टर्की भूकम्पमा मृतकको संख्या ४३ सय नाघ्यो
नेपालबहस संवाददाता
माघ २४, २०७९ मंगलबार १७:३९:४८
२४ माघ, काठमाडौं । टर्कीमा सोमबार बिहान गएको ७.८ म्याग्निच्युडको शक्तिकाली भूकम्पका कारण मृत्यु हुनेको संख्या ४ हजार ३ सय नाघेको छ । यो संख्या सिरियामा भएको मानवीय क्षति विवरणसहित हो ।
अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार टर्कीको गाजियनटेप सहर केन्द्रबिन्दु भएर भूकम्पका कारण टर्की र छिमेकी देश सिरियामा गरी ४ हजार ३ सयभन्दा बढी जनाको मृत्यु भएको हो ।
सोमबार टर्कीमा १२ घण्टाभित्र ७.८, ७.६ र ६.० म्याग्निच्युडका ठूलो भूकम्प गएको थियो । यसबाट सबैभन्दा धेरै मानवीय र भौतिक क्षति टर्की र यसको छिमेकी देश सिरियामा भएको छ ।
टर्कीमा मात्र हालसम्म २ हजार ९ सय २१ जनाको मृत्यु भएको छ भने १५ हजारभन्दा बढी जना घाइते भएका छन् । टर्कीका दक्षिणपूर्वी सहरहरूमा ३ हजार ५ सयभन्दा बढी भवन ध्वस्त भएको बताइएको छ ।
उता विश्व स्वास्थ्य सङ्गठन डब्लूएचओले भने टर्की भूकम्पका कारण मृत्यु हुनेको संख्या ८ गुणा बढ्न सक्ने जनाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपपाकिस्तानमा भेटियो ठुलो सुनखानी, ७ सय अर्बको कारोबार हुने दावी
माघ ३, २०८१ बिहिबार
तालिवान सेना समलिंगी यौन सम्बन्धमा लिप्त, एचआईभी संक्रमित भेटिएपछि खुल्यो रहस्य
माघ ३, २०८१ बिहिबार
यस्तो रहेछ कास्की अदालतबाट रवि धरौटीमा छुटनुको रहस्य
नेपालबहस संवाददाता
पुष २९, २०८१ सोमबार
प्रहरीका २५ एसपीको एसएसपीमा बढुवा सिफारिस
नेपालबहस संवाददाता
माघ १, २०८१ मंगलबार
हिउँदे अधिवेशनमा सरकारले नागरिकता र प्रहरीसहित ३ विधेयक पेश गर्ने
नेपालबहस संवाददाता
पुष २९, २०८१ सोमबार
निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाको काम तीव्र
माघ ३, २०८१ बिहिबार
आँबुखैरेनी गाउँपालिकाले छात्राहरुका लागि बचत खाता खोल्ने
माघ ३, २०८१ बिहिबार
करका विषयमा प्रदेश सरकार र काठमाडौं महानगरबीच विवाद, पैसा बुझाएको बालेनको दावी
माघ ३, २०८१ बिहिबार
नेपाल लाइफ इन्स्योरेन्सले शेयरधनीहरुलाई २१।०५ प्रतिशत लाभांश वितरण गर्दै
माघ ३, २०८१ बिहिबार
गठबन्धन सरकारका काम कारवाही र जारी अध्यादेशबारे कांग्रेस बैठकमा छलफल
माघ ३, २०८१ बिहिबार
पाकिस्तानमा भेटियो ठुलो सुनखानी, ७ सय अर्बको कारोबार हुने दावी
माघ ३, २०८१ बिहिबार