ओलीले दिए भावी राष्ट्रपति विषयलाई लिएर प्रधानमन्त्रीलाई दबाब
नेपालबहस संवाददाता
माघ २४, २०७९ मंगलबार २१:१८:१५
२४ माघ, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र प्रमुख सत्ता साझेदार दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीबीच भावी राष्ट्रपति चयनका लागि हुने निर्वाचन र उम्मेदवारका विषयमा छलफल भएको छ ।
भावी राष्ट्रपतिको विषयलाई लिएर एमालेमा आशंका उत्पन्न भएको भनिएका बेला प्रधानमन्त्री प्रचण्ड र अध्यक्ष ओलीबीच बालुवाटारमा भेटवार्ता भएको हो ।
सो क्रममा एमाले अध्यक्ष ओलीले भावी राष्ट्रपतिका लागि एमालेले उठाउने उम्मेदवारमा सहमति कायम गराउन भूमिका खेल्न आग्रह गरेका थिए । एमालेकै मुख्य समर्थनमा प्रचण्ड प्रधानमन्त्री बनेको स्मरण गराउँदै ओलीले राष्ट्रपतिमा एमालेका उम्मेदवारलाई सफल बनाउन भूमिका खेल्न दबाब दिएका थिए ।
आगामी २८ फागुनमा राष्ट्रपति विद्यादेवी भण्डारीको पाँच वर्षे कार्यकाल सकिँदैछ । त्यसअघि नै २५ गते नयाँ राष्ट्रपति चयनका लागि निर्वाचन हुँदैछ ।
माओवादी केन्द्रका अध्यक्ष समेत रहेका प्रचण्डलाई प्रधानमन्त्री बनाउँदा राष्ट्रपति एमालेबाट बनाउने सहमति भएको एमाले नेताहरुले बताउँदै आएका छन् । तर माओवादी केन्द्रका नेताहरुले भने राष्ट्रिय जुट्ने पात्रलाई राष्ट्रपति बनाउनुपर्नेमा जोड दिन छाडेका छैनन् ।
संसदको सबैभन्दा ठूलो दल नेपाली कांग्रेसले पनि राष्ट्रपतिमा आफ्नो पार्टीका उम्मेदवारलाई सघाउन प्रधानमन्त्रीसँग आग्रह गर्दै आइरहेका छन् । कांगेस सरकारमा सहभागी नभएपनि उसले प्रधानमन्त्रीमा प्रचण्डलाई समर्थन गरेको छ ।
पछिल्लो समयमा राष्ट्रपति निर्वाचनका विषयमा प्रधानमन्त्री दुवै पक्षको चेपुवामा पर्दै आएका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपदेशमा असल सुशासन र समुचित विकास नै शहीदप्रतिको सच्चा सम्मान होः राष्ट्रपति
माघ १६, २०८१ बुधबार
एसपी बढुवामा शक्तिकेन्द्रको अपारदर्शी चलखेल
नेपालबहस संवाददाता
माघ १३, २०८१ आइतबार
सभापति देउवाद्वारा पौडेलको निधनप्रति दुःख व्यक्त
नेपालबहस संवाददाता
माघ १३, २०८१ आइतबार
ताप्लेजुङ घटनाका विषयमा छलफल गर्न गृहमन्त्रीले बोलाए चार जिल्लाका सांसद
माघ १५, २०८१ मंगलबार
पश्चिमी वायुको प्रभावले उपत्यकाको आकाशमा तुवाँलो
माघ १५, २०८१ मंगलबार
देशमा असल सुशासन र समुचित विकास नै शहीदप्रतिको सच्चा सम्मान होः राष्ट्रपति
माघ १६, २०८१ बुधबार
रौतहटमा १० देखि १४ वर्ष उमेर समूहका ५० हजार बालिकालाई लगाइँदैछ एचपिभि खोप
माघ १६, २०८१ बुधबार
तराईमा लागेको हुस्सु र कुहिरो अपराह्नपछि सुधार हुने
माघ १६, २०८१ बुधबार
बुधबार दहि खाएर यात्रामा निस्कदा शुभ फल प्राप्त हुने
माघ १६, २०८१ बुधबार