विदेशी तरकारी आयात रोक्न माग गर्दै सडकमा तरकारी फ्याँकेर आन्दोलनमा उत्रिए किसान
नेपालबहस संवाददाता
माघ २०, २०७९ शुक्रबार २३:६:११
२० माघ, चितवन । स्वदेशी तरकारीले उत्पादन अनुसारको लागत नपाएको र विदेशीबाट तरकारी आयात रोक्न माग गर्दै चितवनका तरकारी उत्पादक किसानले नारायणगढको पुल्चोकमा विरोध प्रदर्शन गरेका छन् । उनीहरुले ट्रयाक्टरबाट तरकार सडकमा पोखाएर ट्रकले किच्न लगाएर विरोध गरे ।
उनीहरुले भारतीय तरकारीको जथाभावी आयातले स्वदेशी तरकारी उत्पादक किसानले लागत मूल्य समेत नपाएको भन्दै भन्दै नारायणगढ गोलभेडा, काउली, बन्दा, परबल, काँक्रो लगायतका तरकारी सडकमा फ्याँकेर सरकारविरुद्ध चर्का नारा लगाए ।
विदेशी तरकारी दलाल मूर्दावाद, स्वदेशी तरकारीलाई बजार दे, हाम्रो माग पूरा गर’ जस्ता नारा लगाएका थिए । ‘किसान आन्दोलन’ नाम दिइएको प्रदर्शनमा सयौं महिला, पुरुष किसानहरु सहभागी थिए । भारतबाट सरकारले सस्तोमा तरकारी खरिद जारी राखेपछि नेपाली किसानहरुले बैंकबाट ऋण निकालेर उत्पादन गरेको तरकारीले बजारबाट लागत समेत उठाउन नसकिरहेको उनीहरुको गुनासो छ ।
उनीहरुले ‘किसानहरुले बारीमा जाउँ भविष्य छैन, खाडीमा जाउँ उमेर छैन, नेपाली किसान मार्न पाइँदैन, विदेशी तरकारी र फलफूल चाहिंदैन’ प्लेकार्ड र ब्यानर प्रदर्शन गरेका थिए ।
प्रदर्शनका कारणले केहीबेर राजमार्गमा सवारी साधन आवागमन नै बन्द भएको थियो । आफूहरुको माग सुनुवाइ नभएमा थप सशक्त आन्दोलन संचालन गर्ने चितावती समेत किसानहरुले दिएका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपयस्तो रहेछ कास्की अदालतबाट रवि धरौटीमा छुटनुको रहस्य
नेपालबहस संवाददाता
पुष २९, २०८१ सोमबार
प्रहरीका २५ एसपीको एसएसपीमा बढुवा सिफारिस
नेपालबहस संवाददाता
माघ १, २०८१ मंगलबार
हिउँदे अधिवेशनमा सरकारले नागरिकता र प्रहरीसहित ३ विधेयक पेश गर्ने
नेपालबहस संवाददाता
पुष २९, २०८१ सोमबार
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
माघ ३, २०८१ बिहिबार
यस वर्षको एसइई परीक्षा आगामी चैत ७ गतेदेखि सञ्चालन हुने
माघ २, २०८१ बुधबार
क्यान्सरविरुद्धको एचपिभी सबै खोप नेपाल ल्याइयो
माघ २, २०८१ बुधबार
हरिवन नगरपालिकामा खानेपानी अभावमा काकाकुल छन् ९ सय बढी घर परिवार
माघ २, २०८१ बुधबार
स्वास्थ्य मन्त्रालयले ‘ह्युमन मेटाप्न्यूमो भाइरस’बारे अध्ययन गरिने
माघ २, २०८१ बुधबार
पेट्रोल, डिजेल र मट्टितेलको मूल्य बढ्यो
माघ २, २०८१ बुधबार