सर्वोच्च अदालतलाई ओलीको प्रश्नः ‘रबि लामिछानेको नागरिकता मुद्दाकाे फैसलामा कसले न्याय पायो ?’
नेपालबहस संवाददाता
माघ २२, २०७९ आइतबार २१:१६:२८
२२ माघ, काठमाडौं । नेकपा (एमाले)अध्यक्ष केपी शर्मा ओलीले आइतबारको संसद बैठकमा नागरिकता मुद्दामाथि गएकाे शुक्रबार सर्वाेच्च अदालतबाट भएकाे फैसलाबारे सांसद, उपप्रधानमन्त्री तथा गृहमन्त्री गुमाउन पुगेका रबि लामिछानेको बचाउ गर्दै उनकाे पक्षमा खुलेर वकालत गरेका छन् ।
नागरिकता विवादमा सिन्धुलीका युवराज पौडेलले लिएको मुद्दामा सर्वोच्च अदालतले गएको शुक्रबार लामिछानेको नागरिकता अवेध ठहर गर्दै सांसद, उपउप्रधानमन्त्री, गृहमन्त्री पद खारेज गरिदिएको थियो । आफूले एउटा राजनीतिक दलका नेता भएको नाताले सरकार कता जानुपर्छ भन्नेबारे दिशा निर्दिष्ट गर्ने उद्देश्यले सदनमा लामिछानेका बारेमा बोलेको बताए ।
उनले सर्वोच्चले लामिछानेको नागरिकताबारे दिएको फैसलाले कसलाई न्याय भयो भन्ने कुरा आफूले नबुझेको बताए । ‘मुद्दामा कसलाई मर्का र अन्याय भएको थियो र फैसलामा प्रोशिड्यूर इरर अर्थात प्रक्रियागत त्रुटी रहेको फैसलाले कसले न्याया पायो ?’ उनले प्रश्न गरे, ‘रबि मेरा पार्टीका पनि होइनन्,, एक जना नागरिकविरुद्ध परेको उजुरीमाथिको फैसलाले कोही न कोहीलाई त न्याय मिल्नु पर्ला नि, रबिको मुद्दामा कसले न्याय पायो फैसलामा उल्लेख छैन ।’ घुमाउरो ढंगले उनले फैसलाबाट लामिछानेलाई अन्याय पुगेको संकेत गरे ।
प्रक्रियागत त्रुटी भएको फैसलाले पुरानै नागरिकता र पुरानै मितिमा नागरिक दिएको प्रशासनको व्यवहारले कसको संरक्षण गरिरहेको छ भन्दै उनले प्रश्न गरे । ‘अदालतको काम न्याय दिने हो, यसमा कसले न्याय पायो त्यो मैले बुझ्न सकिनँ’ उनले भने ।
‘फैसला भएको दिन शुक्रबारदेखि नागरिकता दिएको दिन आइतबार बिहानको समयमा दिन त्यो नागरिकता कहाँ भयो ?’ उनको प्रश्न छ । लामिछानेले फैसलापछि काठमाडौं जिल्ला प्रशासन कार्यालयले आइतबार नै पुरानै मितिमा पुरानै नागरिक दिएको थियो ।
विदेशमा रहेका नेपालीहरुलाई मतदानको अधिकार दिने बहस भइरहँदा लामिछानेको हकमा भएको फैसलाले गम्भीर बनाएको उनको भनाइ थियो । असम्बन्धित व्यक्तिले दिएको उजुरीकै भरमा फैसला हुनु राम्रो संकेत नभएको उनको भनाइ थियो ।
‘विदेशमा रहेका नेपालीहरुलाई मतदान अधिकार दिने कुरासँगै उम्मेदवारीको अधिकारको विषय पनि अगाडि आउला’ उनले भने, ‘यसो हो भने रबिलाई रबि जीलाई अन्याय भयो कि कसैलाई न्याय भयो ?’
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसहकारी ठगी प्रकरण: ६० लाख धरौटी बुझाएर रिहा भए रवि लामिछाने
माघ २, २०८१ बुधबार
सबै प्रदेशमा आपत्कालीन गोदामघर हस्तान्तणको तयारी छ : गृहमन्त्री लेखक
माघ २, २०८१ बुधबार
यस्तो रहेछ कास्की अदालतबाट रवि धरौटीमा छुटनुको रहस्य
नेपालबहस संवाददाता
पुष २९, २०८१ सोमबार
प्रहरीका २५ एसपीको एसएसपीमा बढुवा सिफारिस
नेपालबहस संवाददाता
माघ १, २०८१ मंगलबार
हिउँदे अधिवेशनमा सरकारले नागरिकता र प्रहरीसहित ३ विधेयक पेश गर्ने
नेपालबहस संवाददाता
पुष २९, २०८१ सोमबार
यस वर्षको एसइई परीक्षा आगामी चैत ७ गतेदेखि सञ्चालन हुने
माघ २, २०८१ बुधबार
क्यान्सरविरुद्धको एचपिभी सबै खोप नेपाल ल्याइयो
माघ २, २०८१ बुधबार
हरिवन नगरपालिकामा खानेपानी अभावमा काकाकुल छन् ९ सय बढी घर परिवार
माघ २, २०८१ बुधबार
स्वास्थ्य मन्त्रालयले ‘ह्युमन मेटाप्न्यूमो भाइरस’बारे अध्ययन गरिने
माघ २, २०८१ बुधबार
पेट्रोल, डिजेल र मट्टितेलको मूल्य बढ्यो
माघ २, २०८१ बुधबार
सर्वाेच्चले रिट खारेज गरेसँगै अरुण चौधरीको सांसद पद जोगियो
माघ २, २०८१ बुधबार