थारु समूदायमाथिकाे दमन बन्द गर्न कांग्रेस सांसदको माग
नेपालबहस संवाददाता
माघ २२, २०७९ आइतबार १९:३६:२९
२२ माघ, काठमाडौं । नेपाली कांग्रेसले थारु समुदायमाथि दमन नगर्न सरकारसँग माग गरेका छन् । प्रतिनिधिसभाको आइतबारको बैठकमा शून्य समयमा बोल्दै कांग्रेस सांसद तेजुलाल चौधरीले जातिय आधारमा सरकारले थारुहरूको भावनामाथि दमन गरिरहेको भन्दै आपत्ति जनाए । सांसद चौधरीले टिकापुर घटनामा दोषी ठहरिएका सम्पूर्ण थारुहरूको रिहाइको माग गरे ।
टिकापुर घटना अपराधिक नभएको जिकिर गर्दै सांसद चौधरीले भने, ‘हामीले बसमा गुडिरहेका ५० औं यात्रीलाई बमले उडाइएको घटना पनि देखका छौं । त्यस्तो घटनामा दोषीले उन्मुक्ति पाउने, अनि थारुहरूले आफ्नो पहिचानको लागि संघर्ष गर्दा उनीहरूलाई दमन गर्ने र जेलमा थुन्ने गरिएको छ, यो न्यायसंगत भएन ।’
नागरिक उन्मुक्ति पार्टीका सांसदहरूले संसद्मै टिकापुर घटनामा दोषी बनाइएकाहरुको तुरुन्त रिहाईको माग गर्दै आइरहेका पनि अन्य दलका सांसदले मुख खोलेको यो पहिलोपटक हो । २०७२ भदौ ७ मा भएको कैलालीको टिकापुर घटनामा नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरी लगायत दर्जन बढी थारु नेताहरु जेलमा छन् भने कयौंलाई तारेखमा राखिएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसहकारी ठगी प्रकरण: ६० लाख धरौटी बुझाएर रिहा भए रवि लामिछाने
माघ २, २०८१ बुधबार
सबै प्रदेशमा आपत्कालीन गोदामघर हस्तान्तणको तयारी छ : गृहमन्त्री लेखक
माघ २, २०८१ बुधबार
यस्तो रहेछ कास्की अदालतबाट रवि धरौटीमा छुटनुको रहस्य
नेपालबहस संवाददाता
पुष २९, २०८१ सोमबार
प्रहरीका २५ एसपीको एसएसपीमा बढुवा सिफारिस
नेपालबहस संवाददाता
माघ १, २०८१ मंगलबार
हिउँदे अधिवेशनमा सरकारले नागरिकता र प्रहरीसहित ३ विधेयक पेश गर्ने
नेपालबहस संवाददाता
पुष २९, २०८१ सोमबार
यस वर्षको एसइई परीक्षा आगामी चैत ७ गतेदेखि सञ्चालन हुने
माघ २, २०८१ बुधबार
क्यान्सरविरुद्धको एचपिभी सबै खोप नेपाल ल्याइयो
माघ २, २०८१ बुधबार
हरिवन नगरपालिकामा खानेपानी अभावमा काकाकुल छन् ९ सय बढी घर परिवार
माघ २, २०८१ बुधबार
स्वास्थ्य मन्त्रालयले ‘ह्युमन मेटाप्न्यूमो भाइरस’बारे अध्ययन गरिने
माघ २, २०८१ बुधबार
पेट्रोल, डिजेल र मट्टितेलको मूल्य बढ्यो
माघ २, २०८१ बुधबार
सर्वाेच्चले रिट खारेज गरेसँगै अरुण चौधरीको सांसद पद जोगियो
माघ २, २०८१ बुधबार