संसद बैठकमा ओलीले बोल्दै गर्दा कांग्रेस सांसदको नियमापत्ति
नेपालबहस संवाददाता
माघ २२, २०७९ आइतबार २०:३४:४०
२२ माघ, काठमाडौं । आइतबार नयाँ बानेश्वरस्थित संसद भवनमा जारी प्रतिनिधिसभा (संसद) बैठकमा नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले बोलिरहँदा काांग्रेस सांसद रामहरि खतिवडाले नियमापत्ति जनाएका छन् ।
ओलीले रोष्ट्रमबाट सदनलाई सम्बोधन गर्दै सरकारले गरिरहेको काम र अब गरिने कामबारे सत्ता साझेदर दलहरुले ल्याएको न्यूनतम साझा कार्यमबारे चर्चा गर्न नछाडेपछि सांसद खतिवडाले उठेर नियमापत्ति जनाए छ । उनलेप्रतिनिधिसभा नियमावली २०७५ को धारा २६ बमोजिम नियमापत्ति रहेकाे बताए ।
उनले सदनमा दलहरुको कार्यक्रमबारे चर्चा गर्नु सदन संचालनसम्बन्धी नियमको विपरीत रहेको उनको दाबी थियो । सभामुखज्यू, बार्दलीको कार्यक्रम संसदमा नसुनाइयोस्’ सांसद खतिवडाले भने ।
त्सपछि सम्बोधनलाई निरन्तरता दिँदै ओलीले कांग्रेस कुनैबेला प्रतिपक्षमा रहेका बेला सदनमा प्रधानमन्त्रीभन्दा पहिला बोल्न पाउनुपर्छ भनेको घटना नियमापत्ति जनाएबाट याद आएको टिप्पणी गरे ।
अहिले पनि ओलीले आफ्नो सम्बोधान जारी राखेका छन् । उनले सम्बोधनमा विगतमा एमाले सरकारले गरेको काम र गर्ने क्रममा छाडेका विवरण प्रस्तुत गरिरहेका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसहकारी ठगी प्रकरण: ६० लाख धरौटी बुझाएर रिहा भए रवि लामिछाने
माघ २, २०८१ बुधबार
सबै प्रदेशमा आपत्कालीन गोदामघर हस्तान्तणको तयारी छ : गृहमन्त्री लेखक
माघ २, २०८१ बुधबार
यस्तो रहेछ कास्की अदालतबाट रवि धरौटीमा छुटनुको रहस्य
नेपालबहस संवाददाता
पुष २९, २०८१ सोमबार
प्रहरीका २५ एसपीको एसएसपीमा बढुवा सिफारिस
नेपालबहस संवाददाता
माघ १, २०८१ मंगलबार
हिउँदे अधिवेशनमा सरकारले नागरिकता र प्रहरीसहित ३ विधेयक पेश गर्ने
नेपालबहस संवाददाता
पुष २९, २०८१ सोमबार
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
माघ ३, २०८१ बिहिबार
यस वर्षको एसइई परीक्षा आगामी चैत ७ गतेदेखि सञ्चालन हुने
माघ २, २०८१ बुधबार
क्यान्सरविरुद्धको एचपिभी सबै खोप नेपाल ल्याइयो
माघ २, २०८१ बुधबार
हरिवन नगरपालिकामा खानेपानी अभावमा काकाकुल छन् ९ सय बढी घर परिवार
माघ २, २०८१ बुधबार
स्वास्थ्य मन्त्रालयले ‘ह्युमन मेटाप्न्यूमो भाइरस’बारे अध्ययन गरिने
माघ २, २०८१ बुधबार
पेट्रोल, डिजेल र मट्टितेलको मूल्य बढ्यो
माघ २, २०८१ बुधबार