हुण्डी कारोबारीको आरोपमा न्यूरोडबाट ७८ लाख नगदसहित दुईजना पक्राउ
नेपालबहस संवाददाता
माघ २२, २०७९ आइतबार २३:३९:१०
२२ माघ, काठमाडौं । प्रहरीले हुण्डी कारोबारीको आरोपमा काठमाडौंको न्यूरोड क्षेत्रबाट ७८ लाख ५० हजार रुपैयाँसहित दुईजनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा कैलालीको गोदावरी नगरपालिका-१० घर भई हाल विजुलीबजार १० बस्ने ५९ वर्षीय दिपेन्द्रबहादुर मल्ल र कैलालीको धनगढी उपमहानरपालिका–९ घर भई हाल विजुली बजार बस्ने २३ वर्षीय किशोर चौधरी रहेका छन् ।
उनीहरुको साथबाट नेपाली नगद ७८ लाख ५० हजार, ४ लाखको चेक एक थान र संकलित रकम व्यवस्थापन गरेको भौचर तथा कारोबार विवरणहरु भएको मोबाइल बरामद भएको प्रहरीको दाबी छ ।
काठमाडौं न्यूरोड क्षेत्रमा हुण्डीको कारोबार भइरहेको सूचनाको आधारमा काठमाडौं उपत्यका अपराध महाशाखाबाट खटिएको टोलीले उनीहरुलाई पक्राउ गरेको हो । उनीहरुले दैनिक एक करोड बढीको रकम कारोबार गर्ने गरेको देखिएको प्रहरीले जनाएको छ ।
अभियुक्त दुवै जनाले विगत ४÷५ वर्षदेखि सो क्षेत्रमा अवैध धन्दा हुण्डीको कारोबार गर्दै आइरहेको प्रारम्भिक अनुसन्धानमा देखिएको प्रहरीले जनाएको छ । उनीहरुले विभिन्न व्यक्तिहरुबाट हुण्डीको रकम संकलन गर्ने र बैंकमा डिपोजिट गर्दै आएको खुलेको छ ।
दुवै जनालाई जिल्ला प्रहरी परिसर टेकु, काठमाडौंको हिरासतमा राखिएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपआफूलाई अभियन्ता बताउने आशिका तामाङ पक्राउ
माघ २, २०८१ बुधबार
एक सय ११ किलोग्राम गाँजासहित एकजना पक्राउ
माघ २, २०८१ बुधबार
चेक अनादर आरोपमा एमाले नेता किशोरविक्रम पक्राउ
माघ १, २०८१ मंगलबार
यस्तो रहेछ कास्की अदालतबाट रवि धरौटीमा छुटनुको रहस्य
नेपालबहस संवाददाता
पुष २९, २०८१ सोमबार
प्रहरीका २५ एसपीको एसएसपीमा बढुवा सिफारिस
नेपालबहस संवाददाता
माघ १, २०८१ मंगलबार
हिउँदे अधिवेशनमा सरकारले नागरिकता र प्रहरीसहित ३ विधेयक पेश गर्ने
नेपालबहस संवाददाता
पुष २९, २०८१ सोमबार
बुढानिलकण्ठमा कांग्रेसबाट सरकारमा सहभागी मन्त्रीसहित संसदीय दलको बैठक
माघ ३, २०८१ बिहिबार
पेट दुखिरहन्छ ? उसो भए खानुहोस फाइबरयुक्त यी ५ चीज
माघ ३, २०८१ बिहिबार
तालिवान सेना समलिंगी यौन सम्बन्धमा लिप्त, एचआईभी संक्रमित भेटिएपछि खुल्यो रहस्य
माघ ३, २०८१ बिहिबार
शुक्रबारदेखि मौसममा सुधार हुने
माघ ३, २०८१ बिहिबार
यस्तो छ आज तरकारी र फलफूलको मूल्य
माघ ३, २०८१ बिहिबार
पौवादुङमा गोल्ड कप र माघी मेलामा 'जंकफुड' बेचबिखनमा गाउँपालिकाको रोक
माघ ३, २०८१ बिहिबार