प्रचण्ड र ओलीसँगको भेटपछि पत्रकार सम्मेलन गर्दै विप्लव
नेपालबहस संवाददाता
माघ २४, २०७९ मंगलबार १९:८:३१
२४ माघ, काठमाडौं । आइतबार र सोमबार दुई दिनमा प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भेट गरेका नेकपा महासचिव नेत्रविक्रम चन्द ‘‘विप्लव’ पत्रकार सम्मेलनको तयारीमा जुटेका छन् । उनले भोलि बुधबार दिउँसो १ बजे काठमाडौंको राष्ट्रय नाचघरमा ‘ विशेष’ पत्रकार सम्मेलन गर्ने भएको कार्यालयले जनाएको छ ।
उनले आइतबार भएको प्रधानमन्त्रीसँग मुलुकमा संसदीय व्यवस्था असफल बन्दै गएको र जनतामा राजनीतिप्रति निराश व्यापक बढेको बताउँदै वैज्ञानिक समाजवादी व्यवस्था स्थापनाका लागि समाजवादी मोर्चा गठन गर्नेबारे छलफल गरेका थिए । साथै उनले तत्कालीन केपी ओली सरकारसँग भएका सहमतिको ३ नम्बर बुँदामा उल्लेख नेकपा सम्पूर्ण बन्दीहरुलाई रिहाइ गर्न ढिला गरे त्यसबाट उत्पन्न सम्पूर्ण जिम्मेवारी सरकार हुने कुरा राखेका थिए ।
त्यसको भोलिपल्ट सोमबार साँझ विप्लवले पार्टी प्रवक्ता प्रकाण्डसहित भक्तपुरको बालकोट पुगेर एमाले अध्यक्ष ओलीसँग भेट गरेका थिए । उनले भेटमा तत्कालीन सरकारका बेला भएका नेकपासँगको ३ बुँदे सहमतिमध्ये ३ नम्बर बुँदा कार्यान्वयन हुन नसकेको भन्दै तत्काल कार्यान्वयनका लागि भूमिका खेल्न आग्रह गरेका थिए । ३ नम्बर बुँदामा नेकपाका नेता कार्यकर्तामाथिकाे मुद्दा खारेज र सबै बन्दीकाे रिहाइ उल्लेख छ । उनले कानूनमन्त्रीसँग पनि भेट गर्ने कार्यक्रम तय गरेका छ्न् ।
नेकपाले हालै मात्र कपिलवस्तुको शिवगढीमा ७ दिन लामो समय लगाएर केन्द्रीय समितिको पूर्ण बैठक पूरा गरेको छ । पत्रकार सम्मेलनमा केन्द्रीय समितिले लिएको निर्णय र आगामी कार्यक्रमबारे पनि जानकारी दिने बताइएको छ ।
विप्लवले अमेरिकी सहयोग परियोजना एमसीसी राष्ट्रघाती भएको जनाउँदै यसलाई देशभित्रबाट हटाउनुपर्ने मागसहित संघर्ष गर्दै आइरहेका छन् ।
गत वैशाख ३० मा भएको स्थानीय तहको चुनावमा नेकपा फुटेको थियो । चुनावमा जाने कित्ताको नेतृत्व विप्लव र बहिष्कार गर्ने कित्ताको नेतृत्व कञ्चनले गरेका थिए । स्थानीय तहको चुनावमा भाग लिएका विप्लव गएको मंसिर ४ मा भएको प्रतिनिधिसभा र प्रदेशसभाको चुनावमा भने भाग लिएनन् । यसरी एकै वर्षमा भएको चुनावमा पनि भाग लिने र नलिने दुई धारे नीति लिएको भन्दै पार्टीभित्रै उनको नेतृत्वबारे प्रश्न उठाइएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपरास्वपाका नेता कार्यकर्ता माइक टाइसन भन्दा बलियाः गोकुल बाँस्कोटा
माघ ३, २०८१ बिहिबार
प्रधानमन्त्री ओली पोखरा पुगे
माघ ३, २०८१ बिहिबार
संसदीय सुनुवाइ समितिले न्याय परिषद् सदस्यमा प्रस्तावित खड्काविरुद्ध माग्यो उजुरी
माघ ३, २०८१ बिहिबार
प्रहरीका २५ एसपीको एसएसपीमा बढुवा सिफारिस
नेपालबहस संवाददाता
माघ १, २०८१ मंगलबार
हिउँदे अधिवेशनमा सरकारले नागरिकता र प्रहरीसहित ३ विधेयक पेश गर्ने
नेपालबहस संवाददाता
पुष २९, २०८१ सोमबार
प्रधानमन्त्रीले उद्घाटन गरे पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको भवन
माघ ३, २०८१ बिहिबार
हुम्लाको उच्च भेगमा बाक्लो हिमपात
माघ ३, २०८१ बिहिबार
हमास-इजरायल युद्बबिराम आइतवार देखी लागु हुनेछः कतारका प्रधानमन्त्री
माघ ३, २०८१ बिहिबार
रास्वपाका नेता कार्यकर्ता माइक टाइसन भन्दा बलियाः गोकुल बाँस्कोटा
माघ ३, २०८१ बिहिबार
प्रधानमन्त्री ओली पोखरा पुगे
माघ ३, २०८१ बिहिबार