सुदूरपश्चिममा शक्ति बाँडफाँटबारे सल्लाह गर्न रेशम भेटन रञ्जिता पुगिन् कारागार
नेपालबहस संवाददाता
माघ २४, २०७९ मंगलबार १८:३:४३
२४ माघ, काठमाडौं । नागरिक उन्मुक्तिका संघीय सांसद रञ्जिता श्रेष्ठ चौधरीसहित सुदूरपश्चिम प्रदेश सांसद कारागार पुगेका छन् । पार्टी अध्यक्ष रञ्जिताको निर्देशनमा नागरिक उन्मुक्तिका सांसदहरु सोमबारदेखि नै काठमाडौंकेन्द्रित छलफलमा छन् ।
सुदूरपश्चिम प्रदेशमा सरकारमा शक्ति बाँडफाँटबारे सल्लाहका लागि उनी पार्टीका संरक्षक रेशम चौधरीसँग भेट गर्न मंगलबार डिल्लीबजार कारागार पुगेका हुन् ।
रेशम रञ्जिताका श्रीमान हुन् । उनी २०७२ भदाै ७ मा कैलालीकाे टिकापुरमा भएकाे घटनामा नेपाली प्रहरीका ७ र एक नाबालकाे हत्या घटनामा दाेषी ठहर भइ जेल सजाय काटिरहेका छन् । नागरिक उन्मुक्ति पार्टी रेशमकै याेजनामा गत वर्ष गठित दल हाे ।
उसले टीकापुर हत्याकाण्डमा दोषी ठहर भएर पाँच वर्षदेखि जेल जीवन बिताइरहेका रेशम चौधरी लगायतको रिहाइका लागि अडान राख्दै आएको छ । सुदूरपश्चिम सरकारमा पनि सम्माजनक भाग चाहिने बताइरहेको छ।
रेशमसँग उनीहरुले सुदूरपश्चिममा एमालेबाट मुख्यमन्त्री बनेका राजेन्द्रसिंह रावललाई विश्वासको मत दिने वा नदिने भन्ने विषयमा छलफल गर्नेछन् । मुख्यमन्त्री रावलले यही माघ २६ मा विश्वासको मत लिँदैछन् ।
सुदूपश्चिम प्रदेशमा नागरिक उन्मुक्तिका ७ जना प्रदेशसभा सदस्य (सांसद) छन् । केन्द्रमा रहेको सत्ता साझेदार दलहरुमध्ये सुदुरुपश्चिममा नागरिक उन्मुक्ति पार्टीसहित मुख्यमन्त्रीसँग २९ सिट छन् । नागरिक उन्मुक्तिले साथ नदिएको खण्डमा रावल मुख्यमन्त्रीबाट हात धुनुपर्ने अवस्थामा छन् ।
यो प्रदेशमा माओवादी केन्द्रका १०, एमालेका १०, नागरिक उन्मुक्तिका ७ र एक जना राप्रपाका प्रदेशसभा सदस्यहरुको समर्थनमा गएको पुष २७ गते रावल मुख्यमन्त्री नियुक्त भएका थिए ।
रावलले यसअघि एमालेबाट १ माओवादीबाट एक मन्त्री नियुक्त गरिसकेका छन् । बाँकी मन्त्रालय भागबण्डा गर्न बाँकी छ । माओवादी केन्द्र र नागरिक उन्मुक्तिले ३/३ मन्त्रालय दाबी गर्दै आएको छ । तर, नागरिक उन्मुक्तिलाई २ मन्त्रालय र प्रदेश प्रमुख दिने तयारी रावलले गरेका छन् ।
कैलाली २ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य अरुण चौधरी ट्याक्टर जलाएको अभियोगमा नागरिक उन्मुक्ति झनै चिढिएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपरास्वपाका नेता कार्यकर्ता माइक टाइसन भन्दा बलियाः गोकुल बाँस्कोटा
माघ ३, २०८१ बिहिबार
प्रधानमन्त्री ओली पोखरा पुगे
माघ ३, २०८१ बिहिबार
संसदीय सुनुवाइ समितिले न्याय परिषद् सदस्यमा प्रस्तावित खड्काविरुद्ध माग्यो उजुरी
माघ ३, २०८१ बिहिबार
प्रहरीका २५ एसपीको एसएसपीमा बढुवा सिफारिस
नेपालबहस संवाददाता
माघ १, २०८१ मंगलबार
हिउँदे अधिवेशनमा सरकारले नागरिकता र प्रहरीसहित ३ विधेयक पेश गर्ने
नेपालबहस संवाददाता
पुष २९, २०८१ सोमबार
प्रधानमन्त्रीले उद्घाटन गरे पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको भवन
माघ ३, २०८१ बिहिबार
हुम्लाको उच्च भेगमा बाक्लो हिमपात
माघ ३, २०८१ बिहिबार
हमास-इजरायल युद्बबिराम आइतवार देखी लागु हुनेछः कतारका प्रधानमन्त्री
माघ ३, २०८१ बिहिबार
रास्वपाका नेता कार्यकर्ता माइक टाइसन भन्दा बलियाः गोकुल बाँस्कोटा
माघ ३, २०८१ बिहिबार
प्रधानमन्त्री ओली पोखरा पुगे
माघ ३, २०८१ बिहिबार