प्रभु साहको विश्वासपात्र केशब चाैधरी एमाले प्रवेश
नेपालबहस संवाददाता
माघ २०, २०७९ शुक्रबार २२:५:३१
२० माघ, जनकपुरधाम । केशव राय चौधरीले प्रभु साह नेतृत्वको आमजनता पार्टी परित्याग गरेका छन् । उनी पार्टी परित्याग गरेर एमालेमा प्रवेश गरेका छन् । गत मंसिरमा सम्पन्न निर्वाचनमा रौतहट क्षेत्र नम्बर ३ (क)बाट स्वतन्त्र निर्वाचित चौधरी शुक्रबार एमाले प्रवेश गरेका हुन् ।
चाैधरीले शुक्रबार जनकपुरमा आयोजित पार्टी प्रवेश कार्यक्रममा एमालेको सदस्यता लिए । गत मंसिरमा सम्पन्न प्रदेश तथा प्रतिनिधिसभा सदस्य निर्वाचनमा स्वतन्त्र उम्मेदवारबाट रौतहट क्षेत्र नम्बर ३ बाट प्रभु साह र ३ (क)बाट चौधरी निर्वाचित भएका हुन् । एमालेबाट टिकट पाए पनि साहले स्वतन्त्र उम्मेदवारी दिएका थिए ।
साहकै टिमबाट चौधरी, कुन्दन कुश्वाहाले मनोनयन दर्ता गरेका थिए । तर, कुश्वाहा पराजित भए । निर्वाचनको परिणाम सार्वजनिक भएपछि साहको नेतृत्वमा गठन भएको आमजनता पार्टीमा कुश्वाहा विभागीय संगठन प्रमुखको जिम्मेवारी पाउँदा चौधरी केन्द्रीय सदस्य बनेका थिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपमधेश प्रदेश सुरक्षा निकायका प्रमुखहरूले गरे सीमा क्षेत्रको संयुक्त अनुगमन
पुष २९, २०८१ सोमबार
धनुषाको लक्ष्मीनियाँमा हुलाक कार्यालय स्थापना
पुष २९, २०८१ सोमबार
यस्तो रहेछ कास्की अदालतबाट रवि धरौटीमा छुटनुको रहस्य
नेपालबहस संवाददाता
पुष २९, २०८१ सोमबार
प्रहरीका २५ एसपीको एसएसपीमा बढुवा सिफारिस
नेपालबहस संवाददाता
माघ १, २०८१ मंगलबार
हिउँदे अधिवेशनमा सरकारले नागरिकता र प्रहरीसहित ३ विधेयक पेश गर्ने
नेपालबहस संवाददाता
पुष २९, २०८१ सोमबार
भारतीय प्रेमीसँग मिलेर श्रीमानको हत्या, यस्तो रहेछ कारण
माघ ३, २०८१ बिहिबार
बुढानिलकण्ठमा कांग्रेसबाट सरकारमा सहभागी मन्त्रीसहित संसदीय दलको बैठक
माघ ३, २०८१ बिहिबार
पेट दुखिरहन्छ ? उसो भए खानुहोस फाइबरयुक्त यी ५ चीज
माघ ३, २०८१ बिहिबार
तालिवान सेना समलिंगी यौन सम्बन्धमा लिप्त, एचआईभी संक्रमित भेटिएपछि खुल्यो रहस्य
माघ ३, २०८१ बिहिबार
शुक्रबारदेखि मौसममा सुधार हुने
माघ ३, २०८१ बिहिबार
यस्तो छ आज तरकारी र फलफूलको मूल्य
माघ ३, २०८१ बिहिबार