टर्की भूकम्पमा परी मृत्यु हुनेको संख्या २ सय नाघ्यो
नेपालबहस संवाददाता
माघ २३, २०७९ सोमबार १८:९:१०
२३ माघ, काठमाडौं । टर्कीमा सोमबार बिहानै आएको शक्तिशाली भूकम्पमा परी मृत्यु हुनेको संख्या अहिलेसम्म २ सय नाघेको छ । भूकम्पले टर्कीसहित सिरिया, लेबनान र इजरायलमा पनि क्षति पुर्याएको समाचार संस्था एपीले जनाएको छ। मृतकको संख्या अझै बढ्न सक्ने बताइएको छ ।
सयौं मानिसहरू घाइते भएका छन् । उनीहरुको उद्धार र उपचारको काम भइरहेको अन्तर्राष्ट्रिय संचारमाध्यमहरुले जनाएका छन् । स्थानीय समयअनुसार आज बिहान ४ बजेर १७ मिनेट जाँदा ७.८ म्याग्नेच्युडको भूकम्प गएको थियो ।
सबैभन्दा धेरै क्षति टर्की र सिरियाको सीमा क्षत्रेमा भएको छ । त्यहाँ सयौं घरहरू भत्किएका छन् । धेरै संख्यामा मानिसहरु घरहरुको भग्नावशेषमा पुरिएको जनाएका छन् । पुरिएकाहरूकाे खाेजीका लागि स्काभेटर र जेसीबी मेशिनहरूकाे प्रयाेग गरिएकाे छ ।
घरभित्र पुरिएका मानिसहरूको खोजीकार्यमा कठिनाइ भएको छ। अहिलेसम्म ४० भन्दा बढी परकम्प आइसकेको बताइएको छ। पराकम्प ६.६ म्याग्नेच्युडको रहेको जनाएका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपपाकिस्तानसँग बलियो रक्षा सम्बन्ध बनाउँदै बंगलादेश, भारतलाई कस्तो असर पर्ला ?
माघ ३, २०८१ बिहिबार
सन् २०२४ सर्वाधिक तातो वर्ष पुष्टि
माघ २, २०८१ बुधबार
यस्तो रहेछ कास्की अदालतबाट रवि धरौटीमा छुटनुको रहस्य
नेपालबहस संवाददाता
पुष २९, २०८१ सोमबार
प्रहरीका २५ एसपीको एसएसपीमा बढुवा सिफारिस
नेपालबहस संवाददाता
माघ १, २०८१ मंगलबार
हिउँदे अधिवेशनमा सरकारले नागरिकता र प्रहरीसहित ३ विधेयक पेश गर्ने
नेपालबहस संवाददाता
पुष २९, २०८१ सोमबार
कन्काई पुल : पाँच पटक ठेक्काको म्याद थप , १३ वर्षमा आधा काम
माघ ३, २०८१ बिहिबार
‘गाउँले सहरमा वन्यजन्तु बस्तीमा’
माघ ३, २०८१ बिहिबार
अझै खुल्न सक्दैनन् एचआइभी सङ्क्रमित
माघ ३, २०८१ बिहिबार
पाकिस्तानसँग बलियो रक्षा सम्बन्ध बनाउँदै बंगलादेश, भारतलाई कस्तो असर पर्ला ?
माघ ३, २०८१ बिहिबार