नागरिकता विधेयक संसद्मा लैजान दलहरू सहमत
नेपालबहस संवाददाता
माघ २३, २०७९ सोमबार १८:२८:२९
२३ माघ, काठमाडौं । नागरिकता विधेयक संसदमा लैजान दलहरु सहमत भएका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सोमबार बिहान सरकार निवास बालुवाटारमा बोलाएको राजनीतिका दलका नेता र सचेतकहरूको बैठकमा नागरिकता, संक्रमणकालीन न्याय, विकास तथा सुशासनसँग सम्बन्धित विधेयक संसद्मा लैजानबारे समझदारी बनेको हो ।
उनले संसद्को बिजनेस र विधेयक अगाडि बढाउनेबारे संसद्मा प्रतिनिधित्व गर्ने राजनीतिक दलका प्रमुख सचेतक र नेताहरूसँग छलफल गरेका थिए । संसद्लाई व्यवस्थित गर्ने र विधेयक अगाडि बढाउने विषयमा छलफल भएको माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले बताए ।
बैठकमा सरकारका मुख्यसचिव, कानुन सचिव, प्रधानमन्त्री कार्यालयको कानुन महाशाखाको सचिव, स्वतन्त्र सांसद पनि सहभागी थिए । शान्ति प्रक्रियासँग सम्बन्धित विधेयक, जनजिविका, सुशासनसँग सम्बन्धित विधेयकलाई संसद्मा लैजान दलहरु सहमत भएको पाण्डेले बताए ।
यसअघिका शेरबहादुर देउवा नेतृत्वकाे सरकारले संसदबाट दुइ दुइ पटक पारित भएर प्रमाणिकरणका लागि राष्ट्रपति कार्यालय पठाएको नागरिकता विधेयक राष्ट्रपति विद्यादेवी भण्डारीले प्रमाणिकरण नगरी रोकेर राखेकी छन् ।राेकिराखेकै अवस्थाबीच २०७४ मंसिरमा गठन भएकाे संसदकाे पाँच वर्षे कार्यकाल सकिएकाे थियाे । विधेयक उत्पत्ति भएकाे संसद समाप्तिपछि नागरिकता विधेयकलाइ पुनः नयाँ संसदमा लैजाने तयारी भएकाे हाे ।
त्यसबेलादेखि राष्ट्रपति पदमा आफू अनुकूलका मान्छे पठाउने ध्याउन्न दलहरूमा बलियाेसँग परेकाे छ । नयाँ राष्ट्रपति र उपराष्ट्रपतिकाे चनुवा फागुनमा हुँदैछ ।
कानूनकाे अभावमा तराइमा जन्मका आधारमा अधिकार पाएका हजाराैं युवा युवतीहरूले नागरिकता पाउन नसकेकाे र यसमा ‘पहाडिया’ शासकहरू अनुदार रहेकाे आराेप लगाउँदै मधेसकेन्द्रित लाेसपा, जसपा जस्ता दलहरू सरकारमा सहभागी भएका छैनन् । सरकार गठनमा समर्थन भने दिएका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबुढानिलकण्ठमा कांग्रेसबाट सरकारमा सहभागी मन्त्रीसहित संसदीय दलको बैठक
माघ ३, २०८१ बिहिबार
यस्तो रहेछ कास्की अदालतबाट रवि धरौटीमा छुटनुको रहस्य
नेपालबहस संवाददाता
पुष २९, २०८१ सोमबार
प्रहरीका २५ एसपीको एसएसपीमा बढुवा सिफारिस
नेपालबहस संवाददाता
माघ १, २०८१ मंगलबार
हिउँदे अधिवेशनमा सरकारले नागरिकता र प्रहरीसहित ३ विधेयक पेश गर्ने
नेपालबहस संवाददाता
पुष २९, २०८१ सोमबार
सैफअली खान माथी मध्यरातमा आक्रमण गर्ने तीन जना पक्राउ
माघ ३, २०८१ बिहिबार
सानिमा बैंकको ४९ हजार कित्ता संस्थापक सेयर बिक्रीमा
माघ ३, २०८१ बिहिबार
बिहीबार तोलामा १२०० सयले बढ्यो सुनको मूल्य
माघ ३, २०८१ बिहिबार
मुस्ताङका सीडीओ बस्ने आवासगृहमा आगलागी
माघ ३, २०८१ बिहिबार
बीमा हत्याउने उदेश्यले प्रेमीसँग मिलेर श्रीमतीले गरिन श्रीमानको हत्या
माघ ३, २०८१ बिहिबार