मधेश सरकारमा माओवादी केन्द्रबाट शहीद रामवृक्षकी छाेरीलाई मन्त्री बनाइँदै
नेपालबहस संवाददाता
माघ २३, २०७९ सोमबार २१:३७:३६
२३ माघ, जनकपुरधाम । मन्त्री संख्यामा सहमति हुन नसक्दा सरकारबाहिर बसेको नेकपा (माओवादी केन्द्र) मधेश प्रदेश सरकारमा सहभागी हुने भएको छ ।
उसले सरकारमा सहभागी हुने निर्णय लिएसँगै पार्टीको तर्फबाट उद्योग, वन तथा पर्यटन मन्त्रीमा शहीद पुत्री सुनिता यादवलाई पठाउने भएको छ । उनी जनयुद्धका शहीद रामवृक्ष यादवकी छोरी हुन् । जसपा नेतृत्वको सरकारमा दुई मन्त्रालय माग गदै आएको माओवादीले एक मन्त्री र एक राज्यमन्त्री पाउने भएको छ ।
राज्यमन्त्रीमा रहबर अंशारीलाई पठाउने भएको छ । यसअघिका सरकारमा गृह तथा संचारमन्त्री भइसकेका भरत साहका लागि पनि मन्त्रालयको माग गरिरहेको माओवादी केन्द्र अन्ततः एक मन्त्री र एक राज्यमन्त्रीमै खुम्चिन विवश भएको हो ।
प्रदेशमा रहेका १० मध्ये ९ मन्त्रालय जसपा, एमाले र जनमतले भागबण्डा गरिसकेका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपमधेश प्रदेश सुरक्षा निकायका प्रमुखहरूले गरे सीमा क्षेत्रको संयुक्त अनुगमन
पुष २९, २०८१ सोमबार
धनुषाको लक्ष्मीनियाँमा हुलाक कार्यालय स्थापना
पुष २९, २०८१ सोमबार
यस्तो रहेछ कास्की अदालतबाट रवि धरौटीमा छुटनुको रहस्य
नेपालबहस संवाददाता
पुष २९, २०८१ सोमबार
प्रहरीका २५ एसपीको एसएसपीमा बढुवा सिफारिस
नेपालबहस संवाददाता
माघ १, २०८१ मंगलबार
हिउँदे अधिवेशनमा सरकारले नागरिकता र प्रहरीसहित ३ विधेयक पेश गर्ने
नेपालबहस संवाददाता
पुष २९, २०८१ सोमबार
कन्काई पुल : पाँच पटक ठेक्काको म्याद थप , १३ वर्षमा आधा काम
माघ ३, २०८१ बिहिबार
‘गाउँले सहरमा वन्यजन्तु बस्तीमा’
माघ ३, २०८१ बिहिबार
अझै खुल्न सक्दैनन् एचआइभी सङ्क्रमित
माघ ३, २०८१ बिहिबार
पाकिस्तानसँग बलियो रक्षा सम्बन्ध बनाउँदै बंगलादेश, भारतलाई कस्तो असर पर्ला ?
माघ ३, २०८१ बिहिबार