनाई छ ।’
गोइतले पनि सोही जग्गा फर्काउन भनेपछि उनी गोईतसँग पनि छुट्टिएर आफ्नै नेतृत्वमा दुई वर्षपछि २०६३ सालमा नागेन्द्रले जनतान्त्रिक तराई मुक्ति मोर्चा (ज्वाला सिंह) समूह गठन गरेको थियो । प्रहरीले खोजी गरिरहेका पासवान परिवारसहित भारतको बिहार प्रान्तमा बस्दै आएको बताइन्छ ।
स्रोतका अनुसार, ‘ ज्वाला सिंहले फिर्ता गरेको ७ कठ्ठा जग्गामा जग्गाधनीको भाई स्व. विन्देश्वर साहको छोरा रोहित साहले केही राजनीतिक व्यतिहरुको उक्साहटमा करिब ६ महिना अगाडी जिल्ला प्रशासन कार्यालयमा अंश दिलाइ दिन निवेदन दिएकोे थियो। निवेदन दिए पश्चात सीडीओले यो डिल करिब ६ महिना देखि गरिरहेको स्रोतको दावी छ।
जग्गाको अहिलेको बजार मुल्य (मार्केट भ्यालु) करिव ७ करोडको रहेको स्रोतले बताएका छन् । यसमा अख्तियार र सीवीआईले पनि सेवाग्राहीलाई सघाउँदै आएको स्रोतको भनाई छ। सीडीओ कवारी यसअघि पनि रंगेहात घुससहित पक्राउ परेपछि अदालतबाट सफाइ पाएका विवादास्पद कर्मचारी हुन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबाल गायक सचिन परियारको निधन
नेपालबहस संवाददाता
पुष १८, २०८१ बिहिबार
यस्तो छ शेरा दरबारको नालीबेली यसरी जोडिए प्रचण्ड र विकेश
नेपालबहस संवाददाता
पुष १८, २०८१ बिहिबार
१८ जना उपसचिवले सहसचिवमा र ५७ शाखा अधिकृतले पाए उपसचिवमा बढुवा हुने अवसर
पुष १९, २०८१ शुक्रबार
पूर्वराष्ट्रपति भण्डारीको राजनीतिमा पुनरागमन गर्ने सोचलाई बैधता दिन कति तयार छन ओली ?
पुष १९, २०८१ शुक्रबार
नेपाल प्रहरीका ५ एसएसपीको डीआईजीमा बढुवा सिफारिस, पहिलो नम्बरमा ईश्वर कार्की
पुष १८, २०८१ बिहिबार
गाजामा इजरायली हमलामा कम्तीमा ३० जनाको मृत्यु, स्थगित युद्धविराम वार्ता पुनः सुरु हुने
पुष १९, २०८१ शुक्रबार
सुदूरपश्चिमका स्थानीय तहका प्रमुख र प्रदेश सरकारबीच अन्तरक्रिया
पुष १९, २०८१ शुक्रबार
घरघरमा शुद्ध खानेपानीसहितको नलको व्यवस्था गरिने
पुष १९, २०८१ शुक्रबार
‘स्वास्थ्य बिमा रकम पाँच लाख पुर्याउन स्रोत खोज्दै’
पुष १९, २०८१ शुक्रबार
ताजा रगत खोज्न ‘ब्लड फर मी’ ‘मोबाइल एप्स’ सार्वजनिक
पुष १९, २०८१ शुक्रबार
विकास निर्माणमा सहज हुनेगरी काम गरिरहेका छौँः वनमन्त्री शाही ठकुरी
पुष १९, २०८१ शुक्रबार