गृह नपाउने भएपछि रबिकाे छटपटी, पार्टीकाे बैठकअघि भेटे प्रधानमन्त्रीलाई
नेपालबहस संवाददाता
माघ २२, २०७९ आइतबार १८:३:५०
२२ माघ, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले पार्टीको केन्द्रीय समिति र संसदीय दलको बैठकअघि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भेटे गरेका छन् ।
उनीहरुबीच केहीबेर अघि प्रधानमन्त्री निवास बालुवाटारमा भेटवार्ता भएको हो । यसअघि एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भेट गरेका थिए । ओसँगै उनले गृह मन्त्रालय आफूलाई दिनेबारे निर्णय लिन उच्च स्तरीय राजीतिक संयन्त्रको बैठक तत्काल बोलाउन माग गरे ।
चितवन–२ बाट संघीय सांसद निर्वाचित लामिछाने नागरिकता विवादमा सर्वोच्च अदालतबाट दोषी ठहर भएपछि सांसद र गृहमन्त्री पदबाट च्यूत भएका छन् । सर्वोच्चकै आदेशबमोजिम पुनः नागरिकता लिएपछि गैरसांसद गृहमन्त्री बन्ने प्रयासमा उनको छटपटी र दौडधुप बढेको छ ।
तर प्रधानमन्त्री प्रचण्ड उनलाई गृहमन्त्री तयार देखिएका छैनन् । भेटमा प्रधानमन्त्री प्रचण्डले लामिछानेलाई अहिल्यै गृहमन्त्रीबारे टुंगोमा पुग्न नसकिने बताउँदै केही समय धैर्य गर्न सुझाएका थिए ।
गृह नपाएर आफ्नो पार्टी सरकारलाई दिएको समर्थन फिर्ता लिएर बाहिरिने चेतावनी लामिछानले दिँदै आएका छन् । गृहबारे निर्णय लिन रास्वपाले सरकार दिएको दुई दिनको अल्टिमेटम शनिबार नै सकिएको छ ।
अल्टिमेटम सकिएपनि प्रधानमन्त्रीले ठोस निर्णय नदिएपछि सरकारमा बस्ने वा नबस्ने भन्नेबारे निर्णय लिन लामिछानेले केहीबेरमै रास्वपाको केन्द्रीय बैठक राख्दैछन् । रास्वपाका अधिकांश नेता र मन्त्रीहरु भने गृह मन्त्रालयलाई नै कारण बनाएर पार्टी तत्काल सरकारबाट बाहिर निस्कँदा जनतामा गलत सन्देश जाने भन्दै सरकार छाडन नहुने कित्ताामा देखिएका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसरकारविरुद्ध एकढिक्का हुँदै विपक्षी दल, आज संयुक्त पत्रकार सम्मेलन गर्दै
माघ ३, २०८१ बिहिबार
सहकारी ठगी प्रकरण: ६० लाख धरौटी बुझाएर रिहा भए रवि लामिछाने
माघ २, २०८१ बुधबार
सबै प्रदेशमा आपत्कालीन गोदामघर हस्तान्तणको तयारी छ : गृहमन्त्री लेखक
माघ २, २०८१ बुधबार
यस्तो रहेछ कास्की अदालतबाट रवि धरौटीमा छुटनुको रहस्य
नेपालबहस संवाददाता
पुष २९, २०८१ सोमबार
प्रहरीका २५ एसपीको एसएसपीमा बढुवा सिफारिस
नेपालबहस संवाददाता
माघ १, २०८१ मंगलबार
हिउँदे अधिवेशनमा सरकारले नागरिकता र प्रहरीसहित ३ विधेयक पेश गर्ने
नेपालबहस संवाददाता
पुष २९, २०८१ सोमबार
सरकारविरुद्ध एकढिक्का हुँदै विपक्षी दल, आज संयुक्त पत्रकार सम्मेलन गर्दै
माघ ३, २०८१ बिहिबार
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
माघ ३, २०८१ बिहिबार
यस वर्षको एसइई परीक्षा आगामी चैत ७ गतेदेखि सञ्चालन हुने
माघ २, २०८१ बुधबार
क्यान्सरविरुद्धको एचपिभी सबै खोप नेपाल ल्याइयो
माघ २, २०८१ बुधबार
हरिवन नगरपालिकामा खानेपानी अभावमा काकाकुल छन् ९ सय बढी घर परिवार
माघ २, २०८१ बुधबार
स्वास्थ्य मन्त्रालयले ‘ह्युमन मेटाप्न्यूमो भाइरस’बारे अध्ययन गरिने
माघ २, २०८१ बुधबार