सरकारी आईटीको सुरक्षा साँचो सरकारसँग छैन : सञ्चारमन्त्री शर्मा
नेपालबहस संवाददाता
माघ २४, २०७९ मंगलबार १९:३२:४६
२४ माघ, काठमाडौं । संचार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले नेपाल सरकारको सूचना केन्द्र र आईटी क्षेत्रको सुरक्षाको साँचो सरकारसँग नभएको बताएकी छन् । आईटी क्षेत्रको सुरक्षा सरकारको पहुँचभन्दा बाहिर रहेको सन्देश उनले आजबाट सुरु भएको आइटी मेलामा दिएकी हुन् ।
उनले मंगलबार काठमाडौंमा ‘इन्फोडेभेलपर्स क्यान इन्फो–टेक २०२३’ मेलाको उद्घाटन गरेपछि धारणा राख्दै उनले आइटीको सुरक्षा साँचो कहाँ छन् ? खोज्ने बेला भएको बताइन् ।
आईटी क्षेत्रका दक्ष जनशक्ति विदेश पलायन हुनुले विदेशीहरूबाट सेवा लिँदा सर्भरकाे सुरक्षामा चुनौति भएको स्पष्ट संकेत दिइन् ।
आइटी समस्या आउँदा विदेशबाट मान्छे ल्याउनुपर्ने स्थिति रहेको बताउँदै हाम्रा डेटा सेन्टर र प्रविधिको काम गर्ने निकायको सुरक्षाको मुख्य साँचो नै हामीसँग नभएको बताइन् । आइटीको मुख्य साँचो नै आफूसँग नहुँदा राष्ट्रियताकै कुरा गम्भीर बनेको उनको भनाइ थियो ।
मन्त्रालय वा अन्य मुख्य निकायहरूमा इन्स्टल भएका सफ्टवेयरहरूको डेटा कहाँ जान्छ, त्यसको प्रयोग कसरी भइरहेको छ भन्नेबारे खोजी गर्नुपर्ने बेला भएको उनले बताइन् ।
आफू संचाल मन्त्रालयमा आएको धेरै नभएकोले यसबारे धेरै कुरा बुझन बाँकी रहेको बताइन् । आईटी क्षेत्रमा देखिने गम्भीर समस्याबाट अर्बौं राजश्व गुम्ने र नागरिकको सम्पत्तिको सुरक्षामा समेत दख्खल पुग्न सक्ने संभावनाप्रति आफू गम्भीर रहेको उनको भनाइ थियो । आइटीमा देखिएका समस्यालाई दीर्घकालीन रुपमा समाधान गर्न सरकारले ठोस कार्यक्रम ल्याउने उनले बताइन् ।
केही दिन पहिले मात्र सरकारका आधिकारिक निकायहरुले चलाइरहेको सर्भर नै डाउन हुँदा २ दिनसम्म राहदानी लगायत नागरिकलाई दिइने सेवा बन्द भएको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपआफ्ना मन्त्रीहरुलाई कांग्रेसले छलफलका लागि बोलायो, संसदीय दलको बैठक पनि बस्दै
माघ ३, २०८१ बिहिबार
सरकारविरुद्ध एकढिक्का हुँदै विपक्षी दल, आज संयुक्त पत्रकार सम्मेलन गर्दै
माघ ३, २०८१ बिहिबार
यस्तो रहेछ कास्की अदालतबाट रवि धरौटीमा छुटनुको रहस्य
नेपालबहस संवाददाता
पुष २९, २०८१ सोमबार
प्रहरीका २५ एसपीको एसएसपीमा बढुवा सिफारिस
नेपालबहस संवाददाता
माघ १, २०८१ मंगलबार
हिउँदे अधिवेशनमा सरकारले नागरिकता र प्रहरीसहित ३ विधेयक पेश गर्ने
नेपालबहस संवाददाता
पुष २९, २०८१ सोमबार
पेट दुखिरहन्छ ? उसो भए खानुहोस फाइबरयुक्त यी ५ चीज
माघ ३, २०८१ बिहिबार
तालिवान सेना समलिंगी यौन सम्बन्धमा लिप्त, एचआईभी संक्रमित भेटिएपछि खुल्यो रहस्य
माघ ३, २०८१ बिहिबार
शुक्रबारदेखि मौसममा सुधार हुने
माघ ३, २०८१ बिहिबार
यस्तो छ आज तरकारी र फलफूलको मूल्य
माघ ३, २०८१ बिहिबार
पौवादुङमा गोल्ड कप र माघी मेलामा 'जंकफुड' बेचबिखनमा गाउँपालिकाको रोक
माघ ३, २०८१ बिहिबार
हेटौंडा सिमेन्ट उद्योग आर्थिक संकटमा : ३ महिनादेखि उत्पादन बन्द
माघ ३, २०८१ बिहिबार