‘नेपाली केटी चाहिन्छ’ भन्ने म्याजेस पठाएर ठगी, एक महिलासहित ८ जना पक्राउ
नेपालबहस संवाददाता
माघ २०, २०७९ शनिबार ०:१:४७
२० माघ, काठमाडौं । ‘नेपाली केटी’ नामको एप प्रयोग गर्दै लाखौं रकम ठगी गरेको आरोपमा प्रहरीले एक महिलासहित ८ जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी परिसर ललितपुरले शुक्रबार एक पत्रकार सम्मेलन गरी ठगी आरोपमा पक्राउ परेका आठ जना सार्वजनिक गरेको छ ।
ललितपुर महानगरपालिका(१५ सातदोबाटो बस्ने एक जना पीडितले खाताबाट ह्याक गरी ४लाख रुपैयाँ झिकिएको भन्दै परिसरमा जाहेरी दिएका थिए ।
त्यसपछि परिसरले विशेष टोली गठन गरी अनुसन्धान अघि बढाएको थियो। अनुसन्धानका क्रममा प्रहरीले हेटौंडा, काठमाडौं र ललितपुरबाट आठ जनालाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा भारत घर भई काठमाडौंको चाबहिल बस्ने २९ वर्षीय अवधेश कुमार, सप्तरी घर भई बौद्ध बस्ने ३४ वर्षीय दीलिपकुमार चौधरी, पर्साका ३३ वर्षीय अजय चौधरी भन्ने नगेन्द्र साह कानु, रौतहट घर भई हेटौंडा बस्ने २७ वर्षीया रविना चौधरी, बारा घर भई हेटौंडा बस्ने सन्तोष कुँवर छन् ।
वीरगन्जका २८ वर्षीय राजु पटेल, २० वर्षीय साहिल परबैज र १९ वर्षीय शिवशंकर राउतलाई पनि प्रहरीले पक्राउ गरेको छ ।
उनीहरूले काठमाडौं उपत्यका र हेटौंडामा बसेर ठगी धन्दा चलाइरहेको एसएसपी सिद्धिविक्रम शाहले पत्रकार सम्मmेनमा बताए । ठगी गर्ने समूहका मुख्य योजनाकार राजु पटेल रहेको खुलेको छ ।
उनीहरूले ‘नेपाली केटी’ भन्ने एप बनाएका थिए । जुन एप उनीहरूले ह्वाट्सएपमार्फत् विभिन्न मानिसलाई पठाउने गर्थे । ‘रियल नम्बर’ भन्ने एप प्रयोग गरी उनीहरूले ठूलो संख्यामा अपरिचित व्यक्तिहरूको नम्बर पाएको एसएसपी शाहले बताए । उनीहरुले ‘नेपाली केटी चाहिन्छ ?’ भनेर अनलाइनमा विज्ञापन देखा पर्ने लिंकको विकासा गरेको पाइएको छ ।
एपमा ‘ठेगाना पत्ता नलागोस् भनेर उनीहरूले भिपिएन पनि प्रयोग गरेको देखिएको शाहले बताए । एप बनाउने २० वर्षीय साहिल र १९ वर्षीय शिवशंकरले विकास गरेको पाइएको छ । उनीहरु प्लस टु गरेका युवाहरु भएको उनले बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपआफूलाई अभियन्ता बताउने आशिका तामाङ पक्राउ
माघ २, २०८१ बुधबार
एक सय ११ किलोग्राम गाँजासहित एकजना पक्राउ
माघ २, २०८१ बुधबार
चेक अनादर आरोपमा एमाले नेता किशोरविक्रम पक्राउ
माघ १, २०८१ मंगलबार
यस्तो रहेछ कास्की अदालतबाट रवि धरौटीमा छुटनुको रहस्य
नेपालबहस संवाददाता
पुष २९, २०८१ सोमबार
प्रहरीका २५ एसपीको एसएसपीमा बढुवा सिफारिस
नेपालबहस संवाददाता
माघ १, २०८१ मंगलबार
हिउँदे अधिवेशनमा सरकारले नागरिकता र प्रहरीसहित ३ विधेयक पेश गर्ने
नेपालबहस संवाददाता
पुष २९, २०८१ सोमबार
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
माघ ३, २०८१ बिहिबार
यस वर्षको एसइई परीक्षा आगामी चैत ७ गतेदेखि सञ्चालन हुने
माघ २, २०८१ बुधबार
क्यान्सरविरुद्धको एचपिभी सबै खोप नेपाल ल्याइयो
माघ २, २०८१ बुधबार
हरिवन नगरपालिकामा खानेपानी अभावमा काकाकुल छन् ९ सय बढी घर परिवार
माघ २, २०८१ बुधबार
स्वास्थ्य मन्त्रालयले ‘ह्युमन मेटाप्न्यूमो भाइरस’बारे अध्ययन गरिने
माघ २, २०८१ बुधबार
पेट्रोल, डिजेल र मट्टितेलको मूल्य बढ्यो
माघ २, २०८१ बुधबार