संसदमा उठ्यो मलको विषय, रुलिङ गर्न सांसदले गराए सभामुखको ध्यानाकर्षण
नेपालबहस संवाददाता
माघ २२, २०७९ आइतबार १९:५१:३५
२२ माघ, काठमाडौं । संसदमा मलको कुरा फेरि उठेको छ । यसअघि पटकपटक रासयनिक अभाव टार्न सरकारसँग माग हुँदै आइरहेका बेला पुनः यो विषय उठेकाे हाे ।
आइतबार संसद बैठकको शून्य समयमा बोल्नै नेपाली कांग्रेसका सांसद देवप्रसाद तिमल्सिनाले किसानलाई समयमा मल दिन नसक्ने सरकार जनप्रेमी हुन नसक्ने बताए । उनले किसानलाई मल समयमै नदिएर सरकार के हेरेर बसिरहेको छ भन्दै प्रश्न गरे ।
संसदमा पहिला उठेका विषयबारे सरकारले दिएको आश्वासन कार्यान्वयन नभएको स्मरण गराउँदै सांसद तिमल्सिनाले प्श्न गरे, ‘किसानलाई मलखाद किनेर दिन नसक्ने सरकारले के गर्न सक्छ भन्ने प्रश्न छ ?’ उनले मल आपूर्ति विषयमा सरकारलाई रुलिङ गर्न सभामुखको ध्यानाकर्षण गराए ।
देशभित्र ७ लाख मेट्रिक टन मल आवश्यक परेकोमा सरकारले ३ लाख मेट्रिक टन मात्रै किनेर अभाव सरकारले नै अभाव सिर्जना गरेको उनको भनाइ थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपयस्तो रहेछ कास्की अदालतबाट रवि धरौटीमा छुटनुको रहस्य
नेपालबहस संवाददाता
पुष २९, २०८१ सोमबार
प्रहरीका २५ एसपीको एसएसपीमा बढुवा सिफारिस
नेपालबहस संवाददाता
माघ १, २०८१ मंगलबार
हिउँदे अधिवेशनमा सरकारले नागरिकता र प्रहरीसहित ३ विधेयक पेश गर्ने
नेपालबहस संवाददाता
पुष २९, २०८१ सोमबार
पेट दुखिरहन्छ ? उसो भए खानुहोस फाइबरयुक्त यी ५ चीज
माघ ३, २०८१ बिहिबार
तालिवान सेना समलिंगी यौन सम्बन्धमा लिप्त, एचआईभी संक्रमित भेटिएपछि खुल्यो रहस्य
माघ ३, २०८१ बिहिबार
शुक्रबारदेखि मौसममा सुधार हुने
माघ ३, २०८१ बिहिबार
यस्तो छ आज तरकारी र फलफूलको मूल्य
माघ ३, २०८१ बिहिबार
पौवादुङमा गोल्ड कप र माघी मेलामा 'जंकफुड' बेचबिखनमा गाउँपालिकाको रोक
माघ ३, २०८१ बिहिबार
हेटौंडा सिमेन्ट उद्योग आर्थिक संकटमा : ३ महिनादेखि उत्पादन बन्द
माघ ३, २०८१ बिहिबार