पूर्वगृहमन्त्रीकाे रूपमा कुनैपनि सुविधा नलिने रबि लामिछानेकाे घाेषणा
नेपालबहस संवाददाता
माघ २२, २०७९ सोमबार ०:३:४५
२३ माघ, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रबि लामिछानेले आइतबार लामो समय लिएर गरेको पत्रकार सम्मेलनमा जनताले रास्वपालाई सरकारमा जाने म्यान्डेड नदिएको बताएका छन् ।
जनताले आफूहरुलाई सरकार जानेसम्मनको म्यान्डेड नदिएको तर गृह मन्त्रालयल नै पाएपछि नागरिकलाई सेवा प्रवाहमा धेरै सुधार गर्न सकिने देखेर सरकारमा गएको बताए । पत्रकार सम्मेनमा उनले रास्वपा सरकारबाट बाहिर आएको तर सरकारलाई दिएको फिर्ता नलिएको बताए ।
समर्थन फिर्ता लिँदा सरकार नै ढल्ने संभावना रहने र त्यसो गर्दा भर्खर गठन भएको सरकारले कामै गर्न नपाई ढल्नेतिर जाने देखिएकोले कानून झन्झटमा नलाग्न समर्थन कायमै राखिएको बताए । अब सरकारमा जानु परे विचार पुर्याउने बताए । शासन व्यवस्था सुधार्न र तीव्र गतिमा जनतालाइ सेवा दिन राजनीतिमा निरन्तर लाग्ने उनकाे भनाइ थियाे ।
उनले आफूले पूर्वगृहमन्त्रीले पाउने कुनैपनि सुविधा निलने घाेषणा पनि पत्रकार सम्मेलनमा गरे ।
पत्रकार सम्मेलनपछि रास्वपाकै केन्द्रीय सदस्य गणेश कार्कीले पार्टी सरकारमा जानु गलत भएको बताए । उनले पार्टीले सरकारलाई कायम राखेको समर्थन पनि फिर्ता लिनुपर्ने उनको भनाइ छ ।
सरकार छाडेसँगै रास्वपबाट मन्त्री बनेका मन्त्रीहरुले प्रधानमन्त्री प्रचण्डलाई आजै राजीनामा बुझाउँदैछन् । नागरिक मुद्दामा सर्वोच्च अदालतले दिएको आदेशबाट लामिछानेको गृहमन्त्री पद गएपनि रास्वपाबाट श्रम तथा रोजगार, शिक्षा मन्त्री र स्वास्थ्य राज्यमन्त्री कायमै थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबुढानिलकण्ठमा कांग्रेसबाट सरकारमा सहभागी मन्त्रीसहित संसदीय दलको बैठक
माघ ३, २०८१ बिहिबार
आफ्ना मन्त्रीहरुलाई कांग्रेसले छलफलका लागि बोलायो, संसदीय दलको बैठक पनि बस्दै
माघ ३, २०८१ बिहिबार
यस्तो रहेछ कास्की अदालतबाट रवि धरौटीमा छुटनुको रहस्य
नेपालबहस संवाददाता
पुष २९, २०८१ सोमबार
प्रहरीका २५ एसपीको एसएसपीमा बढुवा सिफारिस
नेपालबहस संवाददाता
माघ १, २०८१ मंगलबार
हिउँदे अधिवेशनमा सरकारले नागरिकता र प्रहरीसहित ३ विधेयक पेश गर्ने
नेपालबहस संवाददाता
पुष २९, २०८१ सोमबार
भारतीय प्रेमीसँग मिलेर श्रीमानको हत्या, यस्तो रहेछ कारण
माघ ३, २०८१ बिहिबार
बुढानिलकण्ठमा कांग्रेसबाट सरकारमा सहभागी मन्त्रीसहित संसदीय दलको बैठक
माघ ३, २०८१ बिहिबार
पेट दुखिरहन्छ ? उसो भए खानुहोस फाइबरयुक्त यी ५ चीज
माघ ३, २०८१ बिहिबार
तालिवान सेना समलिंगी यौन सम्बन्धमा लिप्त, एचआईभी संक्रमित भेटिएपछि खुल्यो रहस्य
माघ ३, २०८१ बिहिबार
शुक्रबारदेखि मौसममा सुधार हुने
माघ ३, २०८१ बिहिबार
यस्तो छ आज तरकारी र फलफूलको मूल्य
माघ ३, २०८१ बिहिबार